कोभिड-१९ अपडेट: स्वस्थ १२-१५ वर्षका उमेर समूहलाई बुस्टर खोप लगाउन आवश्यक नभएकोमा अटागीको जोड

यो अगस्ट ५, २०२२ को कोरोनाभाइरस अपडेट हो।

 ኮቪድ-19

ATAGI ድርብ ክታበት ኮቪድ-19 እንተወሲዶም ኣብ ክሊ ዕድመ 12-15 ዝርከቡ ምሉእ ጥዕና ዘለዎም ዕሸል መንእሰያት ኣዝዮም ይሓሙ ምዃኖም ዘረጋግጽ እኹል ዘይኮነ መርትዖ'ዩ ዘሎ ይብል። Source: AAP / JAMES ROSS

मुख्य बुँदा:

  • ५० लाख योग्यता पुगेका अस्ट्रेलियालीहरूले अझै पनि बुस्टर खोप लगाएका छैनन्
  • टीजीएले नयाँ कोभिड भेरीएन्ट पत्ता लगाउने ऱ्याट टेस्टको सुची अपडेट गर्‍यो
  • स्वास्थ्य मन्त्रिले कोभिड-१९ आइसोलेसन सम्बन्धी सुझाव प्राप्त गर्न बाँकी

शुक्रवार अस्ट्रेलियामा कम्तीमा ८२ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ। जसमा ३४ भिक्टोरियामा, २९ न्यु साउथ वेल्समा र आठ जना क्वीन्सल्याण्डमा रह्यो।

अस्ट्रेलियाको खोप सम्बन्धी सुझाव समूह अटागीले १२ देखि १५ बर्ससम्मका किशोर किशोरीलाई बुस्टर खोप लगाउन सुझाव नदिने दोहोर्‍याएको छ।

दुई वटा कोभिड-१९ खोपको मात्रा लगाएका यी उमेर समूहका स्वस्थ किशोर किशोरी गम्भीर बिरामी भएको पर्याप्त प्रमाणहरू नभएको अटागीको भनाइ छ।

यद्यपि रोग प्रतिरोधात्मक क्षमता अत्यन्त कमजोर भएका र असक्तता साथै जटिल स्वास्थ्य आवश्यकताहरू भएका बालबालिकाहरूका लागि भने बुस्टर खोप उपलब्ध रहेका छन्।

स्वास्थ्य मन्त्री मार्क बट्लरले एबीसी रेडियोसँगको कुराकानीका क्रममा दर्ता गरिएको सङ्ख्याभन्दा दोब्बर कोरोनाभाइरस सङ्क्रमण भएको हुन सक्ने बताएका छन्।

स्वास्थ्य मन्त्री बट्लरले कम जनसङ्ख्याले तेस्रो मात्रा वा पहिलो बुस्टर खोप लिएको भन्दै चिन्ता व्यक्त गरे।

उनले ५० लाख उक्त खोपका लागि योग्यता पुगेका मानिसहरूले पनि तेस्रो खोप लिन बाँकी रहेको र उनीहरूले दोस्रो खोप लगाएको समयले पनि छ महिना काटिसकेको बताए।

भाइरस अझै नसकिएको र प्रमुख स्वास्थ्य अधिकारी वा अन्य विज्ञहरूबाट कोभिड-१९ सम्बन्धी आइसोलेसन समयावधि घटाउने वा हटाउने बारे अहिलेसम्म कुनै सुझाव प्राप्त नगरेको उनको भनाइ छ।

थेराप्युटिक गूड्स एडमिनिस्ट्रेसन (टीजीए)ले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पुरा गर्ने र भाइरसका नयाँ सबभेरीएन्टहरू पत्ता लगाउने ऱ्यापिड एन्टीजेन टेस्ट किटहरूको सुची अद्यावधिक गरेको छ।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

अमेरिकामा ६ हजार ६ सय मङ्कीपक्स (एमपीएक्स) मामिलाहरू देखिएपछि यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल भएको घोषणा गरेको छ।

अस्ट्रेलियामा कम्तीमा पनि ५८ वटा एमपीएक्स मामिलाहरू देखिएका छन्।

वेस्टर्न अस्ट्रेलियाले बिहीबार अस्ट्रेलिया फर्किएका एक यात्रुमा पहिलो एमपीएक्स सङ्क्रमण देखिएको बताएको छ।

सम्पूर्ण टास्मेनियाका बासिन्दाहरूले ३१ अगस्टसम्म निःशुल्क फ्लु खोप प्राप्त गर्ने भएका छन्।

आगामी शनिवार, बिहान १० बजेदेखि अपराह्न ४:३० बजेसम्म साउथ अस्ट्रेलियाका बासिन्दाहरूले कोभिड-१९ खोप र बुस्टर मात्रा अल्डीङ्गा बीच प्राइमरी स्कुल, ग्रीनविद प्राइमरी स्कुल, फ्लाग्स्टाफ हिल प्राइमरी स्कुल, जोन हाट्ली स्कुल B-6 र ग्लेन अस्मन्ड प्राइमरी स्कुलमा गएर प्राप्त गर्न सक्नेछन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू:


Share

3 min read

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now