SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: साउथ अस्ट्रेलिया र एसीटीमा बृद्धस्याहार र अस्पतालमा आफन्त भेटघाटका नियमहरू केही खुकुलो

यो २६ सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

MELBOURNE DAILY LIFE
South Australians are no longer required to check in on the mySAGOV app for visiting hospitals, aged care facilities, residential disability facilities and prisons. (file) Source: AAP / MORGAN HANCOCK/AAPIMAGE

2 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य बुँदा:

  • साउथ अस्ट्रेलियाले अस्पताल र जेलहरूमा चेक इन गर्नु पर्ने नियम हटायो।
  • क्वीन्सल्यान्डमा मङ्कीपक्सको नयाँ सङ्क्रमण भेटियो।
  • फाइजरका प्रमुख अल्र्बट बुर्ला पुनः कोभिड–१९ सङ्क्रमित।

अस्ट्रेलियन क्यापिटल टेरीटेरीका अस्पतालमा आजदेखि बिरामी भेटघाटमा लगाइएको प्रतिबन्ध खुकुलो बनाइएको छ।

आजदेखि लागु हुने गरी बिरामी भेट्नका लागि दुई जना भन्दा बढी जान पाउने भएका छन्।

यद्यपि अस्पतालका नियमहरूलाई भने आगन्तुकले पालना गर्नु पर्नेछ।

साउथ अस्ट्रेलियाका बृद्धस्याहार केन्द्रहरूमा आफन्त भेट्न पुग्नेहरूका लागि पनि नियम परिवर्तन गरिएको छ।

बृद्धस्याहार पुग्ने मानिसहरूले इन्फ्लुएन्जा वा कोभिड–१९ खोप लगाएको हुनु पर्ने यस अघिको नियम परिवर्तन भएको छ। यद्यपि त्यहाँ पुग्ने मानिसले मास्क भने अनिवार्य लगाएको हुनु पर्ने बताइएको छ।

त्यहाँका बासिन्दाले जेल, बृद्धस्याहार केन्द्र, आशक्तता सम्बन्धी सेवा एवम् अस्पतालमा जाँदा माइएसएगभ एपमा चेकइन गर्नु पर्ने यस अघिको नियममा पनि परिवर्तन आएको छ।

पछिल्लो तथ्याङ्कले अस्ट्रेलियाभरका २१९ बृद्धस्याहार केन्द्रहरूमा १,२७४ वटा कोरोनाभाइरसका सक्रिय केस रहेको देखाएको छ।

न्यु साउथ वेल्समा ६७ वटा बृद्धस्यहार केन्द्रमा प्रकोप देखिएको छ भने भिक्टोरियामा ६६, क्वीन्सन्सल्यान्डमा २७, वेस्टर्न अस्ट्रेलियामा २५, साउथ अस्ट्रेलियामा २५ , टास्मेनियामा ४, नर्दर्न टेरीटरीमा ३ र एसीटीमा २ वटा केन्द्रमा सङ्क्रमण फैलिएको छ।

क्वीन्सल्यान्डमा मङ्कीपक्सको एक नयाँ सङ्क्रमण फेला परेको छ, यो सँगै अस्ट्रेलियामा सङ्क्रमित सङ्ख्या १३५ पुगेको छ।

भिक्टोरिया ६७ र न्यु साउथ वेल्समा ५२ सबैभन्दा बढी मङ्कीपक्सका सङ्क्रमित फेला परेका थिए।

फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्ला पुन: कोभिड–१९ सङ्क्रमित बनेको उक्त औषधि उत्पादक कम्पनीले एक विज्ञप्ति मार्फत जनाएको छ।

बुर्ला हाल स्वस्थ रहेको र लक्षण पनि केही नरहेको विज्ञप्तिमा बताइएको छ।

बुर्लाले ट्वीट मार्फत कोभिड–१९ सङ्क्रमित बनेपछि तीन महिना कुर्नु पर्ने भएका कारण आफूले कोभिडको बाइभ्यालेन्ट खोप नलगाएको बताएका छन्।

"यसबाट बच्नका लागि हामीले धेरै प्रगति गरेको भए पनि भाइरस भने हामीसँगै छ," उनले भनेका छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now