कोभिड–१९ अपडेट: अस्ट्रेलियामा पाँच वर्ष मुनीका बालबालिकाका लागि खोप स्वीकृत, सबै बालबालिका भने योग्य नहुने

यो अगस्ट ३, २०२२ को कोरोनाभाइरस अपडेट हो।

Children Under 5 Receive Covid-19 Vaccines At University Of Washington Hospital

On Wednesday, Australia followed the US and Canada in rolling out the COVID-19 vaccines for children under five. Source: Getty / David Ryder

मुख्य बिषय:

  • पाँच सेप्टेम्बरदेखि करिब ७०,००० बालबालिकाले खोपमा पहुँच राख्न सक्ने
  • नयाँ एक अध्ययनद्वारा चीनको वुहान कोरोनाभाइरसको केन्द्र रहेको भनाई
  • टीजीएद्धारा प्याक्सलोभिड एन्टीभाइरल चक्कीको प्रयोगको म्याद १२ महिनाबाट बढाएर १८ महिना पुर्‍याइयो

अस्ट्रेलियामा ६ महिनादेखि पाँच वर्ष उमेर समूहका केही बालबालिकालाई मोर्डेनाको कोभिड–१९ खोप लगाउन अनुमति दिइएको छ।

स्वास्थ्य मन्त्री मार्क बटलरले आगामी सेप्टेम्बर पाँच देखि प्रतिरक्षा प्रणाली गम्भीर रूपमा कम भएका, अपाङ्गता र जटिल स्वास्थ्य समस्या भएका करिब ७०,००० बालबालिकाले खोपमा पहुँच राख्न सक्ने बताए।

मन्त्री बटलरले आठ हप्ताको फरकमा दुई डोज दिन सकिने र केही बालबालिका तेस्रो डोजका लागि समेत योग्य हुने बताएका छन्।

“अटागीले ६ महिनादेखि पाँच वर्ष उमेरका जोखिममा नरहेका बालबालिकालाई भने खोपको सिफारिस गरेको छैन, अटागीले खोपको फाइँदाका बारेमा प्रमाणहरू अनुगमन गर्न भने जारी राख्ने छ,” स्वास्थ्य मन्त्री बटलरले भने।

उनले ५ लाख डोज सुरक्षित गरिएको भन्दै, यस हप्ताको अन्त्यमा खोपको केही मात्रा अस्ट्रेलिया आउने बताए।

महिनाको अन्त्यमा खोपका लागि बुकीङ्ग खुल्ने भए पनि अभिभावकहरूलाई अहिले नै खोप केन्द्र वा चिकित्सकलाई सम्पर्क भने नगर्न आग्रह गरे।

अमेरिका, क्यानडा र केही एसियाली राष्ट्रहरूले पाँच वर्ष मुनीका बालबालिकाका लागि खोपलाई अनुमोदन दिइसकेका छन्।

बुधवार, अस्ट्रेलियामा कम्तीमा पनि ६६ जनाले कोभिड–१९ का कारण ज्यान गुमाएका छन्।

जसमध्ये ३९ जना न्यु साउथ वेल्सका छन् भने क्वीन्सल्याण्ड र भिक्टोरियाका ६–६ जना रहेका छन्।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

टिजिएले एन्टीभाइरल औषधि प्याक्सलोभिडको प्रयोग मिति १२ महिनाबाट बढाएर १८ महिना पुर्‍याएको छ। यद्यपि यसलाई २५ डिग्री तापक्रम भन्दा तल भण्डार गर्नु पर्ने बताइएको छ।

प्याक्सलोभिडको पहिलो ब्याचको प्रयोग मिति अगस्ट महिनासम्म मात्र रहेको थियो।

साइन्समा प्रकाशन भएको पियर रिभ्यु अध्ययनले चीनको वुहान प्रान्तको हुनान सी फुड मार्केटबाट कोरोनाभाइरस फैलिएको निष्कर्ष निकालेको छ।

अनुसन्धानकर्ताहरुले चीनमा जिउँदो जनावरको व्यापार मार्फत नै सार्स कोभिड–२ को सुरुवात भएको उल्लेख गरेका हुन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now