कोभिड-१९ अपडेट: न्यु साउथ वेल्स र भिक्टोरिया दुवै राज्यहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै

यो २२ जुलाई २०२१, बिहीवारको अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

Cleaners are seen at work inside of the Prahran Market in Melbourne, Thursday, July 22, 2021.

Prahran Market is undergoing a deep clean after it was revealed a customer, who tested positive for COVID-19, visited on July 17 between 9.40am and 11.15am. Source: AAP Image/James Ross

मुख्य बुँदाहरू:

  • ग्लाडिस बेरिजिक्लियनद्वारा न्यु साउथ वेल्समा सङ्क्रमण अझै बढ्न सक्ने बारे चेतावनी जारी
  • मेलबर्नको प्रारन मार्केट पहिलो दर्जाको सङ्क्रमण स्थलको रुपमा अङ्कित
  • एडिलेडमा सङ्क्रमण स्थलहरू सूचि बढ्दो
  • टास्मेनियामा एस्ट्राजेनेका खोपको पहिलो मात्रा लिएका एक ४० वर्षभन्दा माथिका पुरुषको मृत्यु


न्यु साउथ वेल्स

बिहीवार बिहान राज्यका अधिकारीहरूले न्यु साउथ वेल्स राज्यमा थप १२४ जनामा कोभिड-१९ को सामुदायिक सङ्क्रमण पुष्टी गरेका छन्।

ती मध्ये ८७ जनासम्म मानिसहरू समुदायमा सक्रिय रहेको हुनसक्ने बताइएको छ।

आज सार्वजनिक गरिएको सामुदायिक रुपमा सङ्क्रमित मानिसहरु मध्ये ३० जना फेयरफिल्ड काउन्सिल क्षेत्रमा बसोबास गर्ने रहेका पनि सरकारी भनाई छ।

भोली शुक्रवार - २३ जुलाईदेखि क्यान्टबरी-ब्याङ्क्सटाउनमा बस्ने सबै एज्ड केयर तथा अन्य स्वास्थ्यकर्मीहरूले आफ्नो काउन्सिल इलाका बाहिर काम गर्न जाने भए हरेक तीन-तीन दिनमा कोरोनाभाइरस परिक्षण गराउनुपर्नेछ।

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

हाल जारी लकडाउनहरू शुक्रवार - ३० जुलाई रातीको ११:५९ बजेसम्मका लागि लम्ब्याइएको छ।

भिक्टोरिया

भिक्टोरियाले आज २६ नयाँ सामुदायिक सङ्क्रमणका घटना दर्ता गरेको छ।

यो सङ्ख्या डेल्टा प्रकोप सुरूभएदेखिकै सबैभन्दा उच्च हो।

र, यसका साथै राज्यमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या १४६ पुगेको छ।

भिक्टोरियामा सङ्क्रमित स्थानहरुको सूचिमा ३८० भन्दा बढी ठेगानाहरु दर्ता गरिएका छन् भने कोभिड-१९ सङ्क्रमितको सम्पर्कमा आएका मानिसहरु सङ्ख्या पनि झन्डै १८,००० पुगेको छ।

ती सबै प्राथमिक सम्पर्कहरु सेल्फ-आइसोलेसनमा रहेको पनि बिहीवार मेलबर्नमा आयोजित एक पत्रकार सम्मेलनमा बताइएको छ।

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

हाल जारी लकडाउनहरू मङ्गलवार - २७ जुलाई रातीको ११:५९ बजेसम्मका लागि लम्ब्याइएको छ।

अस्ट्रेलियामा गएका २४ घण्टा

  • साउथ अस्ट्रेलियामा गएका २४ घण्टामा सामुदायिक सङ्क्रमणका थप दुई मामिलाहरू दर्ता भएका छन् र योसँगै राज्यमा हाल डेल्टा प्रकोपबाट सङ्क्रमित हुनेको सङ्ख्या १४ पुगेको छ।
  • भोलि शुक्रवार - २३ जुलाईदेखि न्यु साउथ वेल्सवासीका लागि क्विन्सल्यान्डको बोर्डर बन्द हुनेछ।
  • एस्ट्राजेनेका खोपको पहिलो डोज लगाए पछि टास्मेनियामा ४० वर्ष कटेका एक पुरुषको ज्यान रगत जमेर भएको पुष्टि गरिएको छ।


इद अल अधा

त्यागको चाड भनेर परिचित इद अल अधा शुक्रवार समापन हुँदैछ। 

इदको बेला गरिने धार्मिक पाठ या प्राथनाका बेला आफू तथा समुदायका अन्य सदस्यहरूको सुरक्षा गर्नु एकदमै जरुरी हुन्छ।

 

  • यदि तपाईँ पनि इद मनाउँदै हुनुहुन्छ भने तपाईँले:
  • घरमा नै रहेर प्राथना गर्नुपर्छ
  • ठुला जमघटको आयोजना गर्नु हुँदैन
  • मास्क लगाउनु पर्छ
  • पाठ गर्न आफ्नै आसनको प्रयोग गर्नुपर्छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now