कोभिड-१९ अपडेट: क्रिसमस सम्ममा अन्तर्राष्ट्रिय सीमा खोल्ने न्यु साउथ वेल्सको लक्ष्य, भिक्टोरियामा थप खोप वितरण स्थल संचालन गरिने

यो आइतबार, १२ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Sydney International Airport during Covid-19

Msafiri ajandaa kuabiri basi la karantini, katika uwanja wa ndege wakimataifa wa Sydney, Jumatano, Septemba 8, 202 Source: AAP Image/Joel Carrett


मुख्य बुँदाहरू:

  • सोमबार देखि न्यु साउथ वेल्समा केहि लकडाउन नियम खुकुलो हुने
  • भिक्टोरियामा फ़ाइजर खोप लगाउन ७ हजार नयाँ स्थान उपलब्ध
  • र एसीटीमा कोरोनाभाइरसको १५ स्थानीय सङ्क्रमण, क्वीन्सल्याण्डमा शुन्य

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा गए रातीको ८ बजे सम्मको २४ घण्टामा १,२६२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र भाइरस रहेका कुल ७ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

सोमबार, १३ सेप्टेम्बर देखि राज्यका कोरोनाभाइरस अन्तर्गतका नियमहरु थप खुकुलो बनाइन लाग्दा, न्यु साउथ वेल्स हेल्थ द्वारा उक्त रिपोर्ट सार्वजनिक गरिएको हो।

परिवर्तन हुने पछिल्लो नियम अन्तर्गत "चिन्ताका स्थान" घोषित गरिएका सिड्नीका १२ काउन्सिल क्षेत्र बाहिर बस्ने र कोरोनाभाइरस विरुद्धको खोपको दुवै डोज लगाइसकेका पांच जनाको संख्या सम्म मानिसहरु एक साथ् भेला हुन पाउने छन्।

चिन्ताका स्थानमा चाहिं खोपको दुवै डोज लगाइसकेका मानिसहरु आफ्नै घरका अन्य सदस्यहरुसंग प्रत्येक दिन असिमित व्यायामका साथै थप दुई घण्टाका लागि पिकनिक वा मनोरंजनका अन्य गतिविधिका लागि आफ्नो घर बाहिर जान पाउने छन्।

न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरेजिक्लियन भन्छिन हाल राज्यमा कोरोनाभाइरस विरुद्ध खोप लगाउन योग्य रहेका १६ वर्ष उमेर भन्दा माथिका ७८ प्रतिशत मानिसहरुले खोपको पहिलो डोज लगाइसकेको अवस्थामा आगामी क्रिसमस सम्ममा अन्तर्राष्ट्रिय यात्रा सुरु गराउने आफ्नो सरकारको लक्ष्य रहेको छ।

उनका अनुसार ४५.५८ प्रतिशत न्यु साउथ वेल्स निवासीहरुले खोपको दुवै डोज लगाइसकेका छन्।

खोपको लागि आफ्नो नाम लेखाउन यहाँ हेर्नुहोस्

भिक्टोरिया

भिक्टोरियामा गए २४ घण्टा भित्र कोरोनाभाइरसका ३९२ सामुदायिक केसहरुको पुष्टि भएका छन्।

प्रिमियर डानिएल एन्ड्रुजका भन्छन आगामी हप्तामा राज्य सरकार द्वारा संचालित क्लिनिकहरुमा फ़ाइजरका थप सात हजार खोप उपलब्ध हुने छ।

साथै, भिक्टोरियाका बिभिन्न ८ स्कूलहरुका साथै ह्युम, डाण्डेनोंग र केसीमा पनि नयाँ कोरोनाभाइरस खोप वितरण केन्द्र सुरु गरिने प्रिमियरको भनाइ छ। उनका अनुसार थोर्नबरी स्थित ग्रीक अर्थोडोक्स चर्च का साथै मिल पार्क स्थित एक हिन्दु मन्दिर र न्यु पोर्ट स्थित एक मस्जिदमा पनि खोप केन्द्र स्थापना गरिने छ।

आफु नजिकको खोप वितरण केन्द्र खोज्न यहाँ हेर्नुहोस्

अस्ट्रेलिया भर गए २४ घण्टा

  • प्रधानमन्त्री स्कट मोरिसनले १२ वर्ष उमेर देखिका सबैका लागि मोडर्ना खोपको थप दस लाख डोज उपलब्ध हुने घोषणा गरका छन्।
alc covid mental health
Source: ALC

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

COVID-19 myths
Source: SBS

Share

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now