Latest

कोभिड-१९ अपडेट: अस्ट्रेलियामा कोभिडसेफ एप खारेज, वेस्टर्न अस्ट्रेलिया र एसीटीमा नि:शुल्क र्‍याट

कोभिड-१९ सम्बन्धी बुधवार, १० अगस्ट २०२२ को अस्ट्रेलियाली अपडेट।

AUSTRALIA CORONAVIRUS COVID-19

The COVIDSafe app was designed to trace positive cases and their close contacts. Source: AAP / LUKAS COCH/AAPIMAGE

Key Points
  • कोभिडसेफ एप ‘खर्चालु र प्रभावहीन’ रहेको स्वास्थ्य मन्त्रीको भनाई
  • एसीटीका सहुलियत कार्ड वाहकहरूले आफ्नो स्थानीय पुस्तकालयबाट निःशुल्क ‘र्‍याट’ पाउन सक्ने
  • जापानी इन्सेफलाइटिस खोप सम्बन्धी योग्यताको मापदण्ड भिक्टोरियाद्वारा विस्तार
  • वेस्टर्न अस्ट्रेलियाद्वारा हरेक घरपरिवारका लागि २० नि:शुल्क ‘र्‍याट’ उपलब्ध हुने घोषणा
हिजो मङ्गलवार अस्ट्रेलियाभर कम्तीमा पनि १२४ जनाको कोभिड-१९ बाट मृत्यु दर्ता गरिएको छ।

यसरी मृत्यु हुनेमा भिक्टोरियाका ५२, क्वीन्सल्यान्डका ३५ र न्यु साउथ वेल्सका ३० बासिन्दाहरू छन्।

भिक्टोरियाली सरकारका अनुसार ती ५२ मृत्युका घटनामा ४० जनाको ज्यान अगिल्लो हप्ता गएको थियो भने १० जनाले गएका १५ दिनयता मृत्युवरण गरेका थिए।

कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्
स्वास्थ्य मन्त्री मार्क बट्लर भन्छन् कि अप्रिल २०२० मा सुरु गरिएको ‘खर्चालु’ र ‘प्रभावहीन’ कोभिडसेफ एप आफूहरूले खारेज गरिदिएका छन्।

अघिल्लो सरकारले २१ मिलियन डलर खर्च गरेर निर्माण गरेको उक्त एपले जम्मा दुई सङ्क्रमित र १७ ‘क्लोज कन्ट्याक्ट’हरूको मात्र पहिचान गर्न सफल रहेको उनको भनाई छ।

१५ अगस्टदेखि वेस्टर्न अस्ट्रेलियाका प्रत्येक घरपरिवारले ‘ड्राइभ थ्रु’ सङ्कलन केन्द्रहरू, महानगरीय क्षेत्रका कोभिड-१९ खोप क्लिनिक र रिजनल क्षेत्रका कोभिड-१९ परीक्षण केन्द्रहरूबाट २० थान र्‍यापिड एन्टिजेन टेस्ट किटहरू नि:शुल्क प्राप्त गर्न सक्नेछन्।

भिक्टोरियाले जापानी इन्सेफलाइटिस खोपका लागि योग्यता मापदण्ड विस्तार गरेको छ।

मिल्डुरा, स्वान हिल, गन्नावारा, क्याम्पास्पे, मोइरा, ग्रेटर शेपर्टन, इन्डिगो र वडंगा स्थानीय सरकारी क्षेत्रहरूमा बसोबास वा काम गर्ने ५० र ६५ वर्ष बिचका बासिन्दाहरूले चयन गरिएका जीपी र केही कोभिड-१९ खोप केन्द्रहरूबाट जापानी इन्सेफलाइटिस खोप निःशुल्क पाउन सक्नेछन्।
अस्ट्रेलियन क्यापिटल टेरिटरीका ‘कन्सेसन कार्ड’ वाहक बासिन्दाहरूले अबदेखि आफू नजिकैको स्थानीय पुस्तकालयबाट तीन थान र्‍यापिड एन्टिजेन टेस्ट किटहरू पाउन सक्नेछन्।

तर, कोभिड-१९ लक्षण भएका मानिसहरूले भने ती द्रुत परीक्षण सामाग्रीहरू गर्रन सर्ज सेन्टरबाट सङ्कलन गर्नुपर्ने वा आफ्नो पीसीआर जाँच गराउनुपर्ने बताइएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published

Updated

Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand