SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा पाँच जनाको मृत्यु र ३१९ सामुदायिक सङ्क्रमण, भिक्टोरियामा २९ जनामा सङ्क्रमण पुष्टि

यो शनिवार, ७ अगस्ट २०२१ को अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

NSW Health workers outside an apartment block on Campbell Street in Liverpool, after fourteen cases of COVID-19 were confirmed in the building, August 7, 2021.
NSW Health workers outside an apartment block on Campbell Street in Liverpool, after fourteen cases of COVID-19 were confirmed in the building, August 7, 2021. Source: AAP/Bianca De Marchi

3 min read

Published

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्सको आर्मिडेल स्थानीय सरकार क्षेत्रमा शनिवार ५ बजे देखि सात दिनको लागी लकडाउन
  • भिक्टोरियामा सङ्क्रमण जोखिम रहेका स्थान सङ्ख्या बढ्ने क्रम जारी
  • क्वीन्सल्याण्डका बासिन्दाले लकडाउन खुल्ने बारे जान्न आइतबारसम्म पर्खनु पर्ने

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा ३१९ नयाँ स्थानीय सङ्क्रमण दर्ता भए पछि राज्यको कोभिड-१९ सङ्क्रमण सङ्कट झन् बढेको छ। जसमध्ये कम्तीमा पनि ५१ जना सङ्क्रमित समयमा समुदायमा सक्रिय रहेका थिए।

३१९ मध्ये २१० जना दक्षिण पश्चिम सिड्नीका रहेका छन्।

न्यु साउथ वेल्सका अधिकारीहरूले पछिल्लो २४ घण्टाको समयमा थप ५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृत्यु भएका कसैले पनि खोप लगाएका थिएनन्।

राज्यको ग्रामीण क्षेत्र आर्मीडेल स्थानीय सरकार क्षेत्र शनिवार साँझ ५ बजे देखि सात दिन लामो लकडाउनमा प्रवेश गरेको छ।

खोप लगाउने क्लिनिकहरूको सुची यहाँ हेर्नुहोस्

भिक्टोरिया

भिक्टोरियामा २९ नयाँ स्थानीय सङ्क्रमणका मामिलाहरू दर्ता भएका छन्। जसमध्ये कोही पनि सङ्क्रमित समयमा क्वारेनटिनमा रहेका थिएनन्। सम्पूर्ण दर्ता भएका मामिलाहरू पछिल्लो सङ्क्रमणसँग नै सम्बन्धित रहेका छन्।

स्वास्थ्य अधिकारीहरूले जोखिम युक्त स्थानहरूको सङ्ख्यामा वृद्धि हुन सक्ने भन्दै सचेत गराएका छन्। मेलबर्नका ४ विद्यालयहरूलाई सङ्क्रमणसँग जोडिएको छ।

जोखिमयुक्त स्थानहरूको सुची यहाँ हेर्नुहोस्।

क्वीन्सल्याण्ड

क्वीन्सल्याण्डले १३ नयाँ स्थानीय रूपमा भएका सङ्क्रमणका मामिलाहरू दर्ता गरेको छ जुन पछिल्लो इन्डूरूपिलीको मामिला सँग सम्बन्धित रहेका छन्। राज्य भर सक्रिय सङ्क्रमितहरूको सङ्ख्या अहिले १४४ रहेको छ।

प्रमुख स्वास्थ्य अधिकारी डाक्टर जेनेट योङ्गले राज्यको दक्षिण पूर्वी क्षेत्रमा जारी लकडाउन पहिले तय भएको समय अर्थात् आइतबार दिउँसो ४ बजे देखि खुल्ला गरिने वा नगरिने भन्ने निर्णय लिन आइतबार बिहान सम्मको सङ्क्रमण आँकडा हेर्नु पर्ने बताएकी छन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now