SKIP TO MAIN CONTENT

कोभिड -१९ अपडेट: ओमिक्रन लहरमा बालबालिका सङ्क्रमित हुने सङ्ख्यामा 'नाटकीय' वृद्धि

कोभिड-१९ सम्बन्धी शुक्रवार, १० अगस्ट २०२२ को अस्ट्रेलियाली अपडेट।

QUEENSLAND SCHOOLS RETURN
Children under five represent 2.47 per cent, and those aged 5-14 represent 10.44 per cent of the total global COVID-19 cases. (file) Source: AAP / RUSSELL FREEMAN/AAPIMAGE

2 min read

Published

Presented by Sunita Pokharel

Source: SBS



Skip to article content

Key Points

  • टिजिएद्वारा कोभिड-१९ खोपहरूका साइड इफेक्ट सम्बन्धी तथ्याङ्क प्रकाशित
  • विश्व सङ्क्रमण सङ्ख्यामा पाँच वर्ष मुनिका बालबालिका २.४७ प्रतिशत: विश्व स्वास्थ्य सङ्गठन
  • अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रले कोभिड-१९ मार्ग निर्देशहरू खुकुलो बनायो

शुक्रवार अस्ट्रेलियाभर कम्तीमा पनि ८७ जनाको कोभिड-१९ बाट मृत्यु भएको जानकारी दर्ता गरिएको छ।

यसरी मृत्यु हुनेमा न्यु साउथ वेल्सका ३५, क्वीन्सल्यान्डका १८ र भिक्टोरियाका ५२ बासिन्दाहरू छन्।

अस्ट्रेलियाली सरकारले मेडिकेयर नभएका मानिसहरूले पनि कोभिड-१९ को औषधि प्राप्त गर्न सक्ने बताएको छ।

तर त्यसको लागि मेडिकेयर भएका वा नभएका दुबैलाई निःशुल्क सेवा प्रदान गर्दै आएका क्लिनिकहरूमा सम्पर्क गर्नु पर्ने छ।

कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्

औषधि सम्बन्धी नियामक निकाय थेराप्यूटिक गूड्स एडमिनिस्ट्रेसनले (टिजिए)ले ४ करोड ३४ लाख कोमिर्नाटी कोभिड-१९ खोप वितरण गरिएकोमा ६ सय ६५ वटा मायोकार्डाइटस (मुटु सुन्निने) जस्तो अवस्थाहरू देखिएको रिपोर्ट पाएको छ।

त्यस्तै अवस्था अगस्ट ७ सम्म ५२ लाख स्पाइकभ्याक्स (मडेर्ना) वितरण गर्दा १ सय ४ जनामा मायोकार्डाइटस जस्तै अवस्था रिपोर्ट गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले आफ्नो पछिल्लो बालबालिकाको लागि कोभिड-१९ खोप सम्बन्धी रिपोर्टमा बालबालिकाहरूमा कोभिड-१९ सङ्क्रमण मामिलाहरू नाटकीय रूपमा बढेको औँल्याएको छ।

महामारी सुरु हुँदा र ओमिक्रन लहरका समयको बिचमा तुलना गर्दा यस्तो वृद्धि देखिएको सङ्गठनको ठम्याइछ।

उक्त वृद्धिको कारणका रूपमा सार्वजनिक स्वास्थ्य र सामाजिक मापदण्डहरू खुकुलो हुनुलाई हेरिएको छ।

कुल विश्वव्यापी कोभिड-१९ मामिलाहरू मध्ये २.४७ प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाहरू रहेका छन् भने पाँच देखि १४ वर्ष सम्मका १०.४४ प्रतिशत छन्।

विश्व स्वास्थ्य सङ्गठनले छ महिना देखि पाँच वर्ष सम्मका बालबालिकामा गरिएको तेस्रो चरणको एमआरएनए खोप परीक्षणमा कुनै सुरक्षा सम्बन्धी चिन्ता नपाइएको बताएको छ।

तर सङ्गठनका अनुसार परीक्षणमा सहभागिताको आकार निकै सानो भएका कारण कुनै विरलै किसिमका अवस्थाहरू पत्ता लगाउन सकिएको छैन।

अमेरिकाको रोग रोकथाम तथा तथा नियन्त्रण केन्द्रले सङ्क्रमित व्यक्तिको नजिकको सम्पर्कमा आएका अमेरिकीहरूले आफूलाई क्वारेन्टिन गर्नु पर्ने सुझावलाई हटाएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस् 

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now