SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: प्राध्यापक हल्टनद्धारा खोप खरिद सम्बन्धी स्वतन्त्र समीक्षा रिपोर्ट सरकार समक्ष पेस

यो २७ सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

VICTORIA CORONAVIRUS COVID19
A man receives a COVID-19 vaccine at the Royal Exhibition Building in Melbourne. (file) Source: AAP / DANIEL POCKETT/AAPIMAGE

2 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

मुख्य बुँदा:

  • प्राध्यापक जेन हल्टनलाई अस्ट्रेलियाको कोभिड–१९ खोप र उपचार विधि खरिद सम्बन्धी समीक्षाका लागि जुन ३० मा सरकारले आग्रह गरेको थियो।
  • प्राध्यापक हल्टनले विभिन्न आठ सुझाव पेस गरेकी छन्।
  • स्वास्थ्य मन्त्री मार्क बट्लरले ओमिक्रन लक्षित खोपलाई पर्खेर नबस्न अस्ट्रेलियालीहरुलाई सुझाव दिएका छन्।

अस्ट्रेलियामा कोभिड–१९ खोप र उपचार सामाग्री खरिद सम्बन्धी स्वतन्त्र समीक्षा गरेकी प्राध्यापक जेन हल्टनले आठ वटा सुझाव पेस गरेकी छन्।

“खोपको खरिद प्रतिस्पर्धात्मक विश्व बजारमा भएको छ,” उनले रिपोर्ट मार्फत भनेकी छन्।

पूर्व स्वास्थ्य सचिव समेत रहेकी हल्टनले अस्ट्रेलियाले कोभिड–१९ खोप र उपचार विधि प्रभावकारी रूपमा सुरक्षित गरेको र यसले गम्भीर बिरामी हुन वा मृत्युको जोखिमबाट जोगाएको बताएकी छन्।

उनले महामारी सुरु भएसँगै अस्ट्रेलियाले अपनाएका रणनीतिहरूमा सुधार आवश्यक रहेको पनि उनले बताएकी छन्।

“महामारी अघिका प्रक्रिया र संरचनाहरू आपत्कालीन अवस्थामा उपयोगी छैनन्,” उनले भनिन्।

“भविष्यमा पनि कोरोना सङ्क्रमणको दर उच्च रहने सम्भावनाकाबिच, एकीकृत सल्लाह, सुझावहरूको नयाँ संरचना र जनादेशहरुमा पनि परिवर्तन हुनुपर्दछ,” उनले भनेकी छन्।

स्वास्थ्य मन्त्री मार्क बट्लरले सुझावलाई गम्भीरता साथ लिई भविष्यमा कोरोनाभाइरस नियन्त्रणका लागि चालिने कदमहरूमा लागु गर्ने बताएका छन्।

सोमबार पत्रकारहरूसँग बोल्दै स्वास्थ्य मन्त्री बट्लरले ओमिक्रन लक्षित खोपको पर्खाइमा नबस्नका लागि पनि आग्रह गरे।

“म सबै अस्ट्रेलियालीलाई अहिले जुन बुस्टर उपलब्ध छ, यसलाई लगाउन आग्रह गर्छु, तिनीहरू निकै प्रभावकारी छन्, बिशेषगरि गम्भीर रोग हुनबाट बचाउन,” उनले भने।

यता वेस्टर्न अस्ट्रेलियामा भने रोयल पर्थ सो हेर्न पुग्ने मानिसहरूले गेट नम्बर १ र १० मा निःशुल्क कोभिड–१९ को ऱ्याट टेस्ट किट प्राप्त गर्ने बताइएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now