कोभिड–१९ अपडेट: न्यु साउथ वेल्स र साउथ अस्ट्रेलियामा सार्वजनिक यातायातमा मास्क लगाउनु नपर्ने

यो २० सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

NSW CORONAVIRUS COVID19 SAFE TRANSPORT

A worker cleans the carriage of a public train at Central Station in Sydney. (file) Source: AAP / JOEL CARRETT/AAPIMAGE

प्रमुख बिषय:

  • वेस्टर्न अस्ट्रेलिया सार्वजनिक यातायातमा फेस मास्कको नियम हटाउने पहिलो राज्य हो।
  • अनुसन्धानकर्ताहरूले कोभिड–१९ र अन्य भाइरस पत्ता लगाउने फेस मास्कको विकास गरेका छन्।
  • अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ महामारी अन्त्य भएको बताएका छन्।

न्यु साउथ वेल्स र साउथ अस्ट्रेलियाका बासिन्दाले सार्वजनिक यातायात सहित ट्याक्सी, राइडसेयर र क्रुजका टर्मिनलहरूमा मास्क लगाउनु नपर्ने भएको छ।

साउथ अस्ट्रेलियामा तुरुन्तै लागु हुने भएता पनि न्यु साउथ वेल्सका बासिन्दाले भने नयाँ नियमका लागि बुधवारसम्म कुर्नु पर्ने भएको छ।

वेस्टर्न अस्ट्रेलियाले भने यस अघि नै सार्वजनिक यातायातहरूमा फेस मास्कको नियम हटाइसकेको छ।

भिक्टोरिया प्रिमीयर ड्यानियल एन्ड्रुजले कोभिड–१९ नियम र फेस मास्क सम्बन्धी नियमका बारेमा विचार गरिरहेको बताएका छन्।

यद्यपि अस्ट्रेलियाभरका सार्वजनिक अस्पताल, निजी स्वास्थ्य संस्था र बृद्धस्याहार केन्द्रहरूमा भने फेस मास्क अनिवार्य रहेको छ।

साउथ अस्ट्रेलियाले आइसोलेसनबाट पाँच दिनमा बाहिर निस्कने जो कोहीले छैठौ र सातौँ दिनमा फेस मास्क अनिवार्य लगाउनु पर्ने बताएको छ।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

सिड्नी मर्निंग हेराल्डले जुन महिनासम्म १८,७०० मानिसहरू सार्वजनिक अस्पतालहरूमा शल्यक्रिया लागि पर्खिरहेको रिपोर्ट सार्वजनिक गरेको छ।

कोभिड–१९ को डेल्टा भेरीएन्टका कारण लकडाउन हुनु अघि भन्दा यो चार गुणा बढी भएको बताइएको छ।

चिनिया अनुसन्धानकर्ताहरुले कोभिड–१९ र इन्फ्लुएन्जा भाइरसहरू पत्ता लगाउन सक्ने फेस मास्कको विकास गरेका छन्।

सेन्सर सहितको मास्कले भाइरस पत्ता लागेको १० मिनेटमा डिभाइसमा जानकारी पठाउँछ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले महामारी अन्त्य भएको दाबी गरेका छन्।

“कोभिडको समस्या अझै पनि छ, हामीले यसको नियन्त्रणका लागि धेरै काम गरिरहेका छौ, तर महामारी अन्त्य भएको छ, तपाईँले विचार गर्नु भयो भने कसैले पनि मास्क लगाइरहेका छैनन्, सबै राम्रै देखिन्छन्, मलाई लाग्छ परिवर्तन भइरहेको छ,” सीबीएसको सिक्स्टी मिनेट कार्यक्रममा बोल्दै राष्ट्रपतिले भने।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

2 min read

Published

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now