मुख्य विषयहरू:
- भिक्टोरियाले ३० लाख निःशुल्क फेस मास्क वितरण गर्ने
- आउँदो डिसेम्बर कोरोनाभाइरसको अर्को ठूलो लहर आउने क्वीन्सल्यान्डको अनुमान
- अस्ट्रेलियामा महामारी सुरु भएदेखि सङ्क्रमित भएका मानिसहरूको औसत उमेर सार्वजनिक
मङ्गलबार सार्वजनिक भएको तथ्याङ्क अनुसार अस्ट्रेलियामा कोभिड-१९ का कारण कम्तीमा १०४ जनाको ज्यान गएको छ। ती मध्य ४४ जना भिक्टोरियामा, २५ जना न्यु साउथ वेल्समा र २४ जना क्वीन्सल्यान्डमा थिए।
अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्।
साउथ अस्ट्रेलियाका कोभिड अनुपालन अधिकारीहरूले बस, रेल र ट्राममा यात्रुहरूलाई फेस मास्क लगाउन आउँदो चार हप्तासम्म सम्झाउने छन्।नियमको गम्भीर उल्लङ्घन गर्नेहरूलाई लिखित सावधानी पात्र या १००० डलर जरिवाना हुन सक्छ।
अस्ट्रेलियाली राज्य र प्रदेशहरूमा फेस मास्क लगाउनु अझै अनिवार्य छ।
भिक्टोरियाले ३० लाख वटा N95 र KN95 फेस मास्कहरू वितरण गर्ने भएको छ। यो वितरण राज्यद्वारा सञ्चालित परीक्षण केन्द्र, सामुदायिक स्वास्थ्य सेवा र सार्वजनिक यातायात नेटवर्कहरू मार्फत गरिने छ।
क्वीन्सल्यान्डको वर्तमान कोभिड-१९ लहर २५ जुलाईमा चरम विन्दुमा पुगेको थियो। सङ्क्रमणको अर्को लहर डिसेम्बर महिनामा आउने राज्यको प्रमुख स्वास्थ्य अधिकारीको अनुमान छ।
वेस्टर्न अस्ट्रेलियाले १५ अगस्टदेखि आफ्नो कोभिड-१९ प्रतिक्रियालाई रातो स्तरबाट निलो चेतावनी स्तरमा परिवर्तन गर्ने छ। त्यस पछि अग्र पङ्क्तिमा कार्यरत रहेका कर्मचारीहरू क्लिनिकमा फिर्ता जान पाउने छन्।
अगस्ट ८ तारिखसम्म अस्ट्रेलियामा महामारी सुरु भएदेखि करिब १ करोड सङ्क्रमण र १२,३५५ जनाको मृत्यु भएको छ। स्वास्थ्य विभागको अनुसार सङ्क्रमित हुने व्यक्तिहरूको औसत उमेर ३१ वर्ष र मृत्यु हुनेहरू औसत उमेर ८३ वर्ष रहेको छ।
सन् २०२२ मा मृत्युको तेस्रो मुख्य कारण कोभिड-१९ रहेको एक नयाँ विश्लेषणले जनाएको छ। महामारीले हृदय रोग र फोक्सोको क्यान्सर भन्दा बढी ज्यान लिएको पाइएको छ।
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्याण्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।
६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
