कोभिड-१९ अपडेट: टीजीएद्वारा नयाँ औषधी स्वीकृत, स्कट मोरिसनका नियुक्ति बारे थप छानबिन हुने

यो मङ्गलबार २३ अगस्टको अस्ट्रेलियाको कोभिड-१९ अपडेट हो।

ANTHONY ALBANESE MONASH UNIVERSITY VISIT

Australian Prime Minister Anthony Albanese (second left) and Victorian Premier Daniel Andrews (left) during a visit to Monash University in Melbourne. (file) Credit: EDDIE JIM/AAPIMAGE

प्रमुख विषयहरू:

  • कोभिड-१९ को उपचारको नयाँ मौखिक औषधी टीजीएद्वारा स्वीकृत
  • आइसोलेसन अवधि घटाउने बारे ३० अगस्टमा राष्ट्रिय मन्त्रीपरिषद्को बैठक
  • बीए.४ र बीए.५ सब्भेरीएन्टलाई लक्षित बुस्टर खोपका लागि फाइजरले स्वीकृति माग्दै

मङ्गलबारसम्मको तथ्याङ्क अनुसार अस्ट्रेलियामा कोभिड-१९ का कारण ९५ जनाको ज्यान गएको छ। ती मध्य ३२ जना न्यु साउथ वेल्समा, २६ जना क्वीन्सल्यान्डमा र २५ जना भिक्टोरियाबाट थिए।

कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्

प्रधानमन्त्री एन्थोनी एल्बनिजीले पूर्व प्रधानमन्त्री स्कट मोरिसनको उद्योग, विज्ञान, ऊर्जा र स्रोत विभागमा रहेका गोप्य नियुक्ति वैध पाइएपछि थप अनुसन्धान हुने बताएका छन्।

"हामीले छिटै एक छानबिनको घोषणा गर्ने छौँ। यो केवल खारेज गर्न मिल्ने कुरा होइन," एल्बनीजीले बताए। मोरिसनले महामारीको समयमा आफूलाई यी पाँच विभागमा नियुक्त गरेका थिए।

मानसिक स्वास्थ्यकी सहायक मन्त्री एमा मेकब्राइडले एक नयाँ हेड टु हेल्थ सेवा हेल्पलाइन नम्बर सुरु गरेकी छिन्।

अस्ट्रेलियालीमा बसोबास गर्ने व्यक्तिहरूले ८:३० बजेदेखि ५ बजेसम्म १८०० ५९५ २१२ मा फोन गर्न सक्छन्।

उक्त सेवामा मानसिक स्वास्थ्य सम्बन्धी निःशुल्क सल्लाह, मूल्याङ्कन र थप सेवाको जानकारीका लागि प्रदान गरिन्छ।

फाइजरले बीए.४ र बीए.५ सब्भेरीएन्टलाई लक्षित बुस्टर खोपको प्रयोगका लागि अमेरिकाको अमेरिकी खाद्य तथा औषधि प्रशासनको स्वीकृति मागेको छ।

अस्ट्रेलियाको औषधी नियामक निकाय थेराप्यूटिक गुड्स एड्मिनिसट्रेसनले सबिजाबुलिन (sabizabulin) नामक कोभिड-१९ को नयाँ औषधीलाई स्वीकृति दिएको छ। मुखबाट खाइने यस औषधीलाई मध्यम देखि गम्भीर कोभिड-१९ का कारण अस्पताल भर्ना भएका बिरामीहरूको उपचारमा प्रयोग गर्न सकिन्छ।

आउँदो अगस्ट ३१ मा हुने राष्ट्रिय मन्त्रीपरिषद्को बैठकमा कोभिड-१९ आइसोलेसन बस्ने अवधिलाई सात दिनबाट पाँच दिनमा घटाउने कुरा समावेश गरिने छ। यस मुद्दालाई फेरी उठाउने न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेले बताएका हुन्।

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

अस्ट्रेलिया बाहिर यात्रा गर्नु अघि पछिल्ला यात्रा नियम र सल्लाह बारे थाहा पाउन यहाँ थिच्नुहोस्

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus


2 min read

Published

Updated

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now