SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: किशोर उमेरमा रहेकाहरूमा खोपले देखाउने साइड इफेक्ट हल्का र आफै निको हुने एक अध्ययनको दाबी।

यो ८ अगस्टको कोरोनाभाइरस अपडेट हो।

COVId-19 VACCINE ROLL-OUT
Una teenager riceve il vaccino contro il COVID-19 a Canberra. (file) Source: AAP / MICK TSIKAS/AAPIMAGE

3 min read

Published

Updated

Source: SBS



Skip to article content

प्रमुख बिषय:

  • एसिटिले जनस्वास्थ्य आपत्काललाई लम्ब्यायो
  • टास्मेनियामा पिसिआर जाँच गर्नेको अन्य श्वासप्रश्वास सम्बन्धी रोगका बारेमा पनि जाँच गरिने
  • न्यु साउथ वेल्स र भिक्टोरिया मङ्कीपक्स भाइरसको खोप वितरण सुरु

सोमबार अस्ट्रेलियामा कम्तीमा पनि १४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्।

ज्यान गुमाउनेमा ७ जना साउथ अस्ट्रेलियाका र ४ जना न्यु साउथ वेल्सका बासिन्दा रहेका छन्।

अधिकांस राज्यहरूमा कोभिड–१९ सङ्क्रमण सङ्ख्या र अस्पताल भर्ना हुनेको सङ्ख्या कम हुँदै गएको छ।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

सोमबार, अस्ट्रेलियन क्यापिटल टेरीटरीले जनस्वास्थ्य आपत्काललाई ३० सेप्टेम्बरसम्म बढाउने निर्णय गरेको छ।

एसिटिका स्वास्थ्य मन्त्री स्टेफेन स्मिथले नयाँ केस सङ्ख्या दैनिक सरदर १,००० रहेको बताए।

यद्यपि समुदायका गम्भीर रोगको सम्भावना रहेका सदस्यहरूमा सङ्क्रमण फैलने डर भने यथावतै रहेको उनले बताएका छन्।

एक पछिल्लो तथ्याङ्कले अस्ट्रेलियाभरका ९५२ वटा एज्ड केयरहरूमा कोरोनाभाइरस सङ्क्रमण चलिरहेको देखाएको छ।

न्यु साउथ वेल्स, भिक्टोरिया र क्वीन्सल्याण्डमा क्रमशः ३१०, २०७ र २०१ वटा बृद्धस्याहार केन्द्रमा सङ्क्रमण फैलिरहेको बताइएको छ।

सोमबार अस्ट्रेलियाको मेडिकल जर्नल मार्फत दुई मुख्य अनुसन्धान रिपोर्ट प्रकाशित भएका छन्।

पहिलोमा, १६ वर्ष मुनीका करिब १७,००० बालबालिकामा गरिएको एक अध्ययनमा कोभिड–१९ को डेल्टा भेरीएन्टको सङ्क्रमण हुँदा लक्षण नदेखिएको वा रोग हल्का रहेको बताइएको छ।

उक्त समुहमा अस्पताल भर्ना हुने सङ्ख्या निकै कम रहेको र स्वास्थ्य कारणले भन्दा पनि सामाजिक कारणले बालबालिका अस्पताल भर्ना भएको देखाइएको छ।

“शिशु एवम् ५ देखि ११ वर्षका बालबालिकामा अस्पताल भर्ना हुने दर निकै कम थियो भने १२ देखि १५ वर्षका अलिकति बढेको देखियो। लिङ्ग वा आदिवासी स्थितिले भने अस्पताल भर्ना हुने दरमा कुनै परिवर्तन देखिएन।” जर्नलमा भनिएको छ।

दोस्रो अध्ययनमा चाहिँ १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकामा कोभिड–१९ खोपका कारण छोटो समयका लागि मुटुको माशंपेसी सुन्निने रोग, मायोकार्डाइटिस देखा परेको तर त्यो भाइरसबाट हुने जटिलता भन्दा निकै हल्का भएको बताइएको छ।

न्यु साउथ वेल्स र भिक्टोरियामा मङ्गीपक्स विरुद्धको खोप दिन सुरु गरिएको छ।

भिक्टोरियाका योग्य मानिसले मेर्लवर्न स्थित सेक्सुएल हेल्थ सेन्टर, थोर्न हार्बर हेल्थ नर्थसाईड क्लिनिक, कोलीन्स स्ट्रिट मेडिकल सेन्टर र प्रारन मार्केट क्लिनिकमा गएर खोप लगाउन सक्नेछन्।

अस्ट्रेलियामा हाल मङ्कीपक्सका ६० वटा केस देखिएका छन्, जसमध्ये ३३ न्यु साउथ वेल्समा र २२ भिक्टोरियामा रहेका छन्।

९ अगस्टदेखि टास्मेनियामा राज्यबाट सञ्चालित क्लिनिकहरूमा पिसिआर जाँच गर्दा, इन्फ्लुएन्जा ए, बि र आरएसभि भनिने श्वासप्रश्वास सम्बन्धी सिन्कीटियल भाइरसको पनि परीक्षण गरिने भएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now