SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: अस्ट्रेलियामा सङ्क्रमण घट्दो, भिक्टोरियाको नि:शुल्क नर्सिङ शिक्षा योजनाको आलोचना

यो, २९ अगस्ट २०२२, सोमवारको अस्ट्रेलियाली कोभिड-१९ अपडेट हो।

COVID-19 Australia
Tourists near the Sydney Harbour Bridge and the Sydney Opera House. (file) Source: AAP / DEAN LEWINS/AAPIMAGE

2 min read

Published

Updated

Source: SBS



Skip to article content

Key Points

  • न्यु साउथ वेल्समा पेन्सन र कन्सेन कार्ड भएकाहरूले १० थानसम्म र्‍याट किट नि:शुल्क पाउने
  • राष्ट्रिय मन्त्रिपरिषद्ले आइसोलेसन अवधि घटाउने सम्बन्धि व्यवस्था बारे बुधवार निर्णय गर्न सक्ने
  • नि:शुल्क फ्लु खोपहरूको अगस्ट ३१ देखि समाप्त हुँदै

आज जारी तथ्याङ्कहरूका अनुसार अस्ट्रेलियाभर पछिल्लो २४ घण्टामा कम्तीमा पनि ११ जनाले कोरोनाभाइरसका कारण आफ्नो ज्यान गुमाएका छन्।

यसरी मृत्यु हुने न्यु साउथ वेल्स र भिक्टोरियाका चार-चार बासिन्दाहरू रहेको बताइएको छ।

देशभर कोभिड-१९ सङ्क्रमण ओरालो लाग्दै गर्दा, कोरोनाभाइरस सम्बन्धी यी मृत्युहरू दर्ता भएका हुन्।

अस्ट्रेलियाको कोभिड-१९ सम्बन्धी सम्पूर्ण पछिल्ला तथ्याङ्कहरू हेर्न यहाँ थिच्नुहोस्।

सन् २०२३ र २०२४ मा नर्सिङ र मिडविफ्री सम्बन्धी शिक्षा नि:शुल्क गरिने भिक्टोरियाली योजनाको स्वास्थ्य क्षेत्रबाट आलोचना भएको छ।

अस्ट्रेलियाली निजी अस्पताल सङ्घका प्रमुख कार्यकारी माइकल रोफका अनुसार, उक्त योजना राज्यको सार्वजनिक अस्पताल प्रणालीको लागि राम्रो समाचार होइन।

“भिक्टोरियाका सार्वजनिक अस्पतालहरू पहिले नै कोभिड-१९, इन्फ्लुएन्जा अनि ठुलो सङ्ख्यामा ऐच्छिक शल्यक्रिया गर्न लामबद्ध बिरामीहरूको चापले गर्दा दबाबमा छन्,” उनले भने।

"उनीहरू यस्ता समस्या व्यवस्थापन गर्न, अहिले निजी क्षेत्रमा भर परिरहेका छन्। निजी क्षेत्रले अस्पताल गुमायो भने, सार्वजनिक प्रणालीमा दबाब झन् बढ्छ।”

आजबाट पेन्सन र अन्य योग्य कन्सेसन कार्ड वाहकहरूले कुनै पनि एनएसडब्लु सर्भिस सेन्टर, मोबाइल सर्भिस सेन्टर वा डिजास्टर रिकभरी सेन्टरबाट १० थानसम्म निःशुल्क र्‍याट किट लिन सक्नेछन्।

बुधवार, राष्ट्रिय मन्त्रिपरिषद्ले कोरोनाभाइरसको परीक्षण गर्दा पोजेटिभ नतिजा आउनेहरूको लागि, आइसोलेसनको अवधि सातबाट पाँच दिनमा घटाउन सक्ने बताइएको छ।

उता, युनिभर्सिटी अफ क्वीन्सल्यान्डका अन्वेषकहरूले कोभिड-१९ महामारीका कारण महिलाहरूमा महत्त्वपूर्ण आर्थिक र मनोवैज्ञानिक प्रभाव पारेको बताएका छन्।

प्रमुख अनुसन्धानकर्ता डा टेरी फिट्सिमन्सले लकडाउनको समयमा महिलाहरूले या त आफ्नो काम, कम घण्टामा सीमित गरे वा फूल टाइम काम गर्नै छोडिदिएको बताएका छन्।

उनीहरूले आफ्ना पुरुष समकक्षीहरूको तुलनामा बढी घरेलु काम गरेको पनि फिट्सिमन्सको भनाई छ।

अस्ट्रेलियाका राज्य तथा प्रदेशहरूमा फ्लुका नि:शुल्क खोपहरू पाइने व्यवस्था ३१ अगस्टबाट अन्त्य हुँदैछ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now