SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: अस्ट्रेलियाले एक दुखद कोसेढुङ्गा पार गर्दा स्वास्थ्य मन्त्री भन्छन् महामारी अन्त्य भएको छैन

यो शुक्रवार १८ अगस्टको कोरोनाभाइरस अपडेट हो।

CORONAVIRUS COVID19
Passengers wearing face masks at Southern Cross Station in Melbourne. (file) Source: AAP / JOEL CARRETT/AAPIMAGE

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

Key Points

  • बच्चाहरूमा देखिने भाइरल सङ्क्रमणबारे अभिभावकहरूलाई सम्झाउन एक नयाँ गीत सार्वजनिक
  • अस्ट्रेलियाको कोभिड-१९ मृत्यु सङ्ख्याले १३ हजार नाघ्यो
  • विश्व स्वास्थ्य सङ्गठनका रिपोर्टले देखायो विश्वव्यापी कोभिड-१९ मामिलाहरूमा २४ प्रतिशतको कमी

शुक्रवार अस्ट्रेलियाभर कम्तीमा ७३ कोभिड-१९ सम्बन्धी मृत्यु दर्ता गरिएको छ। मृत्यु हुनेहरूमा भिक्टोरियामा २७, न्यु साउथ वेल्समा २२ र क्वीन्सल्याण्डमा १४ जना रहेका छन्।

अस्ट्रेलियामा कोभिड-१९ का कारण ज्यान गुमाउनेहरूको कुल सङ्ख्याले यस हप्ता १३ हजार नाघेको छ। महामारी सुरुवातदेखि अहिलेसम्म १३ हजार २ सय २९ जनाले ज्यान गुमाइसकेका छन्।

कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्

स्वास्थ्य मन्त्री मार्क बट्लरले एबीसी रेडियोसँग कुरा गर्दै अहिलेको ओमिक्रन र फ्लु लहर चाडै उच्च बिन्दुमा पुगेको भए पनि अस्पताल प्रणालीले अझै पनि संरचनात्मक चाप झेल्नु परि रहेको बताएका छन्।

मन्त्री बट्लरले महामारी अझै नसकिएको र कोभिड-१९ फ्लु जस्तै वार्षिक सिजनल भाइरस भई नसकेको बताएका छन्।

स्वास्थ्य तथा वृद्ध स्याहार सम्बन्धी विभागले एक नयाँ गीत (आइ गट यु) सार्वजनिक गरेको छ।

सो गीत बच्चाहरूलाई भाइरल सङ्क्रमणबाट कसरी जोगाउने भन्ने बारे परिवारहरूलाई सचेत गराउन बनाइएको हो।

शनिवार बिहान १० बजेदेखि दिउँसो ४:३० बजेसम्म साउथ अस्ट्रेलियालीहरूले कोभिड-१९ को खोप र बुस्टर मात्रा इस्ट एडिलेड स्कुल, ह्वाइटफ्राएर्स क्याथलिक स्कुल, बेर्री प्राइमरी स्कुल, पूराका प्राइमरी स्कुल र मगिल प्राइमरी स्कुलमा गएर लगाउन सक्नेछन्।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो रिपोर्टमा विश्वव्यापी कोभिड-१९ सङ्क्रमणमा २४ प्रतिशतको गिरावट आएको देखाएको छ।

१४ अगस्ट सम्मको एक हप्ताको अवधिमा सङ्क्रमणमा सो कमी आएको हो।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now