मुख्य बुँदाहरू:
- ३१ डिसेम्बरसम्मका लागि अस्ट्रेलियाले आवासीय वृद्ध स्याहारलाई प्रदान गर्ने सहायता बढायो
- महामारीका समयमा अङ्ग प्रत्यारोपण घट्यो
- अमेरिकाकी प्रथम महिला जिल बाइडेन कोभिड सङ्क्रमित
बिहीबार अस्ट्रेलियाभर कम्तीमा पनि ४३ जनाको कोभिड-१९ बाट मृत्यु भएको जानकारी दर्ता गरिएको छ।
यसरी मृत्यु हुनेमा न्यु साउथ वेल्सका २९, र क्वीन्सल्यान्डका १२ बासिन्दाहरू रहेका छन्।
कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्।
साथै सरकारले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) आवासीय वृद्ध स्याहार गृहहरूलाई उपलब्ध गराउने म्याद ३१ डिसेम्बरसम्मका लागि बढाएको छ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरले आफ्नो पछिल्लो रिपोर्टमा कोभिड-१९ महामारीले अङ्ग दाङ र प्रत्यारोपण सम्बन्धी क्रियाकलापमा प्रभाव पारेको बताएको छ।
रिपोर्टका अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा मृत्यु पश्चात् दान गरिएको मिर्गौला प्रत्यारोपणमा १८ प्रतिशतको कमी आएको छ। त्यस्तै सन् २०२० को तुलनामा सन् २०२१ मा थप ६.८ प्रतिशतले कमी आएको छ।
अमेरिकाकी प्रथम महिला जिल बाइडेनमा कोभिड-१९ सङ्क्रमण देखिएको छ। उनलाई कुनै लक्षणहरू देखिएको छैन भने आइतबार उनी आइसोलेसनबाट बाहिर आएकी छिन्।
विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो रिपोर्टमा नयाँ साप्ताहिक विश्वव्यापी कोभिड-१९ मामिलाहरूमा नौ प्रतिशतको कमी आएको देखिएको छ । त्यस्तै यसका कारण मृत्यु हुनेहरूको सङ्ख्यामा १५ प्रतिशतको गिरावट आएको २१ अगस्टसम्मको एक हप्ताको तथ्याङ्कले देखाएको छ।
जापान, कोरिया, अमेरिका, जर्मनी र रुसमा सबैभन्दा बढी सङ्क्रमण मामिलाहरू दर्ता भएका छन्।
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस् ।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।
६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
