SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: अस्ट्रेलियाले लङ्ग कोभिड-१९ लाई अपाङ्गताको रूपमा लिने सम्भावना

यो मङ्गलबार ६ सेप्टेम्बरको कोभिड-१९ अपडेट हो।

NSW CORONAVIRUS COVID19
People at a pop-up COVID vaccination clinic in Sydney's Lakemba suburb. (file) Source: AAP / DAN HIMBRECHTS/AAPIMAGE

2 min read

Published

Source: SBS



Skip to article content

मुख्य विषय:

  • एम्बुलेन्सको पर्खाइमा आफन्त गुमाएका परिवारहरूलाई भिक्टोरियाली प्रिमियरले माफी मागे
  • खोपको पहिलो डोज पुरुषमा बढी प्रभावकारी रहेको एक एक नयाँ अध्ययनको दाबी
  • महामारीका कारण क्यान्सर, डिमेन्सिया र मधुमेहको मृत्यु दर बढेको एबीएसको भनाइ

मङ्गलबारको तथ्याङ्क अनुसार अस्ट्रेलिया भर कोभिड-१९ का कारण कम्तीमा ६६ जनाले ज्यान गुमाएका छन्। ती मध्य २७ जना न्यु साउथ वेल्समा, २५ जना भिक्टोरियामा र ८ जना क्वीन्सल्यान्डमा थिए।

अस्ट्रेलियाले लङ्ग कोभिडलाई अपाङ्गताको रूपमा तोक्न सक्ने लेबर दलका संघीय सांसद डाक्टर माइक फ्रील्यान्डरले बताएका छन्। यस स्वास्थ्य अवस्थालाई अमेरिका लगायत केही देशहरूले अपाङ्गताको रूपमा सूचित गरिसकेका छन्।

डाक्टर फ्रिल्यान्डर लङ्ग कोभिड र पुनः सङ्क्रमणका असरहरू बारे जाँच गर्ने संसदीय समितिका अध्यक्ष हुन्।

अस्ट्रेलियामा लङ्ग कोभिड भएका मानिसहरूको लागि मानसिक स्वास्थ्य सहायता, आवास र जागिरका विषयमा मद्दत गर्ने किसिमको क्लिनिक हुनु पर्ने उनले एबीसीको आरएन ब्रेकफास्ट कार्यक्रममा बताएका थिए।

अस्ट्रेलियाको कोभिड-१९ सम्बन्धी सम्पूर्ण पछिल्ला तथ्याङ्कहरू हेर्न यहाँ थिच्नुहोस्।

भिक्टोरियाली प्रिमियर डानियल एन्ड्रुजले राज्यमा गत दुई वर्ष भित्र एम्बुलेन्सको पर्खाइमा आफ्ना आफन्त गुमाएका ३३ वटा परिवारहरूलाई व्यक्तिगत रूपमा माफी मागेका छन्।

महामारी सबैभन्दा धेरै चर्किएको समयमा आकस्मिक मद्दतका लागि आउने गरेका आकस्मिक फोन कलका कारण उक्त मृत्युहरू भएको उनेले बताए।

कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज पुरुषहरूमा बढी प्रभावकारी रहेको अस्ट्रेलियाली तथा अन्तराष्ट्रिय अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्

खोपका नकारात्मक असरहरू पुरुषको तुलनामा महिलाहरूलाई बढी हुने युनिभर्सिटी अफ मेलबर्नकी प्रोफेसर कसान्ड्रा जोकीले बताइन्। उनी यस अनुसन्धानकी प्रमुख लेखक हुन्।

विशेष गरी, एस्ट्राजेनेका र यान्सेन (Janssen)का खोप लगाएका महिलाहरूमा रगत जम्ने घटनाहरू सामान्य रूपमा देखिएका थिए," उनले बताइन्।

कोभिड-१९ महामारीका कारण क्यान्सर, डिमेन्सिया र मधुमेहको मृत्यु दर बढेको अस्ट्रेलियाली तथ्याङ्क ब्युरोको अस्थायी मृत्युदर रिपोर्टले जनाएको छ।

अस्ट्रेलियामा सन् २०२२ को जनवरीदेखि मे महिना बीच समग्रमा ७५,५९३ वटा मृत्यु दर्ता भएका थिए। यो गत पाँच वर्षको औसत मृत्यु सङ्ख्याभन्दा १६.६% बढी हो।

आफ्नो क्षेत्रमा रहेका लङ्ग कोभिड क्लिनिक पत्ता लगाउनुहोस्।

एसिटि

न्यु साउथ वेल्स

नर्दन टेरीटरी

क्वीन्सल्याण्ड

साउथ अस्ट्रेलिया

टास्मेनिया

भिक्टोरिया

वेस्टर्न अस्ट्रेलिया

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now