SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट:हालको ओमिक्रन लहर सोचेभन्दा चाँडो उच्च बिन्दुमा पुगेको हुन सक्ने

यो अगस्ट ४, २०२२ को कोरोनाभाइरस अपडेट हो

CORONAVIRUS COVID19
Health Minister Mark Butler said data shows the current Omicron may have peaked early in the country, but they are still not calling it. (file) Source: AAP / Darren England

3 min read

Published

Presented by Sunita Pokharel

Source: SBS



Skip to article content

मुख्य विषय:

  • अस्ट्रेलियाले ४ लाख ५० हजार डोज मंकीपक्सको खोप सुरक्षित गरेको छ
  • राष्ट्रिय मन्त्रिपरिषद्मा हालको कोभिड-१९, मङ्कीपक्स र खुट्टा र मुख सम्बन्धी रोगहरूको अवस्थाबारे छलफल
  • अस्ट्रेलिया, जापान र कोरिया समेट्ने पश्चिमी प्यासिफिक क्षेत्रमा कोभिड-१९ साप्ताहिक सङ्क्रमण दरमा २० प्रतिशतको वृद्धि

बिहीबार अस्ट्रेलियामा कम्तीमा पनि ८५ कोभिड-१९ सम्बन्धित मृत्युहरू दर्ता गरिएको छ। जसमध्ये ३३ जना न्यु साउथ वेल्समा, ३१ क्वीन्सल्याण्डमा र नौ जना भिक्टोरियामा दर्ता गरिएको हो।

प्रधानमन्त्री एन्थनी एल्बनिजिले भर्चुअल रूपमा भएको राष्ट्रिय मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेका छन् जसले हालको कोभिड-१९, मंकीपक्स (एमपीएक्स) र खुट्टा र मुख सम्बन्धी रोगहरूको अवस्थाबारे समीक्षा गरेको छ।

स्वास्थ्य मन्त्री मार्क बट्लर भन्छन् तथ्याङ्कले देशमा हालको ओमिक्रन सङ्क्रमण सोचे भन्दा अगाडी नै उच्च बिन्दुमा पुगेको हुन सक्ने देखाएको छ।

तर यसलाई अहिले नै यकिन भने नगरिएको उनको भनाइ छ। उनले विद्यालयहरूको बिदाको समय भएकोले नयाँ सङ्क्रमणहरू घटेको हुनसक्ने बताएका छन्।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

मन्त्री बट्लरले सङ्घीय सरकारले ४ लाख ५० हजार डोज नयाँ तेस्रो पुस्ताको मङ्कीपक्सभाइरसको खोप सुरक्षित गरेको बताए।

पहिलो चरणको २ लाख २० हजार डोज यसै हप्ता आइपुग्ने उनको भनाइ छ।

उनका अनुसार राज्य तथा प्रदेशहरूले चाडै यी खोपहरू प्राप्त गर्ने छन् र सोही अनुरूप वितरण कार्य सुरु हुनेछ।

मन्त्री बट्लरले राष्ट्रिय एमपीएक्सभी कार्यदल नै बनाएर समुदायको संलग्नताका लागि नेतृत्व र नीति सम्बन्धी सुझावहरू दिने तयारी भएको बताए।

डा नोम पेलेग युनिभर्सिटी अफ न्यु साउथ वेल्स (युएनएसडब्लु) का कानुन र न्याय सम्बन्धी विषयका वरिष्ठ प्राध्यापक हुन्।

उनले न्यु साउथ वेल्स सरकारले कोभिड-१९ सम्बन्धी नियम उल्लङ्घन गर्नेहरूलाई जरिवानाको सट्टा सावधानी गर्नु पर्ने व्यवस्था ल्याउनु पर्ने बताएका छन्।

साथै उनले यस्तो नभए संयुक्त राष्ट्र सङ्घ महासभाको बाल अधिकार सम्बन्धी व्यवस्थाको उल्लङ्घन हुन सक्ने बताए।

अहिलेसम्म करिब ३ हजार बालबालिकाहरूलाई नियम उल्लङ्घन गरेको भन्दै जरिवाना सूचना जारी गरिएको छ।

"जरिवाना आफैँमा महासभाको बाल अधिकार सम्बन्धी व्यवस्थाको उल्लङ्घन हो।" डा पेलेगले भने।

"र बालबालिकाहरू प्रति लक्षित कार्य निर्देशनहरू दोस्रो सम्भावित उल्लङ्घन हो। न्यु साउथ वेल्स सरकारले अपनाएको मापदण्डहरू अन्तर्राष्ट्रिय अभ्याससँग मिल्दैन।"

न्यु साउथ वेल्स स्वास्थ्य विभागले बिहीबार सार्वजनिक गरेको साप्ताहिक रिपोर्टले राज्यमा हालको ओमिक्रन लहर उच्च बिन्दुमा पुगेको बताएको छ। अस्पतालको अवस्था पनि स्थिर रहेको रिपोर्टमा उल्लेख गरिएको छ।

अघिल्लो हप्ताको तुलनामा गत हप्ता विश्वव्यापी कोभिड-१९ सङ्क्रमणमा नौ प्रतिशतले कमी आएको विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो रिपोर्टमा देखिएको छ।

यद्यपि, नयाँ साप्ताहिक मामिलाहरूको दरमा पश्चिमी प्यासिफिक क्षेत्रहरूमा भने २० प्रतिशतको वृद्धि देखिएको छ। यस क्षेत्र अन्तर्गत अस्ट्रेलिया, जापान र कोरिया पर्दछन्।

जापान, अमेरिका, कोरिया, जर्मनी र इटालीमा सबैभन्दा धेरै साप्ताहिक सङ्क्रमण दर्ता गरिएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now