कोभिड–१९ अपडेट: आइसोलेसनको समय घटाउने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल हुँदै

यो ३१ अगस्टको कोरोनाभाइरस अपडेट हो।

QLD COVID19 HOSPITALS TENTS

A COVID-19 testing centre at the Gold Coast University hospital in Southport. Source: AAP / JONO SEARLE/AAPIMAGE

मुख्य बिषय

  • भिक्टोरियाले महामारीको तैयारीका लागि केन्द्रको स्थापना गर्ने
  • कोभिड–१९ को नयाँ उपचार पद्दतिको अनुसन्धानका लागि अस्ट्रेलियाले ३ करोड १५ लाख डलर दिने
  • प्याक्सलोभिडले अस्पताल भर्ना र मृत्यु सङ्ख्यालाई कम गर्ने एक तथ्याङ्कले देखायो

बुधवार अस्ट्रेलियामा ६५ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्। मृत्यु हुनेमा २६ जना भिक्टाेरीयाका, न्यु साउथ वेल्सका २२ जना र १० जना क्वीन्सल्यान्डका छन्।

अस्ट्रेलियाको कोभिड-१९ सम्बन्धी सम्पूर्ण पछिल्ला तथ्याङ्कहरू हेर्न यहाँ थिच्नुहोस्।

कोभिड–१९ आइसोलेसनको समय सात दिनबाट पाँच दिनमा घटाउने बारेमा राष्ट्रिय मन्त्रीपरिषद्मा छलफल भइरहेको छ।

स्वास्थ्य कर्मचारी सङ्गठनले भने आइसोलेसनको समयलाई पूर्ण रूपमा हटाउन माग गरेको छ।

भिक्टोरियाले महामारी सम्बन्धी तैयारी केन्द्र स्थापनाका लागि मेलबर्न विश्वविद्यालयलाई ७ करोड ५० लाख डलर दिने भएको छ।

क्यानडाका परोपकारी व्यवसायी जेफ्री कुमीङ्गले उक्त केन्द्रका लागि २५ करोड डलर अनुदान दिने भएका छन्।

यो अहिलेसम्मकै सबैभन्दा ठुलो परोपकारी दान हो।

अस्ट्रेलियाले कोभिड–१९ को नयाँ उपचार र दीर्घकालीन असर कम गर्नका लागि हुने अनुसन्धानका लागि ३ करोड १५ लाख डलर दिने भएको छ।

अस्ट्रेलियामा कोभिड–१९ केसको सङ्ख्या एक करोड नाघेको छ, ३० अगस्ट तीन बजेसम्म १०,०१८,०२५ मानिसहरू सङ्क्रमित बनेका छन् भने १३,८३४ मानिसहरूको मृत्यु भएको छ।

सबै केस र मृत्युको औसत उमेर क्रमशः ३१ वर्ष र ८३ वर्ष छ।

न्यु इङ्गल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक इजरायली अध्ययनले प्याक्सलोभिडले ६५ वर्ष माथिका मानिसलाई अस्पताल भर्ना हुनबाट ७३ प्रतिशत रोक्ने र मृत्यु हुनबाट ७९ प्रतिशत रोक्ने देखाएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

2 min read

Published

Updated

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now