SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: सङ्क्रमित नजिक आएका मानिसहरूले ७ दिनसम्म सावधानी अपनाउनु पर्ने

यो १२ सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

NSW CORONAVIRUS COVID19
Shoppers on Beamish Street at Campsie in Sydney. (file) Source: AAP / JOEL CARRETT/AAPIMAGE

2 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य बिषय:

  • अस्ट्रेलियालाई लङ्ग कोभिडका कारण साप्ताहिक १० करोडको नोक्सानी हुदैँ।
  • यस वर्ष बृद्धास्याहार केन्द्रमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तेब्बर।
  • एक अनुसन्धानले डिप्रेसनमा रहेका मानिस लङ्ग कोभिडको खतरामा रहने देखायो।

गत सेप्टेम्बर ९ देखि लक्षण नभएका कोरोनाभाइरस सङ्क्रमितको आइसोलेसनको समय सात दिनबाट पाँच दिनमा झारिएपछि साउथ अस्ट्रेलियाले 'क्लोज कनट्याक्ट' नियमलाई स्पष्ट पारेको छ।

सङ्क्रमित निकट आएपछि सात दिनसम्म कोभिड–१९ सम्बन्धी निर्देशनहरुलाई पालना गर्नु पर्ने साउथ अस्ट्रेलियाले बताएको छ।

सङ्क्रमित निकट आएका मानिसले अन्य मानिसका वरिपरि जाँदा मास्क लगाउनु पर्ने र सात दिनमा पाँच पटक ऱ्याट टेस्ट गर्नु पर्ने बताइएको छ।

यस बाहेक आफ्नो रोजगारदाता, विद्यालय र बाल स्याहार केन्द्रमा जानकारी गराउनु पर्ने र अस्पताल जस्ता सवेंदनशिल क्षेत्रमा नजान पनि अनुरोध गरेको छ।

अन्य राज्य र प्रदेशहरूबाट पनि 'क्लोज कनट्याक्ट' बारेमा स्पष्ट धारणा आउने अपेक्षा गरिएको छ।

अस्ट्रेलियन हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटीले गत हप्ता नै 'क्लोज कनट्याक्टका' नियमहरूमा परिवर्तन गरिन नहुने सुझाव दिएको छ।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

दि अस्ट्रेलियन फाइनान्सीयल रिभ्युले लङ्ग कोभिडका कारण अस्ट्रेलियालाई साप्ताहिक रूपमा लगभग १० करोड डलर घाटा लागिरहेको बताएको छ।

यो वार्षिक रूपमा ५.२ अर्ब डलर हुने उक्त संस्थाको भनाई छ।

जामा नेटवर्कमा प्रकाशित एक अनुसन्धान रिर्पोटले मानसिक तनाव भएका मानिसहरूमा लङ्ग कोभिडको खतरा धेरै भएको पाएको छ।

डिप्रेसन, एन्जाइटी, डर, चिन्ता र एक्लोपन यस भित्र पर्दछन्।

स्वास्थ्य विभागको तथ्याङ्क अनुसार यस वर्ष बृद्धास्याहार केन्द्रहरूमा बसोबास गर्ने ३,००० मानिसले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

यो सङ्ख्या पछिल्ला दुई वर्षको तुलनामा तीन गुणाले बढी हो।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now