कोभिड-१९ अपडेट:भिक्टोरिया पूर्ण रूपमा लकडाउनमा प्रवेश र न्यु साउथ वेल्समा ८२५ नयाँ सङ्क्रमण पुष्टि

यो शनिवार, २१ अगस्ट २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

NSW Police conduct an operation in an attempt to head off an anti-lockdown protest in Sydney, Saturday, August 21, 2021.

NSW Police conduct an operation in an attempt to head off an anti-lockdown protest in Sydney. Source: AAP Image /Dan Himbrechts

मुख्य बुँदाहरू :

  • भिक्टोरियामा ६१ नयाँ सामुदायिक कोरोना भाइरस सङ्क्रमण पुष्टि र पुरा राज्यभर लकडाउन
  • न्यु साउथ वेल्समा कोरोना महामारीको सुरुवात देखि कुनै पनि राज्यले एक दिनमा पुष्टि गरेकोमा अहिले सम्मकै सबैभन्दा धेरै सङ्क्रमण दर्ता 
  • क्वीन्सल्याण्डमा शून्य सामुदायिक सङ्क्रमण
  • एसीटीमा ८ नयाँ सङ्क्रमण दर्ता, सङ्क्रमित समयमा कोही पनि समुदाय सक्रिय नभएको

न्यु साउथ वेल्स

अहिले सम्मकै अस्ट्रेलिया भरिको नै  दैनिक कोभिड-१९ सङ्क्रमणको रेकर्ड तोड्दै न्यु साउथ वेल्समा ८२५ नयाँ स्थानीय सङ्क्रमण दर्ता भएको छ।

सङ्क्रमितहरू मध्ये झन्डै ७३३ जना सङ्क्रमित अवस्थामा नै समुदायमा सक्रिय रहेका थिए।

भाइरसका कारण थप तिन जनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा एक ९० वर्ष माथिका खोप नलगाएका एक पुरुष, पुरा खोप लगाएका एक ८० वर्ष माथिका अर्का पुरुष रहेका छन् र दुवै जना नोर्मानहर्स्टमा अवस्थित ग्रीनवूड नर्सिङ होमका बासिन्दा थिए।

र लिभरपुल अस्पताल बाट भएको सङ्क्रमणसँग जोडिएको दशौँ मामिला अन्तर्गत एक ९० वर्ष माथिकी खोपको एक डोज लिएकी महिलाको पनि सङ्क्रमणका कारण मृत्यु भएको छ। 

न्यु साउथ वेल्स प्रहरीले लकडाउनको विरुद्ध आज भएको प्रदर्शनलाई रोक्न १५ सय प्रहरीहरूलाई परिचालन गरेको छ भने ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरूलाई पक्राउ पनि गरेको छ।

प्रदर्शनलाई मध्यनजर गर्दै सिड्नी ट्रेनका मुख्य स्टेसनहरूमा ट्रेन नरोकिने र सिड्नी सिबिडीमा ट्याक्सी लगायतका यातायात साधन प्रवेशमा रोक लगाइएको छ।

१६ देखि ३९ वर्ष समूहका सङ्क्रमणको जोखिम बढी भएका स्थानीय सरकार क्षेत्रका व्यक्तिहरू र प्राथमिकतामा परेकाहरूले कोभिड-१९ विरुद्धको फ़ाइजर  खोप लगाउन नाम दर्ता गराउन सक्ने छन्।

भिक्टोरिया

भिक्टोरियामा ६१ नयाँ स्थानीय सङ्क्रमणका मामिलाहरू पुष्टि भएका छन् जसमध्ये ३९ जना सङ्क्रमित अवस्थामा समुदाय सक्रिय रहेका थिए।

राज्यका ग्रामीण क्षेत्रमा पनि उल्लेख्य सङ्ख्यामा सङ्क्रमण भेटिएको छ त्यसैले आज दिउँसो १ बजेदेखि भिक्टोरियाको रिजनल क्षेत्रमा लकडाउन सुरु भएको छ।

ग्रामीण क्षेत्रमा पनि ग्रेटर मेलबर्न जस्तै नियमहरू लागू हुनेछन् यद्यपि अहिले सम्मको अवस्थामा कर्फ्युको आदेश भने ग्रामीण भिक्टोरियामा लागू हुने छैन।

जोखिमयुक्त स्थानहरूखोप केन्द्रहरूको सुची यहाँ पाउन सक्नु हुनेछ।

त्यस्तै शनिवार मेलबर्नमा लकडाउनको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरूलाई पक्राउ गरीएको छ।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा

राजधानी एसीटीमा ८ सामुदायिक सङ्क्रमण रेकर्ड गरिएको छ। त्यस्तै यसै वर्षको अन्त्यसम्म खोप लगाइसक्ने योजना अन्तर्गतको उमेर समूहमा १२ वर्ष र सो माथिका किशोर किशोरीहरूलाई पनि समावेश गरिएको छ।

क्वीन्सल्याण्डमा अर्को एक दिन शून्य कोभिड-१९ सङ्क्रमण रह्यो यसैबिच अधिकारीहरूले १६ वर्ष र सो भन्दा माथिका उमेर समूहका राज्यवासीहरू लाई खोप लगाउन गरेको आह्वानलाई दोहोर्‍याएको छ।

 

alc covid mental health
Source: ALC

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

4 min read

Published

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now