SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: क्वीन्सल्यान्डका खोप नलगाएका विद्यालय शिक्षक एवम् कर्मचारीहरूको तलब घट्ने

यो २४ अगस्टको कोरोनाभाइरस अपडेट हो।

ANNASTACIA PALASZCZUK SCHOOLS
Queensland Premier Annastacia Palaszczuk (centre) visits a high school in Ipswich. (file) Source: AAP / DAN PELED

2 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य बिषय:

  • साउथ अस्ट्रेलिया नोभेम्बरमा कोरोना सङ्क्रमणको नयाँ लहर आउने भन्दै तैयारीमा जुटेको छ।
  • अस्ट्रेलियाको हवाई यात्रा कोरोनाभाइरस महामारी पूर्वको अवस्थामा फर्कि नसकेको एक तथ्याङ्कले देखायो।
  • फाइजर पछि मोर्डेनाले पनि कोरोनाभाइरसको बिए.५ भेरीएन्टलाई केन्द्रित खोपको अनुमतिका लागि माग।

बुधवार अस्ट्रेलियामा कम्तीमा पनि ६० जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।

मृत्यु हुने मध्ये २९ जना क्वीन्सल्यान्डका छन् भने १४ जना न्यु साउथ वेल्स र भिक्टोरियाका १० जना परेका छन्।

कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्

क्वीन्सल्यान्ड सरकारले ५४,००० विद्यालय शिक्षक र कर्मचारी मध्ये ९०० जनालाई कोभिड–१९ विरुद्धको खोप नलगाएको भन्दै, उनीहरूको तलबमा सानो स्तरको अस्थायी कटौती गरिने पत्र पठाएको छ।

सङ्घीय बृद्धस्यहार मन्त्री अनिका वेलले नाइन नेटवर्कसँग कुरा गदै, शिक्षकहरूले खोप नलगाउने निर्णयको परिणाम भोगेको बताइन्।

साउथ अस्ट्रेलियाका स्वास्थ्य मन्त्रीले आगामी नोभेम्बरमा राज्यमा सङ्क्रमण सङ्ख्या पुन बढ्न सक्ने चेतावनी दिएका छन्।

सिड्नी विमानस्थलका प्रमुख कार्यकारी ज्योफ कुल्बर्टले हवाई यात्रुको चाप महामारी अघिको अवस्थामा पुगी नसकेको बताएका छन्।

एक तथ्याङ्कले सन् २०१९ जुलाईको तुलनामा हाल घरेलु यात्रु १५.५% कम रहेको र अन्तर्राष्ट्रिय यात्रु ४२.२ प्रतिशतले कम रहेको देखाएको छ।

फाइजर पछि मोर्डेनाले पनि ओमिक्रनको बिए.५ भेरीएन्टलाई केन्द्रित गरेर विकास गरिएको खोपलाई अनुमति प्रदान गर्न अमेरिकाको फुड एन्ड ड्रग एडमिनीस्ट्रेशन सामु निवेदन दिएको छ।

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

अस्ट्रेलिया बाहिर यात्रा गर्नु अघि पछिल्ला यात्रा नियम र सल्लाह बारे थाहा पाउन यहाँ थिच्नुहोस्

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now