कोभिड–१९ अपडेट: विभिन्न भेरीएन्ट विरुद्ध काम गर्ने मोर्डेनाको नयाँ बुस्टर खोप १८ वर्ष माथिका लागि उपलब्ध

यो १३ सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

VICTORIA CORONAVIRUS COVID19

A health care worker administers a COVID-19 vaccine at the BAPS Swaminarayan Mandir in Melbourne. (file) Source: AAP / JAMES ROSS/AAPIMAGE

मुख्य बिषय:

  • मोर्डेनाको बाइभ्यालेन्ट खोप ओमिक्रनका विभिन्न भेरीएन्ट विरुद्ध प्रभावकारी।
  • मोर्डेनाको नयाँ खोपलाई बुस्टरका रूपमा प्रयोग गर्न सुझाव।
  • खोपका सामान्य असर, खोप लगाएको स्थानमा दुखाइ र टाउको दुख्ने केहीको गुनासो।

कोभिड–१९ का विभिन्न भेरीएन्टका लागि काम गर्ने भनिएको मोर्डेनाको बाइभ्यालेन्ट खोपले १८ वर्ष माथिका मानिसका लागि प्रयोगका लागि अस्ट्रेलियामा अनुमति पाएको छ।

उक्त खोपको बुस्टर डोजले कोभिड–१९ को मूल भाइरसका साथै ओमिक्रनका अन्य भेरीएन्टका विरुद्ध पनि काम गर्ने बताइएको छ।

स्वास्थ्य मन्त्री मार्क बुटलरले खोपको पहिलो ब्याच अस्ट्रेलिया भित्री सकेको र त्यसको परीक्षण चलिरहेको बताएका छन्।

हालको स्टक समाप्ति भएसँगै नयाँ खोपहरू वितरण गरिने बताइएको छ।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

खोप सम्बन्धी प्राविधिक सल्लाहकार समिति अटागीले मोर्डेनाको बाईभ्यालेन्ट खोप यसको मूल खोप भन्दा ओमिक्रनका बिए.१, बिए.४/बिए.५ लगायतका सबै भेरीएन्टका विरुद्ध १.६ देखि १.९ प्रतिशतसम्म थप प्रभावकारी रहेको बताएको छ।

“खोपको दोस्रो डोज लगाएपछि केही मानिसमा खोप लगाएको स्थानमा दुखाई, थकान र टाउको दुख्ने जस्ता नकारात्मक प्रतिक्रियाहरू देखिएका छन्,” अटागीले भनेको छ।

अन्य एमआरएनए खोप जस्तै सुरक्षाका विषयमा मोर्डेनामा विश्वास गर्न सकिने पनि अटागीले जनाएको छ।

अटागीले यसलाई बुस्टर डोजका रूपमा प्रयोग गर्न सुझाव दिएको छ।

अन्य कुनै स्वास्थ्य समस्या नभएका ३० देखि ४९ वर्ष समूहका मानिसहरूलाई भने खोप लिने बारेमा आफ्नो निर्णय लिन सक्ने बताइएको छ।

५० वर्ष माथिका मानिसहरू दोस्रो बुस्टर डोजका लागि योग्य भइसकेका छन्।

नर्दन टेरीटरीले पाँच दिन पछि आइसोलेसन छाड्ने मानिसहरूले थप दुई दिन घर बाहिर निस्कँदा फेस मास्कको प्रयोग गर्नु पर्ने बताएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


2 min read

Published

Updated

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now