SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: महामारीले बालबालिकामाथि पारेको प्रभावबारे अस्ट्रेलियाली मानवअधिकार आयोगको रिपोर्ट सार्वजनिक

यो ३० अगस्टको कोभिड–१९ अपडेट हो।

KING TIDE SYDNEY
Children at Balmoral beach in Sydney. Source: AAP / JENNY EVANS/AAPIMAGE

2 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य बिषय:

  • राज्य र प्रदेशकाहरु आइसोलेसनको समय घटाउने विषयमा विभाजित
  • स्वास्थ्य सेवा सम्बन्धी युनियनद्वारा आइसोलेसनको नियम पूर्ण रुपमा हटाउन माग
  • भिक्टोरिया र न्यु साउथ वेल्स राज्य प्रत्येकमा २५ वटा अत्यावश्यक उपचार केन्द्र खोलिने

मङ्गलवार अस्ट्रेलियामा कम्तीमा पनि ७७ जनाले कोभिड–१९ सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा ३७ जना न्यु साउथ वेल्सका बासिन्दा छन् भने भिक्टोरिया र क्वीन्सल्यान्ड प्रत्येकमा १८ जना रहेका छन्।

अस्ट्रेलियाको कोभिड-१९ सम्बन्धी सम्पूर्ण पछिल्ला तथ्याङ्कहरू हेर्न यहाँ थिच्नुहोस्।

बुधवार बस्ने राष्ट्रिय मन्त्रीपरिषद् बैठक अघि आइसोलेसनको समय ७ दिनबाट घटाएर पाँच दिन पुर्‍याउने कुरामा राज्य र प्रदेशका नेताहरू विभाजित बनेका छन्।

भिक्टोरिया, क्वीन्सल्यान्ड, टास्मेनिया र एसिटिले अस्ट्रेलियन हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटीले सिफारिस गरेको खण्डमा यसलाई समर्थन गर्ने जनाएका छन्।

हेल्थ सर्भिस युनियनका राष्ट्रिय अध्यक्ष जेरार्ड हेजले एबिसि ब्रेकफास्ट कार्यक्रममा बोल्दै कोभिड–१९ को आइसोलेसनलाई पूर्ण रूपमा हटाउनु पर्ने र यसलाई अन्य फ्लु जस्तै मान्नु पर्ने बताएका छन्।

भिक्टोरिया र न्यु साउथ वेल्सले कोभिड–१९ का कारण अस्पतालका आकस्मिक कक्षमा पर्ने दबाबलाई कम गर्न, २५ वटा आकस्मिक उपचार केन्द्र स्थापना गर्ने भएका छन्।

जीपी मार्फत सेवा दिइने यस्ता उपचार केन्द्रमा सामान्य सङ्क्रमण, चोटपटक, हड्डी भाँचिएको एवम् सामान्य जलेका बिरामीको पनि उपचार गरिने बताइएको छ।

नेशनल मेन्टल हेल्थ कमिसनले बालबालिकाको मानसिक स्वास्थ्य र कल्याणमा कोभिड–१९ले पारेको प्रभाव बारे अध्ययन गरेको छ।

अध्ययनमा संलग्न मध्ये ४१ प्रतिशत बालबालिकाले नकारात्मक असर परेको बताएका छन्।

सर्वेक्षणले सामाजिक संलग्नताको कमी र विस्तारित परिवारसँगको सम्बन्ध बालबालिकाका लागि प्रमुख चिन्ता रहेको उल्लेख गरेको छ।

धेरै बालबालिकालाई न्यास्रो लागेका कारण अनलाइन पढाइमा ध्यान नगएको, पढाइमा सहयोगको अभाव भएको र नयाँ प्रविधिमा पहुँच नभएकाले अप्ठेरो परेको गुनासो गरेका छन्।

यद्यपि केही बालबालिकाले भने सकारात्मक अनुभव साझा गरेका छन्।

उनीहरुले ध्यान केन्द्रित गर्न सकेको, उत्पादकत्व बढेको र लचिलोपनको अनुभव गरेको प्रतिक्रिया दिएका छन्।

सर्वेक्षणले बालबालिका र उनीहरूका परिवारलाई विद्यालय र मानसिक स्वास्थ्य सेवाबाट सहयोग आवश्यक हुने पनि देखाएको छ।

किड्स हेल्प लाइन: १८०० ५५ १८००

वियोन्ड ब्लु: १३०० २२ ४६३६

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now