कोभिड-१९ अपडेट: नयाँ भेरीएन्टले सङ्क्रमण सङ्ख्या बढाउने भन्दै अस्ट्रेलियालीहरूलाई बुस्टर खोप लगाउन आग्रह

यो २३ जुन २०२२ को कोरोनाभाइरस अपडेट हो।

Australian Wiradjuri elder and Indigenous rights activist Aunty Jenny Munro gestures after receiving a Covid-19 vaccine at a pop-up vaccination clinic at the National Centre of Indigenous Excellence in Redfern, Sydney, Saturday, September 4, 2021.

Australia has launched an $11 million ad campaign in 32 languages to encourage residents to take their third and fourth COVID booster doses. (file) Source: AAP Image/Dan Himbrechts

बिहीबार अस्ट्रेलियामा कम्तीमा पनि ४४ कोभिड-१९ सम्बन्धित मृत्युहरू दर्ता गरिएको छ। जसमध्ये न्यु साउथ वेल्समा २६, भिक्टोरियामा नौ र क्वीन्सल्याण्डमा पाँच  जनाले ज्यान गुमाएका छन्। 

क्वीन्सल्याण्डमा अस्पताल भर्ना हुनेहरूको सङ्ख्यामा लगातार वृद्धि देखिएको छ। राज्यमा कोभिड-१९ सङ्क्रमित ५ सय १२ जना अस्पतालमा भर्ना भएका छन् जुन २९ अप्रिल यता कै सबैभन्दा धेरै हो। 

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्कका लागि यहाँ थिच्नुहोस्

स्वास्थ्य मन्त्री मार्क बट्लरले ६० लाख भन्दा बढी योग्य अस्ट्रेलियालीहरूले तेस्रो चरणको खोप नलिएको बताएका छन्।

उनका अनुसार आगामी केही हप्ताहरूमा ओमिक्रन भेरीएन्ट अन्तर्गतका बीए.४ र बीए. ५ सब भेरीएन्टहरूले सङ्क्रमण सङ्ख्यामा भारी वृद्धि ल्याउने देखिएको छ। 

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो रिपोर्टमा पनि बीए.४ र बीए. ५ सङ्क्रमणहरू विश्वभर फैलिरहेको उल्लेख गरिएको छ। अहिलेसम्म बीए.४ सङ्क्रमण ५८ राष्ट्रहरूमा र बीए. ५ सङ्क्रमण ६२ राष्ट्रहरूमा विद्यमान रहेका छन्। 

 


Share

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now