SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: लङ्ग कोभिड र पुनः सङ्क्रमणका बारेमा संसदीय समितिले छानबिन गर्ने

यो ५ सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

AUSTRALIAN ISLAMIC CENTRE POP UP VAX CENTRE
A resident consults with a healthcare worker at a COVID-19 vaccination clinic in Melbourne. (file) Source: AAP / JAMES ROSS/AAPIMAGE

2 min read

Published

Source: SBS



Skip to article content

मुख्य बिषय:

  • पाँच वर्ष मुनीका जोखिममा रहेका बालबालिकाले आजदेखि कोभिड–१९ खोप लगाउन सक्ने
  • मास्क सम्बन्धी नियम र आइसोलेसनको समय घटाउँदाको जोखिमका बारेमा विज्ञहरुद्धारा चेतावनी जारी
  • भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारीद्वारा आइसोलेसनको समय घटाउँदा सङ्क्रमण सङ्ख्या बढ्न सक्ने चेतावनी

सोमबार अस्ट्रेलियामा कोरोनाभाइरस सक्रमणका कारण कम्तीमा पनि ११ जनाले ज्यान गुमाएका छन्।

मृत्यु हुने मध्ये भिक्टोरीयाका चार जना छन् भने न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा दुई-दुई जना रहेका छन्।

सङ्घीय संसद्को एक कमिटीले लङ्ग कोभिडले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमा पारेको प्रभावका बारेमा अध्ययन गर्ने भएको छ।

उक्त कमिटीकी उपाध्यक्ष एवम् लिबरलकी सांसद मेलिसा क्याकनटोसले लङ्ग कोभिडबाट गुज्रिरहेका वा पुन: सङ्क्रमित बनेका मानिसहरूबाट कुराहरू सुन्न चाहेको बताएकी छन्।

कमिटी सामु १८ नोभेम्बरसम्म आफ्ना कुराहरू राख्नका लागि पनि अनुरोध गरिएको छ।

अस्ट्रेलियाको कोभिड-१९ सम्बन्धी सम्पूर्ण पछिल्ला तथ्याङ्कहरू हेर्न यहाँ थिच्नुहोस्।

अस्ट्रेलियाकी चर्चित स्वास्थ्य विज्ञ न्यान्सी ब्याक्सटर र सी राइना म्याकिनटारले कोभिड–१९ को आइसोलेसनको समय घटाएकोमा नेताहरूको आलोचना गरेका छन्।

उनीहरूले आइसोलेसनको समय सात दिनबाट घटाएर पाँच दिन पुर्‍याउने निर्णय साथै, ९ सेप्टेम्बरबाट घरेलु उडानमा मास्क अनिवार्य नहुने निर्णयको पनि आलोचना गरेका छन्।

उनीहरूले आइसोलेसनको समय घटाउँदा, कार्यस्थल र विद्यालयहरूमा सङ्क्रमण सङ्ख्यालाई बढाउने बताएका छन्।

“जब अर्को लहर आउँछ, धेरै मानिसहरू बिरामी परेर वा अरूको हेरचाहमा व्यस्त भएर काममा उपस्थित हुनेछैनन्, जसले परिवर्तनको उद्देश्यलाई उल्ट्याइदिनेछ,” उनीहरूले भनेका छन्।

भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारी प्राध्यापक ब्रेट सटनले आइसोलेसनको समयलाई घटाउँदा, वर्तमान र भविष्यका कोभिड–१९ सङ्क्रमणहरूले अस्पताल भर्ना र मृत्यु सङ्ख्यालाई दिगो रूपमा वृद्धि गर्ने चेतावनी दिएका छन्।

पहिलेदेखि नै स्वास्थ्य समस्या रहेका पाँच वर्ष मुनीका बालबालिकाले आजदेखि मोर्डेनाको कोभिड–१९ विरुद्धको खोप लगाउन सक्ने भएका छन्।

अस्ट्रेलियाको खोप सम्बन्धी प्राविधिक सल्लाहकार समूहले ओमिक्रन र मुल भाइरसलाई लक्षित गरी मोर्डेनाले विकास गरेको खोपका बारेमा समीक्षा गरिरहेको बताएको छ।

थेराीप्युटक गुड्स एडमिनीस्ट्रेशनले (टिजिए) उक्त खोपलाई २९ अगस्टमा अनुमति दिएको थियो।

अमेरिका र बेलायतमा पनि उक्त खोपले प्रयोग अनुमति पाइसकेको छ।

आफ्नो क्षेत्रमा रहेका लङ्ग कोभिड क्लिनिक पत्ता लगाउनुहोस्।

एसिटि न्यु साउथ वेल्स नर्दन टेरीटरी क्वीन्सल्याण्ड

साउथ अस्ट्रेलिया टास्मेनिया भिक्टोरिया वेस्टर्न अस्ट्रेलिया

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now