कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सले पुनः तोड्यो नयाँ केसको रेकर्ड, ग्रामिण भिक्टोरियामा पनि थप केस पुष्टि

यो आइतबार। २२ अगस्ट २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Watu wafanya mazoezi mjini Sydney, Jumapili, 22 Agosti, 2021

Watu wafanya ma.zoezi mjini Sydney, Jumapili, 22 Agosti, 2021. Source: AAP Image/Bianca De Marchi


मुख्य बुँदाहरू :

  • न्यु साउथ वेल्समा कोरोनाभाइरसका ८३० नयाँ केसहरुको पुष्टि, थप ३ जनाको मृत्यु
  • भिक्टोरियामा ६५ जनामा सङ्क्रमणको पुष्टि, पछिल्ला केस मध्ये २१ जना शेपर्टनमा
  • एसीटीमा थप १९ जनामा कोरोनाभाइरस पुष्टि
  • क्वीन्सल्यान्डमा चाहिं गए २४ घण्टा भित्र एक जनामा पनि पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमण

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा गए राती ८ बजे सम्मको २४ घण्टामा कोरोनाभाइरसका ८३० सामुदायिक सङ्क्रमण पुष्टि भएका छन्।

महामारी सुरु भए देखिनै पहिलो पटक एकै दिनमा यतिका केस पुष्टि भएका हुन्।

साथै, राज्यमा कोरोनाभाइरसका कारण थप तीन जनाको पनि मृत्यु भएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ। ज्यान गुमाउनेहरु मध्ये एक ६० र एक ७० वर्ष उमेरका दुई पुरुष रहेको र ती दुवैले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज लगाइसकेको बताइएको छ। त्यसै गरि खोप नलगाएकी र कोरोनाभाइरस सङ्क्रमितको प्रतक्ष्य सम्पर्कमा आएकी एक ८० वर्ष उमेर कि महिलाको पनि मृत्यु भएको छ।

यसका साथ् न्यु साउथ वेल्समा गए जुन महिना देखि सुरु भएको महामारीको यस लहरमा ज्यान गुमाउनेहरुको कुल संख्या ७१ पुगेको छ।

हाल ५५० जनाको कोरोनाभाइरसका लागि अस्पतालमा उपचार भइरहेको र ती मध्ये ९४ जना सघन उपचारमा रहेको बताइएको छ।

न्यु साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्राड हाजार्ड भन्छन गए केहि दिन यता राज्यमा ठुलो संख्यामा मानिसहरुले कोरोनाभाइरस विरुद्ध खोप लगाएका छन्।

खोप लगाउनको लागि यहाँ हेर्नुहोस्

भिक्टोरिया

भिक्टोरियामा गए २४ घण्टा भित्र थप ६५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छन्, जसमध्ये ५५ जनाको पूर्व सङ्क्रमितहरुसंग सम्बन्ध रहेको र अन्य १० जनामा चाहिं सङ्क्रमणको श्रोत पुष्टि नभएको अधिकारीहरुको भनाइ छ।

पछिल्ला सङ्क्रमित मध्ये १२ जना मात्र पहिले देखिनै आइसोलेशनमा रहेका थिए।

साथै, नयाँ केसहरु मध्ये २१ जना शेपर्टन मा रहेको बताइएको छ।

हाल भिक्टोरिया भरनै लकडाउन रहेको छ।

यसैक्रममा मेलबर्नमा हिजो आयोजना भएको लकडाउन विरोधी प्रदर्शनमा सहभागी भएका २०० जना भन्दा बढीलाई हिरासतमा लिइएको भिक्टोरिया प्रहरीको भनाइ छ। उक्त प्रदर्शनको समयमा छ प्रहरी घाइते भएको बताइएको छ।

भिक्टोरियामा कोरोनाभाइरस सङ्क्रमित व्यक्ति गएका स्थानखोप केन्द्रहरु बारे थप जानकारीका लागि यहाँ हेर्नुहोस्

अस्ट्रेलिया भर गए २४ घण्टा

  • एसीटीमा कोरोनाभाइरसका १९ नयाँ केस पुष्टि भएका छन्, ती मध्ये ६ जना सङ्क्रामक अवस्थामा समुदायमा रहेको बताइएको छ। त्यसैगरी अस्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय एएनयु का एक विद्यार्थीमा पनि कोरोनाभाइरस पुष्टि भएता पनि उनि पहिले देखिनै आइसोलेशनमा रहेको पनि अधिकारीहरुको भनाइ छ।
  • क्वीन्सल्यान्डमा चाहिं फेरिपनि कोरोनाभाइरसको एउटा पनि केस नभेटिएको र अब सक्रिय केस संख्या ३९ मा रहेको पनि बताइएको छ।
Self-Isolation can impact our mental health and wellbeing.
Source: ALC

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now