SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा खोपको ६८ लाख डोज वितरण

यो सोमबार, ३० अगस्ट २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Premier Gladys Berejiklian and NSW Chief Health Officer Dr Kerry Chant during a COVID-19 update in Sydney, Monday, August 30, 2021. (AAP Image/Dean Lewins) NO ARCHIVING
Premier Gladys Berejiklian and NSW Chief Health Officer Dr Kerry Chant during a COVID-19 update in Sydney, Monday, August 30, 2021. Source: AAP Image/Dean Lewins

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content


मुख्य बुँदाहरू:

  • पश्चिमी न्यु साउथ वेल्सको ट्राङ्गी र बाइरन बे को ढलको पानीमा कोरोनाको अवशेष फेला
  • भिक्टोरियामा ४० वर्ष मुनीका मानिसमा अत्यधिक सङ्क्रमण
  • एसिटीमा फाईजर खोप लगाउने मानिसहरूको योग्यता बिस्तार
  • क्विन्सल्याण्डमा लकडाउन अन्त्यको माग गदै ट्रक चालकहरूद्वारा विरोध पर्दशन

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा आज १,२९० जना नयाँ सङ्क्रमितहरू थपिएका छन् ।

नयाँ थपिएका सङ्क्रमित मध्ये ८८३ जना पश्चिमी र उत्तर पश्चिमी सिड्नी क्षेत्रका मानिसहरू रहेको बताइएको छ ।

गए २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ ।

प्रिमीयर ग्लाडिस बेरीजीक्लियनले राज्यका दुई तिहाइ वयस्कहरूले कम्तीमा पनि खोपको पहिलो मात्रा लगाइसकेको जानकारी दिएकी छन् ।

३६ प्रतिशत मानिसहरूले खोपको दुवै डोज लगाइसकेको उनको भनाई छ ।

अक्टोबर सम्म राज्यका ७० प्रतिशत मानिसले खोप लगाइसक्ने अपेक्षा गरिएको छ ।

प्राथमिकताका आधारमा कोभिड–१९ को खोप लगाउनका लागि चरम जोखिममा परेका स्थानीय सरकारी क्षेत्रमा बसोबास गर्ने अधिकारप्राप्त कामदार,१६ देखि ४९ वर्ष उमेर समूहका मानिसहरू,बालबालिका,अपाङ्गताको क्षेत्रमा काम गर्ने कामदार र खाद्य सामाग्री उत्पादन र वितरणको क्षेत्रमा काम गर्ने कामदारहरूलाई बुकिङ खुल्ला गरिएको छ ।

१६ देखि ४९ वर्षका सबै मानिसहरू खोपका लागि योग्य छन् ।

भिक्टोरिया

भिक्टोरियामा आज ७३ नयाँ केस दर्ता गरिएका छन् ।

फेला परेका नयाँ केस मध्ये २१ सङ्क्रमितको भने हालको सङ्क्रमण श्रृखंला सँग कुनै सम्बन्ध फेला पारिएको छैन ।

हाल राज्यमा सक्रिय रहेका ८०५ केसहरूमा सबैभन्दा बढी ४० वर्ष मुनीका मानिसहरू रहेका छन् ।

मुख्य स्वास्थ्य अधिकारी ब्रेट सटनले रहस्यका केही क्षेत्रहरू जस्तै होब्सन बे,विन्डम र ह्युम स्थानीय सरकारी क्षेत्र बाहेकका स्थानमा धेरै जसो प्रकोप नियन्त्रणमा रहेको बताएका छन् ।

तपाईँको नजिकको खोप केन्द्र थाहा पाउन यहाँ जानुहोस् ।

अस्ट्रेलियन क्यापिटल टेरिटरी

एसिटीमा आज १२ नयाँ स्थानीय सङ्क्रमणका मामला फेला परेका छन् ।

ती मध्ये ६ सङ्क्रमितले सङ्क्रमण अवधिमा समुदायमा घुलमिल गरेको बताइएको छ ।

टेरीटरीका मुख्य मन्त्री एन्ड्रीउ बारले १६ देखि २९ वर्षका मानिसहरू राज्यले आगामी दिनमा सञ्चालन गर्ने खोप क्लिनिक मार्फत फाईजर खोपका लागि योग्य हुने जानकारी दिए ।

खोपका लागि योग्यता जाँच गर्नुहोस् ।

गए २४ घण्टा अस्ट्रेलियामा

  • क्वीन्सल्यान्डका ट्रक चालकहरूले लकडाउन र सीमा बन्द अन्त्य हुनु पर्ने माग राख्दै गोल्ड कोष्ट र ब्रिसबेन बिचको मुख्य राजमार्ग अवरुद्ध पारेका छन् ।
  • १६ देखि ३९ वर्षका सबै अस्ट्रेलियालीहरू फाईजर खोपका लागि योग्य बनेका छन् ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now