सुँघ्ने क्षमतामा कमी पनि कोभीड-१९ को लक्षण ?

कोरोना भाइरस सङ्क्रमणबारेको जाँचलाई फराकिलो बनाउँदै यसका लक्षणहरूमा गन्ध थाहा नपाउने वा सुँघ्ने क्षमतामा कमी आउनुलाई पनि समावेश गर्नु पर्ने आग्रह गरिएको छ।

Lost your sense of smell or taste? It could be a symptom of COVID-19.

Lost your sense of smell or taste? It could be a symptom of COVID-19. Source: Getty Images/Tom Merton

अनुसन्धानकर्ताहरूले यसलाई सङ्क्रमणको सुरुवाती लक्षणका रूपमा विशेष गरी युवा वर्गमा देखिन्छ भनेका छन्।

लौरा ब्रमान्टेले गत हप्ता बिहान कफीको स्वाद र गन्ध नपाए पछि केही गडबड भएको महसुस गरेकी थिइन।

र स्वाद र गन्ध नपाउने त्यस्तो अनुभव उनले त्यस दिन अगाडी कहिले पनि गरेकी थिइनन्।

Melbourne resident Laura Bramante suspected something was afoot when she lost her sense of smell.
Melbourne resident Laura Bramante suspected something was afoot when she lost her sense of smell. Source: Supplied/SBS News

२९ वर्षीय उनले कम्तीमा पनि तिन पटक मेलबर्नमा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा जँचाउन प्रयास गरेकी थिइन तर उनमा कोरोना भाइरस सङ्क्रमणका निर्धारित कुनै लक्षण नदेखिए पछि उनलाई नजाँची फर्काइएको थियो।

तर पछि अन्य लक्षण पनि देखिन थाले पछि उनलाई अन्ततः जाँच गरियो।

परिणाम स्वरूप उनमा कोरोना भाइरसको सङ्क्रमण देखियो र त्यस बेला देखि नै उनी क्वारेन्टिनमा बसेकी छन्।

मेलबर्नका नाक, कान, घाटीका चिकित्सक डा. स्टेफन क्लेड भन्छन् भाइरस सङ्क्रमणका कारण देखिएको सुँघ्ने क्षमता हराउने लक्षण अचम्म मान्नु पर्ने भने हैन।

Bad smell
Source: Flickr

उनका अनुसार फोक्सो र नाकका बिचमा सम्बन्ध भएका कारण कोभिड१९ को सङ्क्रमण भएकाहरूमा यस्ता लक्षण देखिनु स्वाभाविक हो।

विश्वभरमा यो लक्षण हामीले सोचेको भन्दा बढी नै समान देखिएको छ: २ हजार कोरोना भाइरसको सङ्क्रमण भएका हल्का मात्र असर देखिएका दक्षिण कोरियाका बिरामीहरूमा गरिएको सर्वेक्षणमा १५ गन्ध थाहा नपाएको बताएका थिए।

जर्मनीमा ३ वटा पुष्टि भएका भाइरस सङ्क्रमितहरू मध्ये २ जना बिरामीमा यस्तो अवस्था पाइएको थियो जसलाई एनोज्मिया भनिन्छ।

त्यस्तै बेलायतका नाक तथा घाटीका शल्य चिकित्सकहरूले एक पत्रमा लेखेका छन् कि, यिनीहरू यस्ता बिरामीहरू हुन् जसले यो भाइरसलाई थाहा नपाइ बोकेर हिँडिरहेका छन् र यसले गर्दा कोभिड १९ को सङ्क्रमण तेज गतिमा फैलिरहेको छ।

अस्ट्रेलियामा पनि धेरै बिरामीहरूमा यो अवस्था पाइएको छ। त्यसैले यसरी गन्ध थाहा पाउन छोड्नुलाई पनि आधिकारिक रूपमा नै कोभिड १९ सङ्क्रमणको लक्षणका रूपमा राख्न आव्हान गरिएको छ।

از دست دادن حس بویایی می تواند یکی از علائم ابتلا به کروناویروس باشد.
Source: Getty Images

यसले गर्दा थाहा नपाइ वा आफू मा सङ्क्रमणका लक्षणहरू नदेखिएका हरूले सङ्क्रमण फैलाउने जोखिम कम हुने बताइएको छ।

शल्य चिकित्सक क्लेडले गन्ध हराएको अनुभव गर्नेहरूलाई पनि अन्य कोरोना सङ्क्रमणको आशङ्का भएकाहरूलाई जस्तै जाँच र उपचार गर्नु पर्नेमा जोड दिएका छन्।

तर युएनएसडब्लुका वरिष्ठ मेडिकल विषाणुविद् प्रोफेसर बिल रलिंगसन भन्छन् यो अवस्था अस्ट्रेलियामा सबैलाई देखिई नसकेकोले यसका सम्बन्धमा अझ बढी अध्ययन हुन जरुरी रहेको छ।

धेरैजस्तो जानकारहरूले कोरोना भाइरस सङ्क्रमणका बारेमा गरिने जाँचलाई थप फराकिलो बनाउनु पर्नेमा सहमति जनाएका छन् तर त्यसको लागी पर्याप्त जाँचका लागी चाहिने स्रोत र सामाग्री उपलब्ध हुनु पर्‍यो।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

 

 


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now