SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: अस्ट्रेलियामा नयाँ सङ्क्रमण र अस्पताल भर्ना हुने सङ्ख्यामा गिरावट

यो २२ अगस्टको कोरोनाभाइरस अपडेट हो।

CITY2SURF FUN RUN/COVID
Participants take part in the annual City2Surf fun run in Sydney. (file) Source: AAP / STEVEN SAPHORE/AAPIMAGE

2 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य विषय:

  • न्यु साउथ वेल्समा मङ्कीपक्सको पहिलो स्थानीय सङ्क्रमण फेला
  • महामारीका बेला पारपाचुकेका लागि निवेदन हाल्ने मानिसको सङ्ख्या बढेको एक तथ्याङ्कले देखायो
  • र प्रधानमन्त्री एल्बानिजीले स्कट मोरिसनको नियुत्ती बारेमा कानुनी धारणा सार्वजनिक गर्ने

सोमबार अस्ट्रेलियामा कम्तीमा पनि १० जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा ६ जना भिक्टोरिया र चार जना न्यु साउथ वेल्सबासी छन्।

अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशहरूमा नयाँ सङ्क्रमण र अस्पतालको आइसियुमा भर्ना हुनेको सङ्ख्या घट्दै गएको छ।

केही राज्यमा गत अप्रिल यता कै कम सङ्क्रमण दर्ता भएका छन्।

कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्

प्रधानमन्त्री एन्थोनी एल्बनिजीले पूर्व प्रधानमन्त्री स्कट मोरिसनका नियुत्तीहरु बारे कानुनी सल्लाह जारी राखेका छन्।

न्यु साउथ वेल्समा सप्ताहान्तमा मङ्कीपक्सको पहिलो स्थानीय सङ्क्रमण फेला परेको छ, राज्यमा हाल ४२ जना मङ्कीपक्सबाट सङ्क्रमित मानिसहरू छन्।

अधिकांस केसहरू विदेशबाट फर्किएका मानिसहरूमा छन्।

स्वास्थ्य विभागले १९ अगस्टसम्म विभिन्न बृद्धस्याहार केन्द्रहरूमा ५९२ प्रकोप फैलिएको र त्यहाँ ३,९१७ सङ्क्रमित रहेको बताएको छ।

१२ अगस्ट यता ९२ जनाको मृत्यु भएको र १४८ वटा प्रकोप बढेको बताइएको छ।

फेडरल सर्किट कोर्ट र फ्यामिली कोर्ट अस्ट्रेलियाका अनुसार महामारीका दुई वर्षका दौरान पारपाचुकेका लागि धेरै निवेदन परेका छन्।

सन् २०२० र २१ मा ४९,६२५ पारपाचुकेका निवेदन परेका छन्। यस अघिको दुई वर्षका दौरान ४५,८८६ निवेदन परेका थिए।

जापानी प्रधानमन्त्री फुमीयो किसिदा कोरोनाभाइरस पोजेटिभ पाइएका छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now