SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सद्वारा अत्यावश्यक कामदारहरूको सुचीमा विस्तार भिक्टोरियामा भने जोखिमयुक्त स्थानहरूमा वृद्धि

यो १८ जुलाई २०२१, आइतवारको कोरोनाभाइरस अपडेट हो।

Sehemu ya nje ya jengo la Isola katika kitongoji cha Richmond, Melbourne, Sunday, July 18, 2021.
Mamlaka wa afya wa Victoria wamefunga jengo la Isola katika kitongoji cha Richmond, baada ya mkaaji kupatwa na Covid-19. Source: (AAP Image/James Ross)

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

  • न्यु साउथ वेल्सले फेयरफिल्ड, क्याण्टबरी - ब्याङ्क्सटाउन र लिभरपुल क्षेत्र बाहिर गएर काम गर्ने सक्ने कामदारहरूले सुचीमा विस्तार 
  • भिक्टोरियामा कोभिड-१९ को जोखिम रहेका स्थानहरूमा वृद्धि 

न्यु साउथ वेल्स

न्यु साउथ वेल्स 

 

न्यु साउथ वेल्समा कोरोनाभाइरसका  १०५ नयाँ सङ्क्रमण पुष्टि भएका छन्। जसमध्ये ६६ मामिलाहरू अहिले रहेकै सङ्क्रमित समूहहरू सँग सम्बन्धित रहेका र अन्य ३९ वटा केसको स्रोतका बारेमा अनुसन्धान भइरहेको छ।  ९० वर्ष माथिकी एक महिलाको सङ्क्रमणका कारण दक्षिण-पूर्वी सिड्नीमा मृत्यु भएको छ।  

 

फेयरफिल्ड, क्याण्टबरी - ब्याङ्क्सटाउन र लिभरपुल स्थानीय सरकार क्षेत्रका बासिन्दाहरूले कामका लागि पनि ती क्षेत्रहरू छोडेर बाहिर जान नपाउने भएका छन्।

 

यो नियम स्वास्थ्य स्याहार क्षेत्रका कर्मचारी,आकस्मिक सेवाका सदस्यहरू, सुपर मार्केट, मदिरा पसल, कियोस्क, न्युज एजेन्सी, कार्यालय, घर पालुवा जनावरसँग सम्बन्धित पसलहरू र बंगैचाका लागी चाहिने सामान पाइने स्थानलाई भने लागू हुने छैन।

 

जुलाई १९, सोमबार बिहान १२:०१ देखि सम्पूर्ण निर्माण कार्य र अत्यन्त जरुरी नभएका मर्मतका कार्यहरू, सरसफाइ सेवा र घरहरूमा गरिने मर्मत सम्भारका काम पनि तत्कालका लागी स्थगित गरिने छ। यो प्रतिबन्धले गर्दा न्यु साउथ वेल्समा ५० हजार निर्माण कार्यमा आबद्ध कामदारहरू प्रभावित हुने अनुमान गरिएको छ। 

 

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

 

न्यु साउथ वेल्सको हाल जारी लकडाउन शुक्रवार ३० जुलाई, ११:५९ सम्मका लागि लम्ब्याइएको छ।

 

भिक्टोरिया 

 

भिक्टोरियामा १६ नयाँ  सामुदायिक सङ्क्रमण रेकर्ड गरिएको छ।  सम्पूर्ण नयाँ मामिलाहरू अहिले देखिएकै समूहसँग सम्बन्धित रहेको र अन्य दुई सङ्क्रमितहरू विदेशबाट यात्रा गर्ने हरू रहेको बताइएको छ। यससँगै राज्यमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ७० पुगेको छ। 

 

राज्यमा अहिले २१५ वटा स्थानलाई सङ्क्रमण जोखिम रहेको सुचीमा राखिएको छ। पछिल्लो पटक सुचीमा थपिएका स्थानहरूमा मिड़ोज, क्यु र ट्रुगानिना सबर्बहरू रहेका छन्। मेलबर्नको दक्षिण पश्चिममा रहेको फिलिप आइल्याण्डका बासिन्दाहरूलाई पनि कोभिड जाँच गराउन आग्रह गरिएको छ। 

 

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

भिक्टोरियाको पाँचौँ लकडाउन मङ्गलवार २० जुलाई, ११:५९ सम्म कायम रहने छ।

 

पछिल्ला २४ घण्टामा अस्ट्रेलियामा 

 

एसी टी र क्विन्सल्याण्डमा अर्को दिन पनि कुनै सामुदायिक सङ्क्रमण रेकर्ड भएका छैनन्। 

 

दक्षिण अस्ट्रेलियामा करिब १ लाख खोपका डोजहरू एडिलेडको वेभिलमा रहेको शोग्राउण्डमा पुर्‍याइएको छ।  

तास्मनियाले न्यु साउथ वेल्स सँगका सम्पूर्ण सीमा बन्द गरेको छ। 

 

इद-अल- अधा यही सोमबार, १९ जुलाईबाट सुरु हुदैछ। र यो समयमा आफू र अरूलाई पनि सुरक्षित राख्नु जरुरी हुन्छ त्यसका लागी प्रार्थना गर्दा :

 

घरमा नै प्रार्थना गर्ने 

ठुलो जमघट नगर्ने 

मास्क लगाउने 

प्रार्थनाका लागी आफ्नै बिछ्याउना प्रयोग गर्ने 

 

कोभिड-१९ कथन :

 

स्वस्थ जवान व्यक्तिहरूलाई कोभिड- १९ सङ्क्रमण हुँदैन। यसले वृद्ध र बिरामीहरूलाई मात्र असर पार्ने र मृत्यु हुन्छ। 

 

कोभिड-१९ तथ्य :

 

भाइरसले वृद्ध तथा अन्य स्वास्थ्य समस्या पहिले देखि नै रहेकाहरूलाई अलि बढी असर पार्छ तर यसले स्वास्थ्य जवान व्यक्तिहरूलाई पनि असर पार्ने र मृत्यु समेत हुन सक्छ। 

 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now