SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: नयाँ नियमहरू आजबाट लागू हुने; अस्ट्रेलियाले अन्तर्राष्ट्रिय उडानहरूमा अनिवार्य मास्कको नियम हटायो

यो ९ सेप्टेम्बरको कोभिड-१९ अपडेट हो।

INTERNATIONAL STUDENTS ARRIVAL
International students wear face masks as they arrive at Sydney Airport in Sydney. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

2 min read

Published

Presented by Sunita Pokharel

Source: SBS



Skip to article content

मुख्य विषय:

  • आजबाट, लक्षणहरू नदेखिएका मानिसहरू पाँच दिन पछि आइसोलेसनमा बस्नु नपर्ने
  • आइसोलेसनबाट निस्किएका लक्षण रहित मानिसहरूलाई अस्पताल र अन्य उच्च जोखिमका स्थानहरूमा भने नजान सुझाव
  • वेस्टर्न अस्ट्रेलियाका बासिन्दाहरूले सार्वजनिक यातायातमा मास्क लगाउनु नपर्ने

शुक्रवार अस्ट्रेलियाभर ४७ कोभिड-१९ सँग सम्बन्धित मृत्यु दर्ता गरिएको छ।

यसरी ज्यान गुमाउनेमा भिक्टोरियाका ४१ र क्वीन्सल्याण्डका छ जना रहेका छन्।

राज्य तथा प्रदेशहरूले कोभिड सम्बन्धी दैनिक तथ्याङ्क सार्वजनिक गर्न बन्द गर्ने भएको छ।

जसका कारण न्यु साउथ वेल्सले आज आफ्नो तथ्याङ्क उपलब्ध गराएको छैन।

अन्य स्थानमा भोलि शनिवारबाट सो व्यवस्था लागू हुनेछ।

अस्ट्रेलियाको कोभिड-१९ सम्बन्धी सम्पूर्ण पछिल्ला तथ्याङ्कहरू हेर्न यहाँ थिच्नुहोस्।

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय उडानमा मास्क अनिवार्य लगाउनु पर्ने नियम आज ९ सेप्टेम्बरबाट हटाएको छ।

यो नियम सन् २०२१ को जनवरीदेखि लागू गरिएको थियो।

त्यस्तै घरेलु उडानहरूमा पनि मास्क लगाउनु पर्ने नियम आजबाट हटेको छ।

आज देखि लक्षणहरू नदेखिएका कोभिड-१९ सङ्क्रमितहरूले सात दिनबाट घटाएर पाँच दिनदेखि नै आइसोलेसनबाट बाहिर आउन सक्ने छन्।

तर घाँटी दुख्ने, सिँगान बग्ने, खोकी र सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिएका व्यक्तिहरूले भने जाँच गरिएको दिनबाट सात दिनसम्म आइसोलेसनमा बस्नु पर्ने छ।

शुक्रवार, अस्ट्रेलियाको स्वास्थ्य सुरक्षा निर्देशन समिति (एएचपीपीसी) ले लक्षण नदेखिएका सङ्क्रमित व्यक्तिहरूलाई उच्च जोखिम भएका स्थानहरूमा सात दिन अघि नजान सुझाव दिएको छ।

त्यस्ता उच्च जोखिम भएका स्थानहरूमा अस्पताल क्षेत्र, सार्वजनिक क्लिनिकहरू, निजी स्वास्थ्य केन्द्र, आवासीय वृद्ध स्याहार क्षेत्र र आवासीय अपाङ्गता स्याहार केन्द्रहरू रहेका छन्।

समितिले नजिकको सम्पर्कमा आएका व्यक्तिहरूको सम्बन्धमा भने कुनै किसिमको सुझाव दिएको छैन।

आजदेखि वेस्टर्न अस्ट्रेलियाका बासिन्दाहरूले ट्याक्सी लगायत सार्वजनिक यातायातहरूमा मास्क लगाउनु पर्ने छैन। अन्य राज्यहरूले पनि सोही कदम चाल्ने अनुमान गरिएको छ।

आफ्नो क्षेत्रमा रहेका लङ्ग कोभिड क्लिनिक पत्ता लगाउनुहोस्।

एसिटि

न्यु साउथ वेल्स

नर्दन टेरीटरी

क्वीन्सल्याण्ड

साउथ अस्ट्रेलिया

टास्मेनिया

भिक्टोरिया

वेस्टर्न अस्ट्रेलिया

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now