SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट:न्यु साउथ वेल्समा खोप लगाउने प्राथमिकता सुची परिमार्जन र वैवाहिक समारोहलाई केही छुट

यो शनिवार, २८ अगस्ट २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

NSW Healths Dr Jeremy McAnulty (left) and NSW Health Minister Brad Hazzard during a COVID-19 press conference in Sydney, Saturday, August 28, 2021.
NSW Healths Dr Jeremy McAnulty (left) and NSW Health Minister Brad Hazzard during a COVID-19 press conference in Sydney, Saturday, August 28, 2021. Source: AAP Image/Bianca De March

4 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा कोभिड-१९ खोप लगाउन योग्यहरूको सुचीलाई बढाइयो 
  • भिक्टोरियामा देखिएका नयाँ मामिलाहरूको ६० प्रतिशत मेलबर्नको पश्चिमी क्षेत्रमा पाइयो
  •  ए सी टी मा २६ नयाँ सामुदायिक सङ्क्रमण पुष्टि
  • दक्षिण अस्ट्रेलियामा नयाँ जोखिम युक्त स्थानहरू सार्वजनिक

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा १ हजार ३५ नयाँ स्थानीय केसहरू दर्ता भएका छन्। जसमध्ये ७१४ जना पश्चिमी तथा दक्षिण पश्चिमी सिड्नीका रहेका छन्। सङ्क्रमणका कारण राज्यमा एक ७० वर्ष माथिका र अर्का एक ८० वर्ष माथिका गरी दुई व्यक्तिको ज्यान गएको छ।

ति कोरोना प्रभावित १२ स्थानीय सरकार क्षेत्रहरूमा खोप लगाउन प्राथमिकतामा पर्ने समूहमा परिमार्जन गरिएको छ। जस अन्तर्गत अब ४० देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरू पनि उक्त सुचिमा पर्ने छन्। किराना तथा मासु पसलमा कार्यरत व्यक्तिहरू स्थानीय सरकार क्षेत्रमा बसोबास नगर्ने तर त्यस्ता क्षेत्रमा रहेका पसलमा काम गर्ने भए पनि उनीहरू खोप लगाउने प्राथमिकतामा पर्ने छन्।

न्यु साउथ वेल्स स्वास्थ्य विभागले वैवाहिक समारोहहरूका लागी प्रतिबन्धहरू केही खुकुलो गर्ने भएको छ। ३ सेप्टेम्बर देखि त्यस्ता समारोहमा पाँच जना आगन्तुकहरूलाई सरिक हुन छुट दिइने छ।

Malzenstwa mieszane
Source: supplied by Amelia Elliot and Bowie Domingo

जोखिम युक्त १२ स्थानीय सरकार क्षेत्रमा बस्ने अथवा काम गर्ने अत्यावश्यक कामदारहरूले त्यस्ता क्षेत्रमा आवत जावत गर्न छुट स्वीकृति लिनु पर्नेछ।

खोपको लागी यहाँ गएर बुकिङ गर्नुहोस्।

भिक्टोरिया

भिक्टोरियामा थप ६४ नयाँ सामुदायिक सङ्क्रमण दर्ता गरिएको छ। ती मध्ये ४९ मामिलाहरू अहिले देखिएको सङ्क्रमणसँग नै सम्बन्धित रहेको र अन्य १५ केसहरू भने रहस्यमय रहेका छन्।

स्वास्थ्य मन्त्री मार्टिन फोलीले मेलबर्नको पश्चिमी सबर्बहरू चिन्ता युक्त क्षेत्रमा परेको बताएका छन्। धेरै सङ्क्रमण देखिएका त्यस्ता स्थानहरूमा वीण्डह्याम, न्युपोर्ट, उत्तरी अल्टोना र ह्युम परेका छन्।

आफू नजिकको खोप लगाउने केन्द्रहरू यहाँ हेर्नुहोस्।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा

दक्षिण अस्ट्रेलियाको पोर्ट अगस्टाका दुई  र सेडुनाका दुई पेट्रोल स्टेसनहरूमा सङ्क्रमणको जोखिम रहेको स्थानमा राखिएको छ। न्यु साउथ वेल्सबाट गएका दुई ट्रक चालकहरूमा कोरोना सङ्क्रमण देखिए पछि ती स्थानहरूमा सङ्क्रमणको जोखिम रहेको बताइएको छ। 

२४ सेप्टेम्बर पछि दक्षिण अस्ट्रेलियामा प्रवेश गर्नु पूर्व ए सी टी र न्यु साउथ वेल्स बाट जाने १८ वर्ष माथिका व्यक्तिहरूले कम्तीमा एक डोज खोप लगाएको प्रमाण पेस गर्नु पर्नेछ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now