SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: कोभिड र फ्लु दुवै पत्ता लगाउने ऱ्याटहरूलाई अस्ट्रेलियामा स्वीकृति

यो बिहीबार ८ सेप्टेम्बरको कोभिड-१९ अपडेट हो।

VICTORIA CORONAVIRUS COVID19
A students receives a COVID-19 Rapid Antigen Test (RAT) in Melbourne. (file) Source: AAP / JAMES ROSS/AAPIMAGE

3 min read

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS



Skip to article content

मुख्य विषय:

  • राज्य तथा प्रदेशहरूले शुक्रवारदेखि दैनिक कोभिड सङ्ख्याहरू नबाँड्ने
  • विश्वव्यापी नयाँ साप्ताहिक कोभिड-१९ मामिला र मृत्युहरू घट्दो
  • भारत र चीनद्वारा सुई रहित कोभिड-१९ खोपलाई आधिकारिकता प्रदान

बिहीबार अस्ट्रेलियामा कम्तीमा पनि ८४ कोभिड-१९ सँग सम्बन्धित मृत्युहरू दर्ता गरिएको छ।

मृत्यु हुनेहरूमा २५ न्यु साउथ वेल्स, २४ भिक्टोरिया र ११ वेस्टर्न अस्ट्रेलियाका बासिन्दाहरू रहेका छन्।

औषधि सम्बन्धी नियामक निकाय थेराप्युटिक गूड्स एडमिनिस्ट्रेसनले टचबायो सार्स-कोभ-2 (TouchBio SARS-CoV-2) र फ्लु ए /बी एन्टीजेन कम्बो टेस्ट साथै फ्यान्ट्टेस्ट कोभिड-१९/इन्फ्लुएन्जा ए एन्ड बी एन्टीजेन टेस्ट किटलाई स्वीकृति दिएको छ।

नाकमा आफैँले जाँच गर्न सक्ने यी किटहरूले दुवै कोभिड-१९ र इन्फ्लुएन्जा भाइरसहरू पत्ता लगाउँछ।

त्यसमा अर्को थप लाइन छ जसले इन्फ्लुएन्जा ए र बी छ कि छैन भनेर पनि देखाउँछ।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

राज्य तथा प्रदेशहरूले शुक्रवारदेखि दैनिक कोभिड-१९ सम्बन्धी तथ्याङ्क उपलब्ध नगराउने भएका छन्।

त्यसको सट्टा उनीहरूले १६ सेप्टेम्बरबाट साप्ताहिक रिपोर्ट जारी गर्ने छन्।

यस महिनाको सुरुवातमा बसेको राज्य तथा प्रदेशहरूका स्वास्थ्य मन्त्रीहरूको बैठकले सो निर्णय गरेको हो।

भारत र चीनले सुई रहित कोभिड-१९ खोपलाई स्वीकृति प्रदान गरेका छन्।

भारतले खोप नलगाएका व्यक्तिहरूको लागि नाकमा प्रयोग हुने भारत बायोटेकको खोपलाई स्वीकृति दिएको छ।

त्यस्तै चिनियाँ नियामकहरूले निल्ने क्यानसिनो बायोलोजिक्सको बुस्टर खोपलाई मान्यता प्रदान गरेको छ।

विश्वभर साप्ताहिक नयाँ कोभिड-१९ मामिलामा १२ प्रतिशतको गिरावट आएको र मृत्यु हुनेहरूको सङ्ख्या पाँच प्रतिशतले घटेको विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो रिपोर्टले देखाएको छ।

सङ्गठनका महानिर्देशक टेड्रस अध्हानम गेब्रिएसस् भन्छन् मृत्यु र नयाँ मामिलाहरूमा देखिएको कमी उत्साहजनक भए पनि यो अवस्थाले निरन्तरता पाउने कुराको निश्चितता दिन सकिँदैन।

उनले गत हप्ता प्रत्येक ४४ सेकेन्डमा एक जनाको कोभिड-१९ का कारण ज्यान गएको बताए।

साथै मङ्कीपक्स सङ्क्रमण ओरालो लाग्ने क्रमले युरोपमा निरन्तरता पाए पनि अमेरिकाका केही देशहरूमा मामिलाहरू बढिरहेको उनको भनाइ छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now