Key Points
- वेस्टर्न अस्ट्रेलियामा आपतकालिन अधिकार प्रतिस्थापन गर्ने विवादास्पद विधेयक तल्लो सदनबाट पारित
- लङ्ग कोभिडबाट गुज्रिएकाहरूका लागि टास्मेनियामा नयाँ सेवा चालु
- अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकाहरूका लागि ओमिक्रन लक्षित बुस्टर खोपलाई छिट्टै स्वीकृति प्रदान गरिने
महामारीको समयमा ल्याइएको आपतकालिन अधिकारहरू सम्बन्धी व्यवस्थालाई प्रतिस्थापन गर्ने कानुन वेस्टर्न अस्ट्रेलियाको तल्लो सदनबाट पारित भएको छ।
विपद् व्यवस्थापन संशोधन विधेयक 'इमर्जेन्सी म्यानेजमेन्ट एमेण्डमेन्ट (अस्थायी कोभिड-१९ व्यवस्था) विधेयक' २०२२ ले म्याक्गवेन सरकारलाई कोभिड-१९ प्रतिबन्धहरू लागू गराउने अधिकारको निरन्तरता दिनेछ।
विपक्षीद्वारा "ड्रकोनियन" भनेर व्याख्या गरिएको उक्त विधेयकबारे अक्टोबरमा माथिल्लो सदनमा बहस हुनेछ।
सेप्टेम्बर २० सम्मको एक हप्ताको तथ्याङ्कका अनुसार औसत नयाँ दैनिक कोभिड सङ्क्रमण सङ्ख्या ६ हजार ५ सय ४३ रहेको छ, जुन अघिल्लो हप्ता भन्दा १५ प्रतिशतले कम हो।
टास्मेनियाले पोस्ट कोभिड-१९ नेभिगेसन सर्भिस को थालनी गरेको छ। उक्त सेवा कोरोनाभाइरस सङ्क्रमण भएको १२ हप्ता पछि पनि यसको लक्षणहरूबाट छुटकारा नपाएकाहरूका लागि उपलब्ध रहेको छ।
भोलि शनिवारदेखि, टास्मेनियाका सरकारी स्तरबाट सञ्चालित क्लिनिकहरूमा पिसिआर परीक्षण गर्न अपोइन्टमेन्ट लिनु पर्ने छैन। जाँचका लागि क्लिनिक खुल्ला रहने समय भित्र उपस्थित हुन सकिने छ।
द गार्डियनका अनुसार यस हप्ता इंग्ल्याण्डमा कोभिड-१९ मामिलामा २० प्रतिशतको वृद्धि देखिएको छ। जुलाई देखि कम हुने क्रममा रहेको सङ्क्रमण सङ्ख्यामा यस हप्ता वृद्धि देखिएको हो।
अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनका अनुसार नयाँ ओमिक्रन लक्षित बुस्टर खोप पाँच देखि ११ वर्षसम्मका बालबालिकाको लागि उपलब्ध हुन "मात्र एक हप्ताको दुरीमा रहेको छ।"
हाल अस्ट्रेलियामा सम्पूर्ण बालबालिकाको लागि बुस्टर खोप उपलब्ध रहेको छैन।
यद्यपि, थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसनको बालबालिकालाई बुस्टर खोपका लागि स्वीकृति दिने निर्णयको खोप सम्बन्धी सुझाव समूह अटागीले समीक्षा गरिरहेको छ।
जापान, ताइवान र हंगकंगले आफ्नो सीमाहरू खोल्ने निर्णय साझा गरेका छन्।
चीन र उत्तर कोरिया मात्र दुई राष्ट्रहरू हुन् जसले आफ्नो देशमा भित्रिने सम्बन्धमा प्रतिबन्धहरू लगाएका छन्।
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।
६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
