कोभिड -१९ अपडेट: अस्ट्रेलियामा पानीमा डुब्नेहरूको सङ्ख्या बढ्नुमा महामारी र झरीलाई दोष

यो १६ सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

NSW CORONAVIRUS COVID19

Police patrolling Bondi Beach on horseback in Sydney. (file) Source: AAP / DAN HIMBRECHTS/AAPIMAGE

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा पछिल्ला सात दिनमा १७ हजार २ सय २९ कोभिड मामिला दर्ता
  • अटागीले ५ देखि ११ वर्षका बालबालिकालाई बुस्टर आवश्यक नभएको दोहोर्‍यायो

रोयल लाइफ सेभिङ सोसाइटी र सर्फ लाइफ सेभिङ अस्ट्रेलिया (एसएलएसए)ले जुन महिनासम्मको पछिल्लो १२ महिनामा ३ सय ३९ पानीमा डुबेका घटनाहरू रिपोर्ट गरेको छ।

यो सङ्ख्या सन् १९९६ पछि पानीमा डुबेर अस्ट्रेलियामा ज्यान गुमाउनेहरूको सबैभन्दा ठुलो सङ्ख्या हो।

ती मृत्युहरूको कारकका रूपमा कोभिड-१९ महामारी र गर्मी तथा वर्षालाई देखाइएको छ।

एसएलएसएका प्रमुख कार्यकारी जस्टिन स्कारले भने, "विद्यालय जाने उमेरका बालबालिकाहरूको डुबेर मृत्यु भएको घटना दुखद हो र सायद यो कोभिड -१९ का कारण (पौडी) कक्षाहरू छुट्नुको असर हो।"

कुल मृत्यु हुनेहरू मध्ये समुन्द्री पानीमा १ सय ४१ र बाढी सम्बन्धी डुबेर मृत्यु हुनेहरूको सङ्ख्या ४३ रहेको छ।

राज्य तथा प्रदेशहरूले आफ्नो साप्ताहिक कोभिड-१९ सङ्ख्याहरू उपलब्ध गराउन थालेका छन्।

राज्य तथा प्रदेशहरूका स्वास्थ्य मन्त्रीहरूको गत महिनाको छलफल पछि उनीहरूले ९ सेप्टेम्बरदेखि दैनिक सङ्ख्या उपलब्ध गराउन बन्द गरेका थिए।

अस्ट्रेलियाको खोप सम्बन्धी सल्लाहकार समूह (अटागी)ले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरूले बुस्टर खोप लगाउन आवश्यक नभएको बताएको छ।

यद्यपि, थेराप्युटिक गूड्स एडमिनिस्ट्रेसनद्वारा यो उमेर समूहका लागि बुस्टर खोपलाई स्वीकृति दिएपछि यसको प्रमाणहरूले समीक्षा गरिने बताएको छ।

अटागीले छ वर्ष मुनिका बालबालिकाहरूका लागि फ़ाइजरको खोप स्वीकृत गरिसकेको छैन।

यो उमेर समूहका लागि कोभिड-१९ खोपका रूपमा मोडेर्ना स्पाइकभ्याक्स मात्र उपलब्ध गराइँदै आइएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

2 min read

Published

Updated

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now