SKIP TO MAIN CONTENT

धनी राष्ट्रहरुको विश्वव्यापी विकास योगदान: किन धेरै माथि उक्लन सकेन अस्ट्रेलिया ?

विश्वव्यापी विकासमा योगदान पुर्याउने विश्वका सम्पन्न राष्ट्रहरुको सूचीमा अस्ट्रेलिया विगतभन्दा माथि उक्लिएको छ। यद्यपि यो अत्यन्त न्युन उपलब्धि हो।

Development contribution goes beyond simply aid
Development contribution goes beyond simply aid Source: AAP

3 min read

Published

Updated

By Charlotte Lam

Presented by Sunita Pokharel



Skip to article content

विश्वका २७ सम्पन्न राष्ट्रहरु मध्ये अस्ट्रेलिया ४ स्थान फड्को मारेर १४ औँ स्थानमा उक्लिए पनि उसले उच्च योगदान पुर्याउने राष्ट्रहरुको सूचीमा आफुलाई माथिल्लो भागमा उभ्याउन सकेको छैन।

 

मंगलबार सार्वजनिक गरिएको विश्व विकास केन्द्रको २०१८ को प्रतिबद्धता सूचीमा यो कुरा उल्लेख छ।

 

विश्वका २७ विकसित राष्ट्रहरु मध्ये आफ्नो आन्तरिक नीतिका कारणले विकासशील राष्ट्रहरुको जनजीवनमा सुधार ल्याएको हुनसक्ने आधारमा अष्ट्रेलिया १४ औं स्थानमा उक्लिएको हो।

 

विश्व विकास केन्द्रका नीति विश्लेषकहरुले २७ राष्ट्रहरुको अनुदान नीति, वित्त, प्रविधि, वातावरण, व्यापार, सुरक्षा र आप्रवासन नीतिलाई परिक्षण गरेका थिए।

 

अष्ट्रेलियाले अघिल्लो वर्षको तुलनामा ४ स्थान उक्लनुका लागि विशेष गरि दुईवटा क्षेत्रमा भएका सुधारहरु कारक रहेको केन्द्रका अग्रज नीति विश्लेषक इयन मिचेल बताउँछन्।

 

उनका अनुसार अस्ट्रेलियाले व्यापारमा धेरै राम्रो अंक पाएको छ। सबै राष्ट्रहरुभन्दा अस्ट्रेलियाको शुल्क धेरै न्युन छ, विशेष गरेर कृषि क्षेत्रमा सरकारको सहायता र व्यापारमा तुलानात्मक रुपमा खुल्ला सेवा क्षेत्रहरुमा।

"अर्को कुरा भनेको अस्ट्रेलियाले आफ्नो सहायता गुणस्तर अंकमा पनि समय सापेक्ष परिवर्तन ल्याएको छ। त्यस्तै, आफ्नो व्ययभार कम गर्दै विश्वका गरिब स्थानहरुमा आर्थिक सहयोग बाड्ने सन्दर्भमा पनि हामीले आफ्नो अंकमा सुधार ल्याएका छौँ।"

सबै क्षेत्रमा राम्रो अंकका प्राप्त गरेको स्विडेनले यो सुचिमा अग्र स्थान प्राप्त गरेको छ। उदार रुपमा वैदेशिक सहायता गर्दै उसले प्रशंशा समेत कमाएको छ।

 

उक्त प्रतिवेदनका अनुसार, स्विडेनले एक वर्षमा गर्ने वैदेशिक सहायताको चार भागको एक भाग मात्र अस्ट्रेलियाले गर्ने गरेको छ।

 

स्विडेनको आप्रवास नीतिमा पनि प्राप्तांक राम्रो छ, विशेषत: विभिन्न क्षेत्रमा रहेको जनसंख्या र कुल ग्राहस्थ उत्पादन बीचको मापनमा। आप्रवासनको भागलाई विश्लेषण गर्दा दुईवटा बिषयहरु समाहित हुन्छन: आप्रवासीहरुलाई मिलाउने तरिका र शरणार्थीहरुलाई मिलाउने तरिका।

 

अस्ट्रेलिया विश्वमै अन्तरराष्ट्रिय विद्यार्थीहरुलाई स्वीकार्ने राष्ट्रको रुपमा सबैभन्दा सफल देखिएको भएपनि अर्को तरिकाबाट भने यो असफल देखिएको मिचेलको भनाइ रहेको छ।

"आप्रवास अन्तर्गतको एक भागको रुपमा रहेको शरणार्थीहरुको मुद्दामा अस्ट्रेलियाले अझै सुधार गर्नुपर्ने देखिन्छ। आकार ठुलो भए पनि सानो जनसंख्या भएको अस्ट्रेलियाले आफु भन्दा साना राष्ट्रले लिने भन्दा निकै थोरै संख्यामा शरणार्थीहरुलाई स्वागत गरेको छ। "

जर्मनी उक्त सूचकांकको इतिहासमा नै पहिलो पटक माथिको तेस्रो स्थानमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ,सरकारी सहयोगमा सुधार, आप्रवासन र केहि विश्वकै सबैभन्दा खुल्ला व्यापार अवलम्वन गर्ने कम्पनीहरुलाई यो सफलताको कारकहरुको रुपमा लिइएको छ।

 

संयुक्त राज्य अमेरिका उक्त सूचिको २३ औं स्थानमा रहँदै अन्तिम ५ मा परेको छ। अमेरिका सुरक्षाका दृष्टिले राम्रो स्थानमा रहेको भएपनि, अन्य मित्रराष्ट्रहरुको तुलनामा विभिन्न अन्तराष्ट्रिय सम्झौताहरुमा हस्तक्षर नगर्नाले उसको विश्व विकासमा योगदानको मुल्यांकन कम भएको विज्ञहरु बताउँछन्।

 

केन्द्रका अनुसार अस्ट्रेलियालाई समग्रमा सुचीमा अझै माथि उक्लन नदिने प्रमुख कारण भनेको यसको वातावरणीय पक्ष असफल रहनु हो।

सिड्नी विश्वविद्यालयका सह-प्राध्यापक श्यामल चौधरी भन्छन, "अस्ट्रेलियाले आफ्नो कार्बन उत्सर्जन घटाउने तर्फ ध्यान दिनु पर्छ"।

अस्ट्रेलिया प्रविधिको पाटोमा पनि निकै कमजोर रहेको छ। अघिल्लो वर्ष १८ औँ स्थानमा रहनुको पछाडी प्रविधिको अनुसन्धान र विकासका लागि तुलनात्मक रुपमा न्युन सरकारी सहयोग हुनु प्रमुख कारक रहेको थियो।

 

मिचेल भन्छन्, यो सूचकांकलाई गम्भीरताका साथ लिनुपर्दछ तथा विकसित राष्ट्रहरुले आफ्नो नीतिहरुलाई ध्यान दिनु पर्छ जुन कम भाग्यशाली अन्य अल्प विकसित राष्ट्रहरुका लागि पनि फलदायी होस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now