SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: लङ्ग कोभिडका कारण ३१ हजार अस्ट्रेलियालीहरूले दैनिक बिरामी बिदा लिने; विश्वव्यापी मङ्कीपक्स मामिलामा गिरावट

यो २६ अगस्टको कोभिड-१९ अपडेट हो।

AUSTRALIAN FACE MASKS COVID-19
Workers use sewing machines to sew face masks at a Carrum Downs factory in Melbourne. (file) Source: AAP / MICHAEL DODGE/AAPIMAGE

2 min read

Published

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • किशोरावस्थाका व्यक्तिहरूले सेप्टेम्बर ५ देखि नोभाभ्याक्स कोभिड खोप लगाउन सक्ने
  • गर्भवती र स्तनपान गराउने ३० देखि ४९ वर्षका महिलाका लागि तेस्रो बुस्टर खोप उपलब्ध
  • अमेरिका, स्पेन, पोर्चुगल र ब्राजिलमा गत हप्ता सबैभन्दा धेरै मङ्कीपक्स मामिलाहरू देखियो

शुक्रवार अस्ट्रेलियाभर कम्तीमा ६२ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्।

जसमध्ये भिक्टोरियामा २५ र न्यु साउथ वेल्समा २२ जनाको मृत्यु भएको छ।

१२ देखि १७ वर्षका किशोर किशोरीहरूले प्रोटिनमा आधारित नोभाभ्याक्स कोभिड-१९ खोप सेप्टेम्बर ५ देखि लगाउन सक्ने भएका छन्।

कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्

न्युज कर्प्स पत्रिकामा प्रकाशित ट्रेजरीको तथ्याङ्कले लगभग ३१ हजार अस्ट्रेलियाली कामदारहरूले दैनिक रूपमा लङ्ग कोभिडका कारण बिरामी बिदा लिने गरेको देखाएको छ।

अस्ट्रेलिया मडेर्नाको स्पाइकभ्याक्स खोप ५ वर्ष मुनिका बालबालिकाहरूका लागि सेप्टेम्बर ५ देखि उपलब्ध गराउने तयारीमा रहेको छ।

अभिभावहरूले थप जानकारी र अनुमति फारम यहाँ प्राप्त गर्न सक्ने छन्।

गर्भवती र स्तनपान गराइरहेका ३०-४९ वर्षका महिलाहरूले दोस्रो बुस्टर खोप लगाउन सक्ने अस्ट्रेलियाली सरकारले बताएको छ।

यद्यपि दिन मात्रा लिइसकेकाहरूमा गम्भीर बिरामी हुने जोखिम निकै कम रहेको उसको भनाइ छ।

विश्वव्यापी रूपमा मङ्कीपक्स मामिलाहरू देखिने क्रममा २१ प्रतिशतको गिरावट देखिएको छ। चार हप्ता सम्म लगातार बढेको सङ्ख्यामा अहिले कमी आएको विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो साप्ताहिक रिपोर्टमा बताइएको छ।

अमेरिका, स्पेन, ब्राजिल, जर्मनी, बेलायत, फ्रान्स, क्यानडा, नेदरल्याण्ड्स, पेरु र पोर्चुगलमा सबैभन्दा धेरै मङ्कीपक्स मामिलाहरू देखिएको छ।

पोर्चुगलमा सबैभन्दा धेरै मामिला दर्ता गरिएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस् 

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now