कोभिड-१९ अपडेट: दक्षिणपूर्वी क्वीन्सल्यान्डमा लकडाउन अन्त्य हुँदा एक "अनपेक्षित" केसका कारण केर्न्समा लकडाउन घोषणा

यो आइतबार, ८ अगस्ट २०२१ को अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

Kiongozi wa Queensland Annastacia Palaszczuk, azungumza na waandishi wa habari

Kiongozi wa Queensland Annastacia Palaszczuk, atoa taarifa mpya kuhusu COVID-19 mjini Brisbane, Jumapili, 8 Augosti, 2021. Source: AAP/Danny Casey


मुख्य बुँदाहरू:

  • क्वीन्सल्यान्डमा कोभिड-१९ का नौ नयाँ स्थानिय केसहरुको पुष्टि
  • केर्न्स र यार्राबाहमा आज बेलुका ४ बजे देखि तीन दिने लकडाउनको घोषणा
  • न्यु साउथ वेल्समा कोरोनाभाइरसका कारण थप एक जनाको मृत्यु, २६२ नयाँ सङ्क्रमणको पुष्टि
  • भिक्टोरियामा कोभिड-१९ का ११ नयाँ केस

क्वीन्सल्यान्ड

क्वीन्सल्यान्डमा गए २४ घण्टा भित्र कोरोनाभाइरसका नौ नयाँ स्थानिय सङ्क्रमण पुष्टि भएका छन्। ती पछिल्ला सङ्क्रमित मध्ये ७ जनाको इण्ड्रोपिल्लीमा भेटिएका अन्य सङ्क्रमितहरुसंग सम्बन्ध रहेको अधिकारीहरुको भनाइ छ। साथै गोल्डकोस्ट र केर्न्समा पनि थप एक-एक जनामा कोरोनाभाइरस पुष्टि भएको हो।

क्वीन्सल्यान्ड प्रिमियर एनेस्तेसिया पलाशे ले राज्यको दक्षिणपूर्वी स्थानमा लागु गरिएका लकडाउन आज चार बजे देखि अन्त्य हुने घोषणा गर्दै मास्क प्रयोग लगायतका केहि प्रतिबन्धहरु चाहिं थप दुई हप्ताका लागि जारी रहने बताएकी छन्।

साथै, केर्न्समा गए १० दिन देखि सङ्क्रामक अवस्थामा समुदायमा रहेका एक ट्याक्सी चालकमा कोरोनाभाइरस पुष्टि हुनु धेरै चिन्ताको विषय रहेको पनि उनले बताइन।

यसकारण केर्न्स क्षेत्रिय काउन्सिल र यार्राबाह एबोरिजिनल शायर काउन्सिलमा आज बेलुका ४ बजे देखि तीन दिने लकडाउन लागु गरिएको प्रिमियरले बताइन।

आफु नजिकको कोरोनाभाइरस परिक्षण केन्द्रका लागि यहाँ हेर्नुहोस्

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा गए राती ८ बजे सम्मको २४ घण्टामा २६२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छन् भने भाइरसका कारण ८० वर्ष उमेर कि एक महिलाको पनि मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्ला केसहरु मध्ये कम्तिमा ७२ जना सङ्क्रामक अवस्थामा समुदायमा रहेका थिए।

प्रिमियर ग्लाडिस बेरेजिक्लियन ले आज, आइतबार, बेलुका ५ बजेदेखि पश्चिमी सिड्नीको पेनरिथ काउन्सिलमा रहेका १२ सबर्बहरुमा पनि थप प्रतिबन्ध लागु गरिने घोषणा गरेकी छन्।

पुष्टि भएका नयाँ सङ्क्रमणका स्थानहरुका कारण पेनरिथ काउन्सिललाई पनि "चिन्ताको स्थान" को रूपमा सुचिकृत गरिएको उनले बताइन।

कोरोनाभाइरस विरुद्ध खोप लगाउन मिल्ने स्थानहरूबारे सूचिका लागि यहाँ हेर्नुहोस्

भिक्टोरिया

भिक्टोरियामा गए २४ घण्टा भित्र कोभिड-१९ का ११ नयाँ स्थानीय केसहरुको पुष्टि भएका छन्। अधिकारीहरुका अनुसार पुष्टि भएका सबै केसहरुको पुराना सङ्क्रमणसंग सम्बन्ध रहेता पनि, सङ्क्रामक अवस्थामा ती मध्ये कोहिपनि क्वारेन्टिनमा रहेका थिएनन्।

सोमबार देखि सीमित सामुहिक खोप वितरण केन्द्रहरुमा राज्यका १८ देखि ३९ वर्ष उमेरका मानिसहरुले एस्ट्रा जेनेका कोभिड-१९ खोप लगाउन सक्ने घोषणा राज्य सरकार द्वारा गरिएको छ।

सोमबार देखि अस्ट्रेलियाकै पहिलो "ड्राइभ-थ्रु" खोप केन्द्र पनि भिक्टोरियामा सुरु गरिने भएको छ।

मेल्टनमा रहेको पूर्व बनिङ्ग्स गोदाममा मानिसहरुले आफ्नो गाडीमै बसेर कोरोनाभाइरसका लागि खोप लगाउन सक्नेछन्।

कोरोनाभाइरस विरुद्ध खोप लगाउन मिल्ने स्थानहरूबारे सूचिका लागि यहाँ हेर्नुहोस्

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

4 min read

Published

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now