SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: दक्षिण अफ्रिकामा फैलिएको नयाँ भेरिएन्ट न्यु साउथ वेल्समा भेटियो

यो शुक्रबार २९ अप्रिलको कोभिड-१९ अपडेट हो।

People living in the Australian capitals decreased and Regional Australia grew
Source: AAP Image/Bianca De Marchi

2 min read

Published



Skip to article content

शुक्रबारसम्मको २४ घण्टे गणना अवधिमा अस्ट्रेलिया भर २४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्। ती मध्य न्यु साउथ वेल्स र भिक्टोरियामा प्रत्येक राज्यमा ७ जना, र वेस्टर्न अस्ट्रेलियामा दुई जना हुन्। 

कोभिड-१९ का पछिल्ला सङ्क्रमण, अस्पताल भर्ना तथा मृतक सङ्ख्या बारे जानकारी यहाँ उपलब्ध छ। 

बिहिबार न्यु साउथ वेल्समा ओमिक्रनको बीए.४ (BA.4) को पहिलो सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्ति दक्षिण अफ्रिकाबाट अस्ट्रेलिया फर्किएका थिए। उनको कोभिड-१९ जाँच मार्च महिनाको अन्तिम हप्तामा भएको थियो। 

भिक्टोरियामा पनि त्यससँग मिल्दोजुल्दो सङ्क्रमण १५ अप्रिलमा देखा परेको थियो। त्यो सङ्क्रमण टलामरीन क्याचमेन्टबाट सङ्कलन गरिएको फोहोर पानीमा भेटिएको हो।

विश्व स्वास्थ्य सङ्गठनले बीए.४ (BA.4) र बीए.५ (BA.5) भेरिएन्टहरू कुन-कुन ठाउँमा फैलिएको भनी निगरानी र अनुसन्धान गरिरहेको छ यी दुवै पहिलो पटक दक्षिण अफ्रिकी र युरोपेली मुलुकहरूमा देखा परेका थिए। 

दक्षिण अफ्रिकी वैज्ञानिकहरू भन्छन् कि बीए.४ (BA.4) र बीए.५ (BA.5) भेरिएन्टहरू देशको बढ्दो सङ्क्रमणसँग सम्बन्धित हुन सक्छन् 

"बीए.४ (BA.4) र बीए.५ (BA.5) ले छिटै बीए.२ को ठाउँ लिएका छन्, र दक्षिण अफ्रिकामा सन् २०२२ को अप्रिल महिनाको पहिलो हप्तादेखि देखिएका सबै सङ्क्रमणको ५० प्रतिशत यही भेरिएन्टहरू छन्," उनीहरूले भने। 

"केही ठाउँहरूमा अस्पताल भर्नाको सङ्ख्या बढ्न थालेको पाइएको छ।"

थप जानकारी केही बेरमा 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now