SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सका हटस्पटहरुमा प्रतिबन्ध खुकुलो हुने, भिक्टोरिया द्वारा लकडाउन अन्त्य बारे समयतालिका सार्वजनिक

यो आइतबार, १९ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

VIC CORONAVIRUS COVID19
Watu wachangia chakula katika eneo la Albert Park Lake mjini Melbourne, Jumapili, Septemba 19, 2021. Source: AAP/DANIEL POCKETT

3 min read

Published

By SBS/ALC Content

Source: SBS



Skip to article content


मुख्य बुँदाहरू:

  • चिन्ताका स्थान घोषित गरिएका सिड्नीका १२ काउन्सिलमा प्रतिबन्ध खुकुलो बनाउने घोषणा
  • भिक्टोरियामा लकडाउन अन्त्य कहिले हुनेबारे समयतालिका सार्वजनिक
  • एसीटीमा कोरोनाभाइरसका १७ नयाँ केसहरुको पुष्टि
  • क्वीन्सल्यान्डमा कोरोनाभाइरस विरुद्ध खोप लगाउनेहरुको कीर्तिमानी दैनिक संख्या

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा गए रातीको ८ बजे सम्मको चौबीस घण्टामा १,०८३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुनुका साथै १३ जनाको उक्त भाइरसका कारण मृत्यु भएको छ।

यसैक्रममा राज्य कि प्रिमियर ग्लाडिस बेरेजिक्लियनले सोमबार २० सेप्टेम्बर देखि चिन्ताका स्थान घोषित गरिएका सिड्नीका १२ काउन्सिलहरुमा पनि वृहत सिड्नीका अन्य स्थानका समान नियमहरु लागु हुने घोषणा गरेकी छन्।

जसका साथ् भोलि देखि चिन्ताका स्थान घोषित गरिएका १२ काउन्सिलका मानिसहरु पनि व्यायाम वा मनोरंजनका अन्य कार्यका लागि आफ्नो घर बाट असिमित समयका लागि बाहिर जान पाउने छन्। साथै, बालबालिका बाहेक कोरोनाभाइरस विरुद्धको खोपको दुवै डोज लगाइसकेका पांच जनासम्मको संख्यामा मानिसहरु एक साथ् भेला हुन पाउने छन्।

आफ्नो काउन्सिल क्षेत्र भित्र यात्रा गर्न पाउने र विवाह सम्बन्धि नियममा पनि परिवर्तन भएका छन्।

सोमबार २७ सेप्टेम्बर देखि न्यु साउथ वेल्सका भवन बाहिर रहेका सम्पूर्ण स्विमिङ्ग पूलहरु पनि खुल्न पाउने छन्।

प्रिमियरका अनुसार हाल न्यु साउथ वेल्सका ८१.९ प्रतिशत योग्य निवासीहरुले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज लगाइसकेको र ५१.९ प्रतिशतले चाहिं दुवै डोज लगाइसकेका छन्।

खोप लगाउन आफ्नो नाम लेखाउन यहाँ हेर्नुहोस्

भिक्टोरिया

भिक्टोरियामा गए २४ घण्टा भित्र कोरोनाभाइरसका ५०७ सामुदायिक सङ्क्रमण पुष्टि हुनुका साथै थप एक जनाको भाइरसका कारण मृत्यु भएको छ।

पछिल्ला सङ्क्रमण संख्या पुष्टि हुँदा प्रिमियर डानिएल एण्ड्रुजले राज्यमा कोरोनाभाइरस प्रतिबन्ध खुकुलो हुने सम्बन्धि समयतालिका सार्वजनिक गरेका छन्।

एण्ड्रुजका अनुसार भिक्टोरियामा खोप लगाउन योग्य रहेका मानिसहरु मध्ये ७० प्रतिशतले कोभिड-१९ खोपको दुवै डोज लगाइसकेपछि मात्र लकडाउनहरु अन्त्य हुने छ।

एन्ड्रुज भन्छन अक्टोबर २६ तिर ७० प्रतिशतले खोपको दुवै डोज लगाइसक्ने अनुमान रहेको छ र प्रतिबन्ध खुकुलो भएपछि, पुनः त्यस्तो अवस्थामा फर्कन नसकिने पनि उनले बताए।

साथै, ८० प्रतिशत मानिसहरुले खोप लगाए आगामी क्रिसमस सम्ममा मानिसहरुको घरमा ३० जना सम्म भेला हुन पाउने पनि प्रिमियर एन्ड्रुजको भनाइ छ।

राज्य सरकारका अनुसार अहिले सम्म भिक्टोरियामा ७१.२ प्रतिशत योग्य मानिसहरुले खोपको पहिलो डोज लगाइसकेको र ४३.५ प्रतिशतले दुवै डोज लगाइसकेका छन्।

आफु नजिक रहेको खोप वितरण केन्द्रका लागि यहाँ हेर्नुहोस्

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा

  • एसीटीमा कोरोनाभाइरसका १७ सामुदायिक सङ्क्रमण पुष्टि भएको जसमध्ये १२ जना सङ्क्रामक अवस्थामा समुदायमा रहेको अधिकारीहरुको भनाइ छ।
  • क्वीन्सल्यान्डमा गए २४ घण्टामा ३१,००४ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएको, जुन अहिले सम्मकै सबै भन्दा धेरै दैनिक संख्या हो। यसका साथ् क्वीन्सल्यान्डमा ५९.३४ प्रतिशतले खोपको पहिलो डोज लगाइसकेका छन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now