SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: पूर्व प्रधानमन्त्री स्कट मोरिसन माथि महामारीको समयमा छाया सरकार चलाएको आरोप

यो १५ अगष्टको कोरोनाभाइरस अपडेट हो।

QUESTION TIME
Former Australian Prime Minister Scott Morrison (left) with former Australian Health Minister Greg Hunt (centre) at Parliament House in Canberra. (file) Source: AAP / LUKAS COCH/AAPIMAGE

2 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य बुदा:

  • पूर्व प्रधानमन्त्री स्कट मोरिसन माथि महामारीको समयमा विभिन्न मन्त्रालयमा संयुक्त मन्त्रीका रूपमा आफूलाई नियुक्त गरेको आरोप
  • बल्क बिलिङलाई हटाउने कुनै योजना नरहेको स्वास्थ्य मन्त्रीद्वारा स्पष्ट
  • विश्व स्वास्थ्य सङ्गठनले मङ्गीपक्सको नाम परिवर्तन गर्ने

सोमबार अस्ट्रेलियामा कम्तीमा पनि २८ जनाले कोभिड–१९ सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा १५ जना भिक्टोरियावासी छन् भने ६ जना न्यु साउथ वेल्सका र चार जना साउथ अस्ट्रेलियाका बासिन्दा रहेका छन्।

कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्

कोभिड–१९ महामारीको सुरुवाती चरणमा तत्कालीन प्रधानमन्त्री स्कट मोरिसनले आफूलाई स्वास्थ्य, अर्थ र स्रोत मन्त्रालयमा संयुक्त मन्त्रीका रूपमा नियुक्त गरेको भन्ने आरोपका विषयमा छानबिन गर्ने वर्तमान प्रधानमन्त्री एन्थोनि एल्बनिजीले बताएका छन्।

“स्कट मोरिसनले छाया सरकार चलाई रहेका थिए,” प्रधानमन्त्रीले भने।

अस्ट्रेलियन नेसनल विश्वविद्यालय र सिड्नी विश्वविद्यालयका अन्वेषकहरूले कोभिड–१९ महामारीले खुद्रा व्यवसायलाई गहिरो रूपमा परिवर्तन गरेको निष्कर्ष निकालेका छन्।

प्रविधिमा आएको परिवर्तनले खुद्रा व्यवसायमा काम गर्ने कामदारहरूलाई प्रभावित बनाएको अध्ययनको निष्कर्ष छ।

करिब २५ प्रतिशत कामदारले प्राविधिक सिपको विकास नगरे आफूले काम गुमाउने महसुस गरेको अध्ययनले देखाएको छ।

भिक्टोरिया सरकारले स्वास्थ्यका क्षेत्रमा प्रविधिहरूको विकासका लागि लगानी गर्ने घोषणा गरेको छ।

लगानी गरिने परियोजनाहरूमा कोभिड–१९, इन्फलुएन्जा र अन्य श्वासप्रश्वास सम्बन्धी रोगहरू सेन्सर गरेर पत्ता लगाउने प्रविधि पनि रहेको छ।

स्वास्थ्य मन्त्री मार्क बुटलरले ८९१ एबिसि एडीलेडसँग कुरा गर्दै बल्क बिलिङलाई हटाउने कुनै योजना नरहेको प्रस्ट पारेका छन्।

यद्यपि उनले मेडिकेयर पछिल्लो ४० बर्से इतिहासमै गम्भीर अवस्थामा रहेको भने बताए।

टास्मेनियाले कोभिड–१९ सामुदायिक खोप केन्द्रहरू ३० अगस्टदेखि बन्द गर्ने जनाएको छ।

यसपश्चात् बासिन्दाहरूले जिपि वा औषधि पसल मार्फत खोप लिन सक्ने बताइएको छ।

विश्व स्वास्थ्य सङ्गठनले मङ्गीपक्स भेरीएन्टको नाम रोमन अंङ्कहरु प्रयोग गरी परिवर्तन गर्न सहमत भएको छ। उक्त विश्व संस्थाले सार्वजनिक परामर्श जारी राखेकाले जो कोहीले पनि नाम सिफारिस गर्न सक्ने जनाएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस् 

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now