SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: अस्ट्रेलियासँग पर्याप्त खोप रहेको स्वास्थ्य मन्त्रीको भनाई

यो २८ सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

AUSTRALIA CORONAVIRUS COVID-19
A shopper is seen wearing a mask in Brisbane. (file) Source: AAP / GLENN HUNT/AAPIMAGE

2 min read

Published

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

मुख्य बुँदा:

  • मन्त्री बट्लरद्वारा स्वास्थ्य सम्बन्धी तथ्याङ्क चोरी भएको प्रति चासो व्यक्त।
  • फाइजरले ब्रिसबेनको रेस एपलाई १७९ मिलियनमा खरिद गर्‍यो।
  • एबीएसको तथ्याङ्कले पहिलेको तुलनामा कम अस्ट्रेलियालीहरुमा रुखा,खोकी र कोभिड–१९ सङ्क्रमणको लक्षण भएको देखायो।

स्वास्थ्य मन्त्री मार्क बट्लरले अस्ट्रेलियासँग पर्याप्त मात्रामा कोभिड–१९ खोप रहेको बताएका छन्।

एबीसीसँगको कुराकानीका दौरान उनले मोर्डेना र फाइजरसँग विकास भएका पछिल्ला खोपहरूका बारेमा पनि छलफल भइरहेको बताए।

“हालै मात्र नोभाभ्याक्स, फाइजर र मोर्डेनासंसँग आउँदो गर्मी र सन् २०२३ सम्मका लागि खोपका बारेमा सम्झौता भएको छ,” उनले भने।

स्वास्थ्य मन्त्रीले पूर्व स्वास्थ्य सचिव प्राध्यापक जेन हल्टनको खोप खरिद सम्बन्धी स्वतन्त्र समीक्षाको प्रतिक्रिया दिँदै यसो भनेका हुन्।

प्राध्यापक हल्टनले मोर्डेनासँगको खोप खरिद सम्झौता वर्षको अन्त्यमा समाप्त हुने भएकाले सन् २०२३ का लागि विकल्पहरूका बारेमा सोच्न सुझाव दिएकी थिइन्।

स्वास्थ्य मन्त्री बट्लरले अप्टसको तथ्याङ्क चोरी सम्बन्धी घटना पछि प्रभावितहरूलाई नयाँ मेडिकेयर कार्ड दिने बारेमा विचार गरिरहेको बताएका छन्।

“अप्टसको डेटा चोरी सम्बन्धी सूचना हामीले गत हप्ता मात्र पाएका हौ, गएको २४ घण्टामा मात्र हामीले मेडीकेयरको डेटा समेत चोरिएको थाहा पायौ,” उनले भने।

फाइजरले रेसएपलाई १७९ मिलियन डलरमा खरिद गरेको छ।

ब्रिसबेनमा रहेको कम्पनीले विकास गरेको स्मार्ट फोन एपले खोकीको आवाजद्वारा कोभिड–१९ र अन्य श्वासप्रश्वास सम्बन्धी रोगहरू पत्ता लगाउने सक्ने दाबी गरेको छ।

तथ्याङ्क विभागले पछिल्लो समय निकै कम अस्ट्रेलियालीमा कोभिड–१९ र रुघा खोकीको लक्षण देखा परेको बताएको छ।

तथ्याङ्क विभाग अन्तर्गतको घरायसी सर्वेक्षण विभागका प्रमुख डेभिड जागोले ८ देखि २८ अगस्टसम्म गरेको सर्वेक्षणमा जुलाई महिनाको तुलनामा कम अस्ट्रेलियालीहरुमा कोभिड–१९ र अन्य फ्लुहरूको लक्षण भएको बताए।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now