SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: अस्ट्रेलियाली क्रिकेटर कोरोनाभाइरस सङ्क्रमित भए पछि अस्पताल भर्ना

यो अप्रिल १९ को कोभिड-१९ अपडेट हो।

Australian all-rounder Mitch Marsh (file).
Australian all-rounder Mitch Marsh (file). Source: Jason O'Brien/PA Wire.

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलियाका क्रिकेटर मिचेल मार्शलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि भारतको एक अस्पतालमा भर्ना गरिएको छ।

मिचेल मार्श अहिले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सका लागी अस्ट्रेलियाली टी२० खेलाडी डेभिड वार्नर सँगै खेलिरहेका छन्।

एक वक्तव्य जारी गर्दै दिल्ली क्यापिटल्सले सहयोगी कर्मचारीहरू सहित अन्य केही सदस्यहरूको पनि जाँचमा कोभिड-१९ सङ्क्रमण पाइएको बताएको छ। 

 

उनीहरू सबैमा सङ्क्रमणको लक्षणहरू नदेखिएको तर उनीहरूको स्वास्थ्य अवस्थालाई  नजिकबाट निगरानी गरी राखिएको पनि उल्लेख गरिएको छ। 

बिजनेस न्यु साउथ वेल्स र भिक्टोरियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले कोभिड-१९ सङ्क्रमितको पारिवारिक सम्पर्कमा रहेकाहरूका लागी हाल रहेको सात दिने आइसोलेसन व्यवस्था सरकार समक्ष माग गरेको छ।

 

व्यापारिक समूहहरूले कामदार अभावको पछाडि त्यस्ता आइसोलेसनको व्यवस्थालाई दोष दिएका छन्। 

 

न्यु साउथ वेल्स, भिक्टोरिया र क्वीन्सल्याण्डमा शपिङ्ग सेन्टर तथा विभिन्न कार्यक्रमहरूमा कोभिड-१९ को खोपका बारेमा जानकारी दिने स्थानहरू खोलिएका छन्। 

 

राज्यवासीहरूले १८ देखि २४ अप्रिलसम्म निम्न केन्द्रहरूमा गएर खोपको बारेमा जानकारी लिनुका साथै खोप लगाउन बुकिङ गर्न सक्ने छन्।

 

न्यु साउथ वेल्स - पेनरिथ, वेस्टफिल्ड पेनरिथ 

न्यु साउथ वेल्स - क्याम्प्सी, क्याम्प्सी एससी 

क्वीन्सल्याण्ड - ब्रोडबीच, प्यासिफिक फेयर 

क्वीन्सल्याण्ड - ब्राउन प्लेन्स, ग्राण्ड प्लाजा 

भिक्टोरिया - ड्यान्डिनङ, ड्यान्डिनङ प्लाजा 

भिक्टोरिया - नेरा, वारेन वेस्टफिल्ड फाउन्टेन गेट 

 

कोभिड-१९ सँग सम्बन्धित अस्ट्रेलियाका लागी बायो सेक्युरिटी इमर्जेन्सी डिटर्मिनेसन सो अवधि सकिएको छ।  यसको अर्थ अब अस्ट्रेलिया आउने यात्रुहरूले उडान भर्नु पूर्व सङ्क्रमण नभएको पुष्टि गर्ने जाँच गर्नु पर्ने छैन। 

 

एन्टीजेन टेस्टको लागी विक्रेताहरूले तोक्ने मूल्यलाई लिएर नियमहरूको पनि म्याद सकिएको छ।

 

यद्यपि, अन्तर्राष्ट्रिय यात्रुहरूका लागी अस्ट्रेलिया आउँदा वा यहाँबाट जाँदा दुई मात्रा खोप लगाएको प्रमाण भने उपलब्ध गराउनु पर्ने नियम यथावत् छ। साथै स्वास्थ्य सल्लाह बमोजिम अन्तर्राष्ट्रिय उडानहरूमा फेस मास्क भने लगाउनु पर्ने छ। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now