कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा लगातार दोश्रो दिन पनि १००० जना भन्दा बढीमा सङ्क्रमण पुष्टि

यो आइतबार, २९ अगस्ट २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Vaccination clinic at Olympic Park Sydney, NSW

Source: AAP Image/Bianca De March


मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्सका केहि अत्यावश्यक कामदारहरुका लागि खोप सम्बन्धि नयाँ नियम
  • भिक्टोरियामा लकडाउन थप गरिने सरकारको घोषणा
  • एसीटीमा कोरोनाभाइरसका १३ सामुदायिक सङ्क्रमण
  • क्वीन्सल्यान्डमा आफ्नो घरमै आइसोलेशनमा रहेका एक व्यक्तिमा कोरोनाभाइरस पुष्टि

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा गए राती ८ बजे सम्मको २४ घण्टामा कोरोनाभाइरसका १,२१८ सामुदायिक सङ्क्रमणहरुको पुष्टि भएको र उक्त भाइरस रहेका ६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

पछिल्ला केसहरु मध्ये ८८७ ओटा पश्चिम र दक्षिण-पश्चिमी सिड्नीमा भेटिएको न्यु साउथ वेल्स हेल्थको भनाइ छ।

साथै, गए जुन महिना देखि सुरु भएको कोरोनाभाइरस सङ्क्रमणको यस लहरमा भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या १४५ पुगेको छ।

यसैक्रममा आगामी सोमबार ६ सेप्टेम्बर देखि, "चिन्ताका स्थान" मा बस्ने अत्यावश्यक घोषित कामदारहरुले, आफ्नो काउन्सिल भन्दा बाहिर कामका लागि जान, कोरोनाभाइरस विरुद्धको खोपको कम्तिमा एक डोज लगाएको हुनु पर्ने छ।

चिन्ताका स्थानमा बस्ने अत्यावश्यक कामदार, १६-४९ वर्ष उमेरका मानिसहरुचिन्ताका स्थानमा बस्ने वा काम गर्ने बालस्याहार, अपाङ्गता स्याहार र खाद्यकर्मीहरुका लागि कोरोनाभाइरस विरुद्ध खोप लगाउन प्राथमिकता बुकिङ्ग उपलब्ध रहेको सरकारको भनाइ छ।

कोरोनाभाइरस विरुद्ध खोप लगाएको आफ्नो प्रमाण कसरी प्राप्त गर्नेबारे जानकारीका लागि यहाँ हेर्नुहोस्।

भिक्टोरिया

भिक्टोरियामा चाहिं गए २४ घण्टामा कोरोनाभाइरसका ९२ स्थानिय केसहरुको पुष्टि भएका छन्। पछिल्ला सङ्क्रमित मध्ये ३० जना भन्दा बढीमा भाइरसको श्रोत पुष्टि नभएको सरकारको भनाइ छ।

साथै, हाल सक्रिय रहेका ७७८ केस मध्ये झन्डै ५०० केस उत्तर र पश्चिमी मेलबर्नमा रहेको प्रिमियर डानिएल एन्ड्रुज ले बताए।

यस कारण पनि आगामी सेप्टेम्बर २ मा अन्त्य हुने पूर्व योजना रहेको लकडाउनको म्यादलाई थप गरिएको उनले बताए।

आफ्नो नजिक रहेको कोरोनाभाइरस विरुद्धको खोप वितरण केन्द्रबारे यहाँ हेर्नुहोस्।

अस्ट्रेलिया भर गए २४ घण्टा

क्वीन्सल्यान्ड सरकारले बून्डल स्थित ब्रिसबेन इन्टरटेनमेन्ट सेन्टरमा आगामी सेप्टेम्बर ८ देखि सामुहिक खोप वितरण केन्द्र खोलिने घोषणा गरेको छ।

संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्ट भन्छन अस्ट्रेलियाली नियामक निकाय द्वारा प्रयोगको अनुमति प्रदान गरिएका कोरोनाभाइरस विरुद्धको खोप लगाएका मानिसहरु जसले खोपका कारण सामना गर्नुपरेका समस्याहरुका लागि क्षतिपूर्ति प्रदान गर्ने सम्बन्धि योजना सुरु गरिएको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

3 min read

Published

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now