कोभिड–१९ अपडेट: आपत्कालीन बिदा भुक्तानी सेप्टेम्बर पछिसम्म लम्ब्याइयो

यो १४ सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

AUSTRALIA CORONAVIRUS COVID-19

People shop at the Queen Victoria Market. (file) Source: AAP / SCOTT BARBOUR/AAPIMAGE

Key Points

  • आइसोलेसनमा रहेका मानिसहरूले ५४० डलरको सरकारी भुक्तानीलाई निरन्तरता दिन सक्ने।
  • ६ महिनाको अवधिमा बढीमा तीन पटक भुक्तानीका लागि आवेदन दिन मिल्ने।
  • महामारीको बचत स्वरूप बिमा कम्पनी भूपाले आफ्ना ग्राहकलाई ३४० डलर सम्म फिर्ता गर्ने।

प्रधानमन्त्री एन्थोनी एल्बनिजीले ३० सेप्टेम्बर पछि पनि आइसोलेसनमा बस्नु परेको खण्डमा कोभिड–१९ आपत्कालीन भुक्तानीका लागि दाबी गर्न सक्ने बताएका छन्।

उनले राज्य एवम् प्रदेशहरूमा अनिवार्य आइसोलेसन रहेसम्म भुक्तानी कायम रहने बताएका छन्।

“सरकारले आइसोलेसनलाई अनिवार्य गरेसम्म, सहयोगलाई निरन्तरता दिनु जरुरी छ,” राष्ट्रिय मन्त्रीपरिषद् बैठक पछि प्रधानमन्त्रीले भने।

“हामी कुरामा स्पष्ट छौ कि यदि मानिसहरू कोभिड–१९ वा अन्य कारणले बिरामी छन् भने उनीहरू काममा जानु हुँदैन, त्यो महत्त्वपूर्ण छ।”

महामारी सुरु भए यताको करिब २.२ अर्ब डलर बिदा भुक्तानीमा खर्च भइसकेको छ।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

न्यु साउथ वेल्स हेल्थले फ्लु सिजन र ओमिक्रन लहरका बिचमा पनि जुन महिना सम्मको त्रैमासिकमा उच्च गुणस्तरको हेरचाह प्रदान गरिरहेको बताएको छ।

उसका अनुसार इमरजेन्सी विभागमा आउने अधिकांस मानिसले (६२.२ प्रतिशत) समयमै उपचार सुरु गर्न पाएका छन् भने एम्बुलेन्सबाट अस्पताल लगिएका प्रत्येक १० मध्ये ७ जना बिरामी ३० मिनेट भित्रै अस्पताल पुगेका छन्।

“अधिकांस वैकल्पिक शल्यक्रिया (९८.२ प्रतिशत) समयमै सम्पन्न भएका छन्,”

भूपाले आफ्नो सेवा लिएका ग्राहकहरूलाई अर्को महिनाबाट ३४० डलरसम्म महामारीको बचत स्वरूप दिने भएको छ।

स्वास्थ्य बिमा कम्पनीहरूले सेप्टेम्बर १ देखि प्रिमियम बढाउने अपेक्षा गरिएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

2 min read

Published

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now