कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सले लकडाउन प्रतिबन्धहरूमा झन् कडाइ गर्ने

यो १७ जुलाई २०२१, शनिवारको कोरोनाभाइरस अपडेट हो।

A general view of the central business district in Sydney, Saturday, July 17, 2021. The stay-at-home orders for coronavirus-hit Greater Sydney and surrounds have been tightened with the lockdown extended for a further 2 weeks. (AAP Image/Dan Himbrechts) N

Central business district in Sydney Source: AAP Image/Dan Himbrechts

  • ग्रेटर सिड्नीभर अत्यावश्यक बाहेकका पसलहरू आज राती ११:५९ देखि बन्द गर्नु पर्ने 
  • भिक्टोरियामा देखिएका १९ नयाँ केसहरू हालकै मामलाहरूसँग सम्बन्धित

न्यु साउथ वेल्स

आज राती ११:५९ देखि फेयरफिल्ड, क्याण्टबरी - ब्याङ्क्सटाउन र लिभरपुल स्थानीय सरकार क्षेत्रका बासिन्दाहरूले कामका लागि पनि ती क्षेत्रहरू छोडेर बाहिर जान नपाउने भएका छन्।

यो नियम स्वास्थ्य स्याहार क्षेत्रका कर्मचारी र आकस्मिक सेवाका सदस्यहरूलाई भने लागू हुने छैन।

ग्रेटर सिड्नीभर आज राती ११:५९ देखि अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिनु पर्ने छ तर क्लिक एन्ड कलेक्ट, टेक-अवे र होम डेलिभरी सेवा भने सञ्चालन गर्न सकिने छ।

जुलाई १९, सोमबार बिहान १२:०१ देखि सम्पूर्ण निर्माण कार्य र अत्यन्त जरुरी नभएका मर्मतका कार्यहरू, सरसफाइ सेवा र घरहरूमा गरिने मर्मत सम्भारका काम पनि तत्कालका लागी स्थगित गरिने छ। 

आज न्यु साउथ वेल्सले १११ नयाँ स्थानीय कोरोनाभाइरस केसहरू रेकर्ड गरेको छ, र दक्षिण-पूर्वीय सिड्नीमा एक ८० वर्ष कटेका वृद्धको मृत्यु भएको छ।

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

न्यु साउथ वेल्सको हाल जारी लकडाउन शुक्रवार ३० जुलाई, ११:५९ सम्मका लागि लम्ब्याइएको छ।

भिक्टोरिया

भिक्टोरियामा १९ नयाँ सामुदायिक रूपमा सङ्क्रमित कोरोनाभाइरसका केसहरू रेकर्ड गरिएको छ।

सम्पूर्ण केसहरू अहिले देखिएकै मामलाहरूसँग सम्बन्धित रहेको पाइएको छ। अहिले भिक्टोरियामा ५४ जना सङ्क्रमित छन्।

अहिले भिक्टोरियाका ग्रामीण क्षेत्रका विभिन्न स्थान लगायत १५० भन्दा बढी स्थानहरूमा सङ्क्रमणको जोखिम रहेको छ।  

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्। भिक्टोरियाको पाँचौँ लकडाउन मङ्गलवार २० जुलाई, ११:५९ सम्म कायम रहने छ।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा

क्विन्सल्याण्डमा पछिल्लो २४ घण्टामा कुनै पनि सामुदायिक रूपमा सङ्क्रमित पाइएको छैन।

नर्दर्न टेरिटरीको हावर्ड स्प्रिङ्ग्स र रोयल डार्विन अस्पताल बाहिरको ढलमा कोरोनाभाइरसका अवशेषहरू पहिलो पटक भेटिएको छ।  


क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावलीअपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी


3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now