कोभिड-१९ अपडेट: विश्वव्यापी मृत्यु दरमा १५ प्रतिशतले कमी; अस्ट्रेलियाली वृद्ध स्याहार गृहहरूले थप आर्थिक सहयोग पाउने

यो २५ अगस्टको कोरोनाभाइरस अपडेट हो।

COVID19 AGED CARE ADF SUPPORT

Royal Australian Navy sailors speaking with Western Australia aged-care facility residents as part of Operation COVID-19 Assist. (AAP Image/Supplied by Australian Defence Force) Credit: LSIS ERNESTO SANCHEZ/PR IMAGE

मुख्य बुँदाहरू:

  • ३१ डिसेम्बरसम्मका लागि अस्ट्रेलियाले आवासीय वृद्ध स्याहारलाई प्रदान गर्ने सहायता बढायो
  • महामारीका समयमा अङ्ग प्रत्यारोपण घट्यो
  • अमेरिकाकी प्रथम महिला जिल बाइडेन कोभिड सङ्क्रमित

बिहीबार अस्ट्रेलियाभर कम्तीमा पनि ४३ जनाको कोभिड-१९ बाट मृत्यु भएको जानकारी दर्ता गरिएको छ।

यसरी मृत्यु हुनेमा न्यु साउथ वेल्सका २९, र क्वीन्सल्यान्डका १२ बासिन्दाहरू रहेका छन्।

कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्

अस्ट्रेलिया सरकारले कोभिड-१९ को प्रत्यक्ष प्रभावलाई व्यवस्थापन गर्न वृद्ध स्याहार प्रदायकहरूलाई थप आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

साथै सरकारले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) आवासीय वृद्ध स्याहार गृहहरूलाई उपलब्ध गराउने म्याद ३१ डिसेम्बरसम्मका लागि बढाएको छ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरले आफ्नो पछिल्लो रिपोर्टमा कोभिड-१९ महामारीले अङ्ग दाङ र प्रत्यारोपण सम्बन्धी क्रियाकलापमा प्रभाव पारेको बताएको छ।

रिपोर्टका अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा मृत्यु पश्चात् दान गरिएको मिर्गौला प्रत्यारोपणमा १८ प्रतिशतको कमी आएको छ। त्यस्तै सन् २०२० को तुलनामा सन् २०२१ मा थप ६.८ प्रतिशतले कमी आएको छ।

अमेरिकाकी प्रथम महिला जिल बाइडेनमा कोभिड-१९ सङ्क्रमण देखिएको छ। उनलाई कुनै लक्षणहरू देखिएको छैन भने आइतबार उनी आइसोलेसनबाट बाहिर आएकी छिन्।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो रिपोर्टमा नयाँ साप्ताहिक विश्वव्यापी कोभिड-१९ मामिलाहरूमा नौ प्रतिशतको कमी आएको देखिएको छ । त्यस्तै यसका कारण मृत्यु हुनेहरूको सङ्ख्यामा १५ प्रतिशतको गिरावट आएको २१ अगस्टसम्मको एक हप्ताको तथ्याङ्कले देखाएको छ।

जापान, कोरिया, अमेरिका, जर्मनी र रुसमा सबैभन्दा बढी सङ्क्रमण मामिलाहरू दर्ता भएका छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस् 

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


2 min read

Published

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now