SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट : न्यु साउथ वेल्सले पुरा गर्‍यो ८० लाखको खोप लक्ष्य, भिक्टोरियामा ३९ प्रतिशतले लगाए पुरा डोज

यो शनिवार, ११ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

People wearing face masks hold hands while walking through Carlton Gardens in Melbourne, Saturday, September 11, 2021. Victoria has recorded 450 new locally-acquired COVID-19 cases in the past 24 hours. (AAP Image/James Ross) NO ARCHIVING
Source: AAP/James Ross

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्सका ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई कोभिड जाँच गर्न आह्वान
  • भिक्टोरियामा ३९ प्रतिशत जनसङ्ख्याले खोपको पुरा डोज लगाए
  • राजधानी एसीटी मा १५ र क्वीन्सल्याण्डमा ५ नयाँ सामुदायिक सङ्क्रमण पुष्टि

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा १ हजार ५ सय ९९ नयाँ स्थानीय सङ्क्रमण पुष्टि गरिएको छ भने सङ्क्रमणका कारण ८ जनाले ज्यान गुमाएका छन्। यस सँगै पछिल्लो लहरमा कोभिड-१९ सँग सम्बन्धित १७० मृत्युहरू दर्ता गरिएको छ।

मृत्यु हुनेमा ६ पुरुष र २ जना महिला रहेका छन्। जसमध्ये तिन ८० बर्ष माथिका, दुई ७० बर्ष माथिका त्यस्तै एक जना ५० बर्ष माथिका छन्। त्यस्तै एक मृतक ४० बर्ष माथिका र अर्का एक ३० बर्ष माथिका रहेका छन्। मृत्यु भएका मध्ये कसैले खोप नलगाएको बताइएको छ।

बाइरन बे, बेङ्गलो, जिन्डाबाइन, हार्डेन, मोरुया त्यस्तै पोर्ट मक्वेरी, ट्रांगी र योङ्ग लगायतका स्थानमा रहेका फोहोर पानीलाई सुद्धिकरण गर्ने प्लान्टहरूमा कोभिड-१९ का अवशेषहरू फेला पारिएको छ।

यी स्थानहरूमा पछिल्लो समयमा कुनै सङ्क्रमण नदेखिँदा कहाँबाट अवशेष पाइयो भन्ने कुराले चिन्ता थपेको छ। अधिकारीहरूले सबैलाई आफूमा कुनै लक्षण देखा परे कोभिड परीक्षण गर्न आग्रह गरेका छन्।

राज्यले ८० लाख खोप लगाउने लक्षलाई पुरा गरेको छ जसमध्ये ४४.५ प्रतिशतले खोपका दुवै डोज लगाएका छन्।

खोप लगाउने अपोइन्टमेन्ट बुक गर्न यहाँ क्लिक गर्नुहोस्।

भिक्टोरिया

भिक्टोरियामा ४५० नयाँ स्थानीय सङ्क्रमणहरू दर्ता गरिएको छ, जसमध्ये ७० प्रतिशत भन्दा बढी  मामिलाहरू उत्तरी सबर्बहरूमा भेटिएका छन्।

आइतबार १२ सेप्टेम्बर देखि, २४ हप्ता कटेका गर्भवती महिलाहरू खोप लगाउने प्राथमिकतामा पर्ने छन्। उनीहरूले राज्य द्वारा सञ्चालित क्लिनिकहरूमा खोपको लागी बुकिङ गर्न सक्नेछन्।

आफू नजिकको खोप केन्द्रबारे जानकारीका लागी यहाँ क्लिक गर्नुहोस्।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा

राजधानी एसीटी, १६ वर्ष र सो माथिका आधि जनसङ्ख्यालाई खोप लगाउने अस्ट्रेलिया कै प्रथम बनेको छ।

क्वीन्सल्याण्डको ब्रिस्बेनमा पाँच नयाँ स्थानीय सङ्क्रमणहरू दर्ता भए पछि १ हजार बढी परिवारहरू क्वारेन्टिनमा रहेका छन्।

दक्षिण अस्ट्रेलियामा कोभिड -१९ विरुद्धको खोप फ़ाइजर आगामी १३ सेप्टेम्बर देखि १२ वर्ष माथिका बासिन्दाहरूका लागी उपलब्ध गराइने साथै सो खोप ६० वर्ष माथिका व्यक्तिहरूको लागी पनि उपलब्ध हुने।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

COVID-19 myths
Source: SBS

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now