कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सका केही रिजनल क्षेत्रहरू पहिलो पटक लकडाउनमा

यो २१ जुलाई २०२१, बुधवारको अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

NSW Premier Gladys Berejiklian arrives at a press conference to provide a COVID-19 update in Sydney, Wednesday, July 21, 2021.

NSW Premier Gladys Berejiklian arrives at a press conference to provide a COVID-19 update in Sydney, Wednesday, July 21, 2021. Source: AAP Image/Mick Tsikas


मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्स राज्य सरकारद्वारा अरेन्ज, काबोन र ब्लेनी स्थानीय सरकार इलाकाहरूमा पहिलो पटक लकडाउनको घोषणा गरेको छ,
  • भिक्टोरियामा सामुदायिक सङ्क्रमणका थप २२ मामिलाहरू दर्ता भएका छन्,
  • न्यु साउथ वेल्स र भिक्टोरिया दुवै राज्यहरूमा रेकर्ड तोड सङ्ख्यामा मानिसहरू कोभिड-१९ परीक्षणका लागि अगाडी आएका छन्,
  • साउथ अस्ट्रेलियामा थप एक सामुदायिक सङ्क्रमणको घटना दर्ता गरिएको छ।

न्यु साउथ वेल्स

मङ्गलवार राती आठ बजेसम्मको गणना अवधिसम्ममा न्यु साउथ वेल्सका थप ११० जनामा कोभिड-१९ को सामुदायिक सङ्क्रमण भएको पुष्टि राज्य सरकारले गरेको छ।

ती मध्ये ४३ जना समुदायमा सक्रिय रहेको राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आज सिड्नीमा आयोजित पत्रकार सम्मेलनका क्रममा बताएकी छिन्।

आजबाट कार्यालय आउन आफ्ना कर्मचारीहरूलाई दबाब दिने रोजगारदाताले तत्काल १०,००० डलरको जरिमाना तिर्नुपर्ने नियम पनि न्यु साउथ वेल्समा लागू भएको छ।

यस्तै, राज्यका अरेन्ज, काबोन र ब्लेनी काउन्सिल क्षेत्रका बासिन्दाहरू लगायत ती स्थानमा गत शनिवार - १७ जुलाईका दिन वा त्यसपछि पुगेका मानिसहरू समेतलाई लागू हुने गरी "स्टे-एट-होम" वा घरमा नै बस्नुपर्ने आदेश जारी गरिएको छ।

माथि उल्लिखित क्षेत्रहरूमा हाल कोरोनाभाइरस परीक्षण केन्द्रहरू सञ्चालनमा छन्।

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

हाल जारी लकडाउनहरू शुक्रवार - ३० जुलाई रातीको ११:५९ बजेसम्मका लागि लम्ब्याइएको छ।

भिक्टोरिया

भिक्टोरियामा कोभिड-१९ का थप २२ मामिला बुधवार राज्य सरकारले पुष्टि गरेको छ।

बुधवार घोषणा गरिएका सबै मामिलाहरू अन्य सङ्क्रमणसँग सम्बन्धित रहेको बताइएको छ।

हाल राज्यमा सक्रिय केस सङ्ख्या ११८ रहेको पनि राज्य सरकारको भनाई छ।

न्यु साउथ वेल्स र एसीटीमा रहेका भिक्टोरियालीहरुलाई आगामी दुई हप्ताका लागि भन्दै घर फर्किनबाट रोक लगाइएको छ।

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

हाल जारी लकडाउनहरू मङ्गलवार - २७ जुलाई रातीको ११:५९ बजेसम्मका लागि लम्ब्याइएको छ।

अस्ट्रेलियामा गएका २४ घण्टा

हाल साउथ अस्ट्रेलियाभर ८२ कोरोनाभाइरस परीक्षण केन्द्रहरू सञ्चालनमा छन् र राज्यभर सङ्क्रमित स्थानहरूको सङ्ख्या ५२ पुगेको छ।

भोलि बिहीवार - २२ जुलाईदेखि लागू हुने गरी, साउथ अस्ट्रेलिया पुगेका मानिसहरूलाई क्विन्सल्यान्ड प्रवेशमा रोक लाग्ने छ। तर, क्विन्सल्यान्ड घर भएका मानिसहरूका हकमा भने हाललाई यो नियम लागू हुनेछैन।

योसँगै, वेस्टर्न अस्ट्रेलियाले पनि साउथ अस्ट्रेलियाबाट आउने यात्रुहरूले १४ दिने क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ।

इद अल अधा

त्यागको चाड भनेर परिचित इद अल अधा शुक्रवार समापन हुँदैछ। 

 

इदको बेला गरिने धार्मिक पाठ या प्राथनाका बेला आफू तथा समुदायका अन्य सदस्यहरूको सुरक्षा गर्नु एकदमै जरुरी हुन्छ।

 

  • यदि तपाईँ पनि इद मनाउँदै हुनुहुन्छ भने तपाईँले:
  • घरमा नै रहेर प्राथना गर्नुपर्छ
  • ठुला जमघटको आयोजना गर्नु हुँदैन
  • मास्क लगाउनु पर्छ
  • पाठ गर्न आफ्नै आसनको प्रयोग गर्नुपर्छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

4 min read

Published

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now