मुख्य विषय
- हाल सम्म १५ लाख मानिसको कोरोनाका कारण मृत्यु
- करिब १० हजार मानिस एकै दिन कोरोनाका कारण मर्छन्
- भ्याक्सिनले क्षति पूर्ववत् नगर्ने राष्ट्र संघको भनाई
हाल सम्म १५ लाख मानिसको ज्यान लिएको कोरोनाका कारण प्रत्येक दिन १० हजार मानिसको मृत्यु भइरहेको छ ।
विश्वमा प्रत्येक ९ सेकेन्डमा एक मानिसले कोरोनाका कारण ज्यान गुमाई रहेको छ । केही सीमित विकसित देशमा डिसेम्बर बाट यसका विरुद्धको भ्याक्सिनको तैयारी भइरहेको छ ।
विश्वमा कोरोना भाइरसका कारण १५ लाख मानिसले ज्यान गुमाई सकेका छन् । र यतिखेर विश्वका विभिन्न मुलुकहरूले प्रतिबन्ध र लकडाउनलाई तोड्न भ्याक्सिनको सहारा खोजिरहेका छन् ।
भाइरसका कारण हुने मृत्युले सबै रेकर्डहरू तोड्दै गएको छ ।
गत हप्ताको तथ्याङ्क हेर्न हो भने मात्र पनि प्रत्येक दिन करिब दश हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
युरोपमा कोरोना सुरु भएको पहिलो देश इटलीले प्रत्येक दिन ९ सय ९३ जनाको मृत्युको रेकर्ड बनाएको छ ।
इरान र मध्यपूर्वका अन्य मुलुकहरू अहिले कोरोनाको चपेटामा परेका छन् । बेलायतमा मात्र पनि ६० हजार मानिसले आफ्नो ज्यान गुमाएका छन् ।
विश्वमा कोरोनाका कारण सबैभन्दा बढी चपेटामा परेको मुलुक अमेरिकामा एक दिनमा २७ सय ३१ जनाले ज्यान गुमाएका छन् भने अस्पताल भर्ना भएका मानिसहरूको सङ्ख्या एक लाख भन्दा बेसी छ ।
रोग नियन्त्रण तथा रोकथाम विभागका निर्देशक रोर्वट रेडफिल्डले आउँदो ज्यानवरी र फेब्रुअरी अमेरिका लागि निकै चुनौतीपूर्ण रहने दाबी गर्छन् ।
रेडफिल्ड भन्छन् “जनस्वास्थ्यमा सबैभन्दा ठुलो असरमा तिनै महिनामा हुने मैले विश्वास गरेको छु। ”
उनी आउँदो फेब्रुअरी सम्म अमेरिकामा करिब ४ लाख ५० हजार मानिसले ज्यान गुमाउन सक्ने आङ्कलन गर्छन् ।
ए एफ पिका अनुसार महामारीले केही कम हुने छाटकाट भने देखाएको छ, गत २४ नोभेम्बर देखि हाल सम्म प्रत्येक दिन लगभग १० हजार मृत्यु रेकर्ड भइरहेका छन् ।
कोभिड–१९ का कारण मुलुकहरूको अर्थतन्त्र धारासायी बन्दै जाँदा अबको एक मात्र उपाय भ्याक्सिन तर्फ सबैको ध्यान छ ।
बेलायत बुधवार कोरोनाको भ्याक्सिनका लागि अनुमति दिने विश्वकै पहिलो मुलुक बनेको छ ।
तर बेलायतको यो कदमलाई अमेरिकाका सरुवा रोग बिशेषग डाक्टर एन्थोनि फाउजी हतार भएको बताउँछन् ।

बिहीबार मोर्डना भ्याक्सिनका बारेमा भएको एक अध्ययनले यसले ९४ प्रतिशत काम गर्ने शरीरमा एन्टीबढी निर्माण गरी कम्तीमा पनि ३ महिना काम गर्ने देखाएको छ ।
फ्रान्सले आफ्ना ९४ बर्सिया पूर्व राष्टपतिलाई कोरोनाका कारण गुमाएपछि भ्याक्सिन कार्यक्रम आउँदो जनवरीमा सुरु गर्ने बताएको छ । उसले १० लाख पाका उमेरका मानिसका लागि निःशुल्क भ्याक्सिनको डोज दिने बताएको छ ।
बेल्जियमले पनि आउँदो जनवरी देखि भ्याक्सिन सुरु गर्ने सङ्केत गरेको छ ।
भ्याक्सिनमा ह्याकरको प्रवेश
भ्याक्सिनको निर्माण र प्रयोगको बारेमा चर्चा चल्दै गर्दा ह्याकरहरू भने सक्रिय भइसकेका छन् ।
आइ बि एम का अनुसार भ्याक्सिनको सप्लाइ चेनमा ह्याकरहरू घुस्ने प्रयास गदै छन् ।
प्रविधि तर्फको ठुलो कम्पनीले साइबर आक्रमणकारीहरूले गरेको ह्याकिङको प्रयास के का लागि हो भन्ने कुरा स्पष्ट नभइसकेको बताएको छ ।
ह्याकिङको प्रयास कसले गरेको हो भन्ने थाहा नभइसकेता पनि यो निश्चित छ कि यसले कोरोबारका तकनिकहरुलाई चोर्ने प्रयासको सङ्केत गरेको छ ।
“भ्याक्सिनले क्षतिलाई पूर्ववत् गदैन ”
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टीनियो गोटेरीसले भ्याक्सिनले अनुमति पाए पनि विश्वले महामारीको प्रभाव लामो समय सम्म महसुस गर्ने बताए ।
“हामी आफूलाई मूर्ख नबनाऊ, भ्याक्सिनले भएको क्षतिलाई पूर्ववत् गदैन र यसको असर आउँदा वर्ष र दशकौँ सम्म रहन्छ ।” उनले भाइरसका बारेमा बोलाइएको अमेरिकी विशेष बैठकमा भने ।

भ्याक्सिन विश्वका सबै देशका नागरिकका लागि प्रयोग गरिनु पर्ने उनले बताए ।
हाल १ सय ८० भन्दा बढी मुलुकले संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्याक्स नाम दिइएको भ्याक्सिन निर्माण र प्रयोगमा विश्वभरको सामूहिक पहुँचमा आबद्धता जनाएका छन् ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स,भिक्टोरिया,क्विन्ल्यिाण्ड,वेस्र्टन अस्ट्रेलिया,नदर्न टेरीटरी,एसीटी,तास्मेनिया ।
